चितवन-१ बाट कांग्रेसबाट विश्व पौडेल उम्मेदवार

काठमाडौं, २३ असोज । नेपाली कांग्रेसले विश्व पौडेललाई चितवन-१ बाट उम्मेदवार बनाएको छ। पौडेल योजना आयोगका उपाध्यक्ष थिए । यसअघि चितवन २ बाट राज्यमन्त्री उमेश श्रेष्ठलाई टिकट दिएको छ । सो क्षेत्रबाट रवि लामिछाने पनि चुनाव लड्दैछन् । यस्तै, एमालेबाट कृष्णभक्त पोखरेल पनि यही क्षेत्रबाट चुनाव लड्ने भएका हुन् ।

सम्बन्धित सामग्री

चितवन–१ मा घण्टीको अग्रता कायम, विश्व पौडेल र सुरेन्द्र पाण्डे पछाडि

६ मंसिर, चितवन । चितवन–१ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले अग्रता कायम राखेका छन् । ६ हजार ६९ मत गणना हुँदा ढकालले २ हजार ४०७ मत पाएका छन् भने नेपाली कांग्रेसका विश्व पौडेलले २ हजार ८१ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका सुरेन्द्र पाण्डेले १ […]

विश्व पौडेल चितवन १ र उमेश श्रेष्ठ २ बाट चुनाव लड्ने

क्षेत्र नम्बर ३ मा गठबन्धनबाट माओवादीका डा. भोजराज अधिकारीले टिकट पाएका छन्।

स्वर्णिम वाग्लेले पाएनन् टिकट, चितवन १ बाट विश्व पौडेल

चितवन क्षेत्र नम्बर १ मा गठबन्धनकातर्फबाट कांग्रेसले विश्व पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । चितवन १ मै उम्मेदवार बन्न आकांक्षी रहेका स्वर्णिम वाग्लेले टिकट पाएनन् ।  वाग्लेलाई शेखर–गगनको समर्थन थियो...

चितवन १ मा कांग्रेसका विश्व पौडेल र २ मा उमेश श्रेष्ठले पाए टिकट

२३ असोज, चितवन । नेपाली कांग्रेसको तर्फबाट चितवन क्षेत्र नं. १ मा डा. विश्व पौडेल र क्षेत्र नं. २ मा उमेश श्रेष्ठले टिकट पाएका छन् । सत्तारूढ गठबन्धनका तर्फबाट डा. पौडेल र श्रेष्ठ उम्मेदवार बनेका हुन् । डा. पौडेल राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र श्रेष्ठ प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री छन् । प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले […]

चितवन १ मा विश्व पौडेल, २ मा उमेश श्रेष्ठ कांग्रेसको उम्मेदवार

काठमाडौँ – आइतबार हुने मनोनयनका लागि नेपाली कांग्रेसले चितवन १ मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं अर्थशास्त्री विश्व पौडेललाई टिकट दिएको छ। उनी योजना आयोगबाट राजीनामा दिएर प्रत्यक्ष चुनाव लड्ने भएका हुन्। चितवन १ मा कांग्रेसका अर्का अर्थशास्त्री स्वर्णिम वाग्ले पनि आकांक्षा राखे पनि उनी त्यहाँबाट आउट भएका छन्। त्यस्तै, गठबन्धनबाट कांग्रेसकै भागमा परेको चिवतन […]

सँगैका साथी स्वर्णिम–विश्व चितवन-१ मा आमनेसामने

आफूले उठ्न चाहेको क्षेत्र नै वाग्लेले ताकेको भनी पौडेल असन्तुष्ट छन् । अनलाइनखबरसँग कुरा गर्दै पौडेलले कुटनीतिक भाषामा भने, ‘मैले उठ्ने चितवनबाटै हो, अन्यत्र मेरो आधार छैन । तर उहाँको अरुतिर पनि थियो । किन आउनुभयो, थाहा भएन, मसँग सोधेर स्वर्णिमजी चितवन आएको होइन ।’

चितवन १ बाट चुनाव लड्न स्वर्णिम वाग्ले, विश्व पौडेल र उमेश श्रेष्ठले दिए आवेदन

काठमाडौँ– मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा कांग्रेसबाट प्रतिस्पर्धा गर्न चितवन १ मा अर्थशास्त्री स्वर्णिम वाग्लेले आवेदन दिएका छन्। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष भइसकेका वाग्ले यूएनडिपीको एशिया प्रशान्त क्षेत्रको आर्थिक सल्लाहकार पदबाट राजीनामा दिएर प्रत्यक्ष राजनीतिमा आउन लागेका हुन्। कांग्रेसले प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार भदौ २० गतेभित्र केन्द्रमा सिफारिस गर्न निर्देशन दिएको छ। त्यसैअनुसार […]