मकवानपुर – हेटौँडा अस्पतालमा नयाँ भवन निर्माणको काम सुरु भएको छ । अस्पतालमा शय्या थपिँदै गएपछि भवन पनि थप गर्न लागिएको हो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालका लागि पाँच तले भवन निर्माण सुरु गरिएको हो । अस्पतालको भवनको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नुभयो ।
अस्पतालको भवन भ्याटसहित २३ करोड २७ लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएको छ । पाँच तले भवनमा दुई सय शय्या हुनेभएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन ...