सिरहा नरहा गाउँपालिकामा एमालेको जित, हेर्नुहोस् एमालेले कहाँ-कहाँ जित्यो?

सिरहाको नरहा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। अध्यक्षमा नेकपा एमाले उम्मेदवार रामशरण यादव १६५६ मतसहित विजयी भएका छन् भने उपाध्यक्षमा पनि एमालेकै गुलावदेवी चौधरी १८५५ मतसहित विजयी भएकी छन्। योसहित एमालेले हालसम्म ५ स्थानमा जित हासिल गरेको छ। सप्तरी, सप्तकोशी नगरपालिका: उत्तम कुमार शर्मा(४३६१ ) पर्सा,पटेर्वा सुगौली गाउँपालिका:हरिनारायण चौधरी(२९५७) धनुषा,मुखियापट्टी मुसहरनिया गाउँपालिका:मनोज यादव(३५४०) धनुषा,बटेश्वर गाउँपालिका:डम्बर…

सम्बन्धित सामग्री

मापदण्डविपरीतका संरचना हटाउँदै सिरहा नगरपालिका

गोलबजार, १२ वैशाख । सिरहा नगरपालिकाले सिरहा–माडर सडक खण्डमा मापदण्ड मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको छ । नगरपालिकाले सडक साँघुरो पारेका र सहरी सुन्दरता विगार्ने गरी बनेका घरका पेटी र टहरा भत्काउन थालेको हो । नगरभित्रका मुख्य सडकलाई ३० मिटर चौडा बनाउन मापदण्डविपरीतका संरचना हटाउनुपरेको नगरपालिकाले जनाएको छ । वडा नं ७ को थाना […]

इक्वालिटी कप क्रिकेट: मोरङ र सिरहा फाइनलमा

दोस्रो ‘इक्वालिटी कप महिला क्रिकेट प्रतियोगिता २०२३’को फाइनलमा मोरङ र सिरहा पुगेका छन्।

इक्वालिटी कप क्रिकेट: मोरङ र सिरहा फाइनलमा

दोस्रो ‘इक्वालिटी कप महिला क्रिकेट प्रतियोगिता २०२३’को फाइनलमा मोरङ र सिरहा पुगेका छन्।

सिरहा–२ मा राजकिशोर र चित्रलेखाबीच प्रतिस्पर्धा

प्रतिनिधिसभा अन्तर्गत सिरहा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी नेपालका राजकिशोर यादव र नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादवबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।चित्रलेखा यादव सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् भने राजकिशोर यादव जसपा–एमाले गठबन्धनबाट उम्मेदवार छन् । राजकिशोर यादवको आफ्नो चुनावी क्षेत्र सिरहा ४ भए पनि यस पटक भागबण्डाका कारण उनी २ नम्बर क्षेत्रबाट उम्मेदवार बनेका हुन् ।चित्रलेखा यादव २०५६ को निर्वाचनमा यो क्षेत्रबाट निर्वाचित भएकी थिइन् । त्यसपछि उनले दुई पटक समानुपा

सिरहा–२ वाट गायक संगितकार मुरलीधर राप्रपाका उम्मेदवार

सिरहा – राष्ट्रिय प्रजातन्त्र पार्टीले गायक मुरलीधरलाई सिरहा क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएको छ। सिरहा क्षेत्र नम्बर २ का लागि राप्रपा सिरहा जिल्ला अध्यक्ष शम्भुप्रसाद यादव र क्षेत्रीय अध्यक्ष नयनबहादुर मोक्तानबाट आगमी निर्वाचनका लागि पार्टीका तर्फवाट टिकट पाएको गायक मुरलीधरले जानकारी दिएका हुन् । मुरलीधर केही दिनअगाडि मात्रै राजेन्द्रप्रसाद लिङदेन नेतृत्वको राप्रपामा प्रवेश गरेका थिए […]

फेरिए सिरहा र सुनसरीका निर्वाचन अधिकृत

काठमाडौँ । सिरहा र सुनसरीका निर्वाचन अधिकृत हेरफेर भएका छन् । निर्वाचन आयोगको सूचनाअनुसार यसअघि सिरहा प्रतिनिधिसभा क्षेत्र नम्बर २ का लागि सर्वोच्च अदालतका कृष्णप्रसाद अधिकारीलाई नियुक्त गरिएको थियो । त्यसैगरी, सुनसरी क्षेत्र नम्बर ३ का लागि राजश्व अनुसन्धान विभागका विदुर कुमार कार्की नियुक्त भएका थिए । सुनसरीमा कार्कीको स्थानमा विशेष सरकारी वकिल कार्यालय काठमाडौंका […]

एमाले अध्यक्ष ओली आज सिरहा जाँदै

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सिरहा जाँदैछन्। सिरहामा विभिन्न पार्टी परित्याग गरि एमाले भित्रिन लागेका नेता कार्यकर्तालाई स्वागत गर्न ओली  सिरहा जान लागेका हुन्। एमाले सिराहाका अध्यक्ष चण्डेश्वर मण्डलका अनुसार जसपा नेता तथा लक्ष्मीपुर पतारी गाउँपालिकाका निवर्तमान अध्यक्ष रामबल्लभ साह, नेकपा माओवादी नेता रामचन्द्र महतो, जसपा नेता तथा सिरहा नगरपालिकाका निवर्तमान वडाध्यक्ष गोपाल यादवलायतका हजारौं कार्यकर्ता एमालेमा प्रवेश गर्नेछन्। गोलबजार नगरपालिकाको चोहर्वामा प

सिरहा नगरपालिकामा कांग्रेसको अग्रता

सिरहाको १७ पालिका मध्ये ९ पालिकामा मतगणना सुरु भएको छ। सिरहा र कल्याणपुर नगरपालिकाको प्रारम्भिक मतगणना परिणामअनुसार कांग्रेसले अग्रता लिएको छ।...

माछापुच्छ्रे बैंकको सिरहा बजारमा नयाँ शाखा

काठमाडौं, १७ असार । माछापुच्छ्रे बैंकले सिरहा जिल्लाको सदरमुकाम सिरहा बजारमा नयाँ शाखा कार्यालय संचालन गरेको छ । सिरहा सदरमुकाम सिरहा बजारमा सञ्चालनमा ल्याएको शाखाको बैंकका अध्यक्ष डा.वीरेन्द्रप्रसाद महतोे एंव सिरहा नगरपालिका प्रमुख अशेश्वर यादवले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । सदरमुकाममा खोलिएको नयाँ शाखासँगै सिरहामा मात्रै बैंकका शाखा ६ वटा पुगेको बैंकले जनाएको छ […]

हुलाकी सडक: सिरहा खण्डमा कालोपत्रे सुरु

सिरहा। हुलाकी सडकअन्तर्गत सिरहा खण्डमा कालोपत्रे सुरु गरिएको छ। पूर्वमा बलान नदीदेखि पश्चिममा सदरमुकाम सिरहा बजारसम्म करिब २९ किलोमिटरको उक्त सडकमा कालोपत्र सुरु भएको हो। सिरहा नगरपालिका-१९ देखि औरही गाउँपालिका-४ लवटोलियासम्मको करिब पाँच किलोमिटर सडक कालोपत्र सकिएको इन्जिनीयर चन्द्र यादवले बताए। तीन वर्षभित्र काम सकिने गरी सम्झौता भएको र निर्धारित समयभित्रै सकिने गरी काम भइरहेको म्यानेजर यादवले बताए। रासस