३० मंसिर, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट पुस ५ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअन्तर्गत नेपाल क्रिकेट संघ क्यानको व्यवस्थापनमा हुने प्रधानमन्त्री कप महिला क्रिकेट पहिलो पटक राउण्ड रोविन प्रणालीमा खेलाइने भएको छ । क्यानले शुक्रबार स्टेटमेन्ट जारी गर्दै प्रतियोगिता पुस ५ देखि १८ गतेसम्म हुने जनाएको छ । […]
नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सहआयोजनामा लिगकम नकआउटमा शुक्रबारबाट शुरु हुने प्रतियोगितामा आज पहिलो दिन प्रदेश १ र मधेस प्रदेशबीच प्रतिष्पर्धा हुनेछ ।...
काठमाडौँ- प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत बैतडीले पहिलो जित निकालेको छ । बैतडीले अछामलाई ९० रनले पराजित गरेको हो । आजको खेलमा बैतडीले दिएको एक सय सात रनको लक्ष्य पछ्याएको अछामको पारी नौ दशमलव चार ओभरमा १६ रनमा समेटीयो । बलिङतर्फ बैतडीका लागि निर्मला भण्डारीले चार तथा कप्तान रितु कनौजिया र […]
काठमाडौँ,१३ पुष । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोट यही सातादेखि हुने भएको छ । उक्त छनोट प्रतियोगिता पुस १८ गतेदेखि हुने तय भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार प्रतियोगितामा सहभागी हुने सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा कञ्चनपुर, बैतडी, डोटी […]
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोट यही सातादेखि हुने भएको छ । उक्त छनोट प्रतियोगिता पुस १८ गतेदेखि हुने तय भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार प्रतियोगितामा सहभागी हुने सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा कञ्चनपुर, बैतडी, डोटी र अछाम तथा समूह ‘बी’ मा कैलाली, बझाङ र डडेल्धुरा रहेका छन् । कैलालीको फाप्ला क्रिकेट मैदानमा हुने उक्त प्रतियोगिताको पहि
धनगढीमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा प्रदेश १ ले फाइनलका लागि स्थान सुरक्षित पारेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको सेमिफाइनल खेलमा घरेलु टोली सुदूरपश्चिमलाई ९ विकेट अन्तरले पराजित गर्दै प्रदेश १ ले फाइनलमा स्थान सुरक्षित बनाएको हो ।टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८५ रन मात्रै बनाएको थियो । सुदूरपश्चिमका लागि सुरुवाती ब्याट्सम्यानले टिकेर खेल्न सकेका थिएनन् । ७ रन जोड्दा महत्वपुर्ण ३ विकेट गुमाएको अवस्था
धनगढी – 'प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिता' अन्तर्गत आज मङ्गलवार भएकाे दाेस्राे खेलमा वाग्मती प्रदेशले कर्णाली प्रदेशलाई ७९ रनले हराएको छ ।
धनगढीकाे फाप्लुमा वाग्मतीले दिएको एक सय ३१ रनको लक्ष्य पछ्याएको कर्णाली ५१ रनमा अलआउट भयो । कर्णालीका लागि लक्ष्मी रिमालबाहेक अरू कसैले पनि दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ वाग्मतीकी विपिसा शाहीले तीन विकेट लिइन् । यसअघि पहिले ब्याटिङ गरेको वाग्मतीले कञ्चन श्रेष्ठको अविजित ४७ रन मद्दतमा एक सय ३० रन बनाएको थियो ।
वाग्मती र कर्णाली...
धनगढी । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेलको तालिका सार्वजनिक भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले सार्वजनिक गरेको खेल तालिकाअनुसार यही मङ्सिर २५ गते सुरु हुने प्रतियोगिता २९ गते सम्पन्न हुनेछ । प्रतियोगितामा सहभागी हुने सुदूरपश्चिम प्रदेशका ६ जिल्लालाई दुई समूहमा विभाजन गरिएको प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले जानकारी […]