२२ सांसदलाई ओलीले पठाए स्पष्टीकरण पत्र

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फ्लोर क्रस गर्ने २२ सांसदलाई स्पष्टीकरण पत्र पठाएका छन् । ५ साउनको मिति राखेर पठाइएको पत्रमा फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको बारे केही उल्लेख गरिएको छैन । तर पार्टीविरुद्ध भेला तथा गुटगत गतिविधि गरेको र पार्टी निर्णय विपरीत विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण […]

सम्बन्धित सामग्री

ऋषि धमलाले बुझाए प्रेस काउन्सिललाई स्पष्टीकरण

हवाई उडानको प्रोटोकल विपरित विमानभित्रै अवाञ्छित गतिविधि गरेको आरोप लागेका सञ्चारकर्मी ऋषि धमलाले प्रेस काउन्सिल नेपाललाई स्पष्टीकरण पत्र बुझाएका छन् । काउन्सिलले मंगलबार धमलालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट नेपाल फर्किने क्रममा धमला अनुमति बिना विमानभित्र प्रधानमन्त्री बस्ने कक्षमा जबर्जस्ती घुस्ने प्रयास गरेका थिए । धमलाले स्पष्टीकरण पत्र बुझाएको र त्यसबारे अध्ययन गरिने काउन्सिलका प्रवक्ता दीपक खनालले रातोपाटीलाई जानकारी दिए । काउन्सिल

पत्रकार धमलाले बुझाए प्रेस काउन्सिलमा स्पष्टीकरण पत्र

काठमाडौँ । पत्रकार ऋषि धमलाले प्रेस काउन्सिल नेपालमा स्पष्टीकरण पत्र बुझाएका छन् । काउन्सिलले २४ घन्टे स्पष्टीकरण सोधेपछि उनले हिजो (बुधबार) स्पष्टीकरण पत्र बुझाएका हुन् । सम्बन्धित समाचार : जहाजभित्र जोरजुलुम गरेकोबारे प्रेस काउन्सिलले सोध्यो ऋषि धमलालाई २४ घण्टे स्पष्टीकरण प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर गत आइतबार साँझ काठमाडौँ फर्किँदा धमलाले त्रिभुवन विमानस्थलमा जहाजभित्रैबाट […]

आलोचनापछि भट्टराईको स्पष्टीकरण-‘पत्र वाचन गर्दा खोलेको मास्क लगाउन भुलेछु’

काठमाडौँ, १ माघ।: नेकपा (एमाले)का सचिव योगेश भट्टराईले आज (शनिबार) बालुवाटारमा आयोजित कार्यक्रममा मास्क नलगाएको भन्दै आलोचना भइरहेको छ । आलोचना बढ्दै गएपछि सचिव भट्टराईले उक्त घटनाबारे आफ्नो सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका हुन् । उनले लेखेका छन्,’आज कोभिड- १९ का सम्बन्धमा नेकपा एमालेका तर्फबाट प्रधानमन्त्रीज्यूलाई ध्यानाकर्षण गराउने कार्यक्रममा हाम्रो प्रतिनिधि मन्डलले प्रधानमन्त्रीको सचिवालयद्वारा निर्धारण गरेको […]

देउवालाई विश्वासको मत दिने सांसदलाई एमालेले सोध्यो यस्तो स्पष्टीकरण [पत्रसहित]

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ ।  वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनालाई स्पष्टीकरण पत्र पठाइएको एमाले स्रोतले लोकान्तरलाई जानकारी दियो ।  साउन ५ गते मंगलवारको मितिमा अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा स्पष्टीकरण सोधिएको हो । स्पष्टीकरण पत्रमा देउवालाई विश्वासको मत दिएको बारे केही उल्लेख गरिएको छैन ।  ‘पार्टीप्रतिको निष्ठा र विश्वास नरहने गरी भ्रम फैलाई स्वयं पार्टी प्रतिको निष्ठा र विश्वासबाट च्युत भएको, पार्टीको प्र...

स्पष्टीकरण पत्र पठाउने तयारी गर्दै छौं, आजै कारबाही नहोला– एमाले प्रवक्ता तामाङ

काठमाडौं। नेकपा एमालेका प्रवक्ता शेरबहादुर तामाङले छिट्टै सांसदहरुलाई स्पष्टीकरणको पत्र पठाइने बताएका छन्। पत्रका लागि तयारी भइरहेको भन्दै सांसदहरुले तत्काल पाउने माध्यमको प्रयोग गरी केही बेरमै स्पष्टीकरण पत्र पठाइने उनले देखापढीलाई बताए। हिजो बसेको एमाले केन्द्रीय समितिको बैठकले संसदमा फ्लोरक्रस गर्ने २२सांसदलाई २४घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। बस्ने केन्द्रीय समितिको बैठकले उनीहरुलाई कारबाही गर्ने संभावना कम रहेको उनले बताए।

एमालेले थप १२ जनालाई २४ घण्टे स्पष्टीकरण पठायाे

नेकपा एमालेले थप १२ जना नेतालाई २४ घण्टे स्पष्टीकरण पत्र पठाएको छ । गएकाे साेमवार बसेको नेकपा स्थायी कमिटी बैठकले ११ जनालाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गर्ने र अरू १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।विपक्षी गठबन्धनलाई सघाएका २३ जना विघटित प्रतिनिधि सभाका सदस्यमध्ये १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोधिएको एमालेको केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । मौखिक रूपमा सम्झाउने प्रयास असफल भएपछि लिखित रूपमै स्पष्टीकरण सोधिएको तामाङको भनाइ छ ।नेताहरू सुरेन्द्र पाण्डे, विरोध खतिवडा, ...

यस्तो छ बादललाई हराउन लागिपरेका १४ सांसदले बुझाएको स्पष्टीकरण पत्र

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय बोर्डले स्पष्टीकरण सोधेका प्रदेशसभा सदस्यले स्पष्टीकरण बुझाएका छन्। सबै प्रदेशसभा सदस्यले एकमुष्ट रूपमा स्पष्टीकरण बुझाएका हुन्। अष्टलक्ष्मी शाक्यसहित माधवकुमार नेपाल पक्षका १४ प्रदेशसभा सदस्यहरूलाई हालको संस्थापन (ओली) पक्षले स्पष्टीकरण माग गरेको थियो। स्पष्टीकरण अध्ययन गर्ने र चित्तबुझ्दो नभए पार्टी विधानअनुसार कारबाही गर्ने एमाले संस्थापन पक्षले जनाएको छ। पूर्वाग्रह राखेर आफूहरूलाई स्पष्टीकरण सोधिएको जवाफ प्रद

एमालेले नेपालसहित ११ जनालाई स्पष्टीकरण पत्र पठाउँदै

काठमाडौँ। नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहित ११ जनालाई स्पष्टीकरण पत्र पठाउने भएको छ । शनिवार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेसँगै आज स्पष्टीकरण पत्र पठाइने एमाले कार्यालय स्रोतले जानकारी दिएको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २६ […]