एमाले कार्यालय च्यासलमा सर्ने

नेकपा एमालेको कार्यालय ललितपुरको च्यासलस्थित तुल्सीलाल आमात्य स्मृति प्रतिष्ठानमा सर्ने भएको छ । आइतबार एमाले र प्रतिष्ठानबीच सहमति भएसँगै एमाले कार्यालय थापाथलीबाट च्यासलमा सर्न लागेको एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।‘नेकपा (एमाले) र तुलसीलाल स्मृति प्रतिष्ठानका बीच आज महत्वपूर्ण समझदारी !! अब केही समय पछिदेखि नेकपा (एमाले)ले केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने सम्पूर्ण कामहरू यहीँबाट हुनेछन् ...!’, महासचिव पोखरेलले सहमति भएको तस्वीर पोष्ट गर्दै भनेका छन् ।

सम्बन्धित सामग्री

च्यासलमा एमाले सचिवालय बैठक जारी

काठमाडौं : नेकपा एमालेको सचिवालय जारी छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको हो। बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल जारी रहेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए। हिजो बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकका एजेण्डा तय गरिसकेको छ।  बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुने बताइएको छ।केन्द्रीय कार्यालय सञ्चालन,

एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु

काठमाडौं : नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले डाकेको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो। बैठकमा प्रतिनिधि सभा निर्वाचन र आगामी रणनीतिबारे छलफल हुने तयारी छ। शनिवार बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकको एजेण्डा तय गरेको थियो।

च्यासलमा एमाले सचिवालय बैठक

ललितपुरमा नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।  पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक सुरु भएको हो ।  बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार प्रसार व्यवस्थापन लगायतका विषयमा छलफल भएको बताइएको छ ।सचिवालय बैठकमा सात कार्यसूचीमा छलफल हुने एमाले केन्द्रीय कार्यालय निकट स्रोतले जानकारी दिएको छ । बैठकमा  वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागको काम व्यवस्थापन लगायतका कार्यसूची रहेको बताइएको छ ।

च्यासलमा एमाले अनुशासन आयोगको बैठक

नेकपा एमाले केन्द्रीय अनुशासन आयोगको बैठक बसेको छ । आयोगका अध्यक्ष केशव बडालको अध्यक्षतामा मंगलबार मध्याह्न पार्टी कार्यालय च्यासलमा बसेको बैठकमा पार्टीको आन्तरिक जीवनका सम्वन्धमा छलफल हुने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । नेता रिजालका अनुसार बैठकमा सदस्यहरुले आ–आफ्नो क्षेत्रमा भएका पार्टी काम र त्यसक्रममा देखा परेका समस्याहरूका बारेमा रिपोर्टिङ गर्नेछन् । एमाले सचिवालयको बैठक बसेलगत्तै अनुशासन आयोगको बैठक बसेको हो । सोमबार एमाले सचिवालय बैठक बसेको थियो । उक्त

च्यासलमा एमाले सचिवालय बैठक सुरु

नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक सुरु भएको हो ।पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको बैठकमा  स्थानीय निकाय निर्वाचनको समीक्षालगायतका कार्यसूचीमाथि छलफल हुने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।बैठकमा अध्यक्ष ओलीले समसामयिक विषयमा ब्रिफिङ गरेका छन् ।

एमाले केन्द्रीय कार्यालय आजबाट च्यासलमा, ओलीले औपचारिक उद्घाटन गर्ने

नेकपा (एमाले)को केन्द्रीय कार्यालयको सञ्‍चालन आजबाट ललितपुरकाे च्यासलमा सुरु हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७४ औँ स्थापनाको दिवस पारेर एमाले केन्द्रीय कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनबाट सञ्चालन हुन लागेको हो । ‘अध्यक्ष केपी शर्मा ओलीले आज १ बजे औपचारिक रुपमा उद्घा‍टन गरेपछि एमाले केन्द्रीय कार्यालय च्यासलस्थित तुल्सीलाल स्मृति भवनबाट सञ्चालन हुनेछ,’ एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले न्युज कारखानासँग भने ।उनका अनुसार सोही अवसरमा&

तीन महिनाभित्र एमाले पार्टी कार्यालय च्यासलमा सर्ने, बैठक बस्न नयाँ हल बनाइने

नेकपा एमालेले थापाथलीमा रहेको पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा सार्ने भएको छ ।  मंसिर २५ र २६ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले भवनको मर्मतसम्भार गरी तीन महिनाभित्र सम्पूर्ण रुपले पार्टी कार्यालय च्यासलमा सार्ने निर्णय गरेको हो ।  बिहीवार जारी एमालेको अन्तर पार्टी निर्देशन (अपानि)मा केन्द्रीय कमिटीको बैठक सञ्चालन गर्न मिल्ने गरी च्यासलमा पार्टीको लगानीमा सभाहल बनाउने निर्णय भएको उल्लेख छ ।  बल्खुमा रहेको पार्टी कार्यालय भूकम्पले ढालेपछि एमालेको कार्यालय धुम्बाराहीमा सारिएको थियो । चक्रपथ ...

एमालेको कार्यालय तीन महिनाभित्र च्यासलमा सर्ने

नेकपा एमालेले केन्द्रीय कार्यालय तीन महिनाभित्र थापाथलीबाट च्यासलमा सार्ने भएको छ । बल्खुमा रहेको एमाले कार्यालय भूकम्पबाट ध्वस्त भएपछि अस्थायी रुपमा धुम्बाराही हुँदै थापाथली सारेको थियो । सो पार्टीले हालको कार्यालय अपर्याप्त भएकाले नयाँ भवन निर्माण नभएसम्म अस्थायी नयाँ प्रबन्ध गर्नैपर्ने अवस्था आएको जनाएको छ । त्यसका लागि तुल्सीलाल स्मृति भवन च्यासलमा केन्द्रीय कार्यालय सञ्चालन गर्नेगरी ५ वर्षको लागि प्रतिष्ठानसँग सम्झौता भैसकेको एमालेले जारी गरेको अपानीमा उल्लेख छ । यसबारे गत मंसिर २५ र २

एमालेको पार्टी कार्यालय च्यासलमा सर्ने, तुलसीलाल स्मृति प्रतिष्ठानसँग समझदारी

काठमाडौं : नेकपा एमालेको पार्टी कार्यालय ललितपुरस्थित च्यासलमा सर्ने भएको छ। थापाथलीमा रहेको पार्टी कार्यालयको ठाउँ सानो भएकाले च्यासलमा पार्टी कार्यालय सार्न लागेको महासचिव ईश्वर पोखरेलले बताएका छन्। महासचिव पोखरेलले फेसबुकमा लेखेका छन्, ‘नेकपा (एमाले) र तुलसीलाल स्मृति प्रतिष्ठानबीच आज महत्वपूर्ण समझदारी। अब केही समय पछिदेखि नेकपा (एमाले)ले केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने सम्पूर्ण काम यहीँबाट हुनेछन्।’पार्टी कार्यालय सानो भएपछि एमालेका सबै बैठकहरू सोही भवनमा