१० फागुन, काठमाडौं । सुदूरपश्चिम प्रदेश टोलीले ललितपुर मेयर वुमन्स टी–२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । मंगलबारदेखि कीर्तिपुर मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिमले ललितपुर महानगरपालिका–११ लाई ५८ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ५ विकेट गुमाएर १४३ रन जोडेको थियो । सुदूरपश्चिमका लागि ओपनरहरू रेवती […]