लामो समयपछिको वर्षा र हिमपातले हिउँदे कृषि बालीमा फाइदा, सबै ठाउँमा पानी नपर्दा किसान मर्कामा

काठमाण्डाै - लामो समयको खडेरीपछिको वर्षा र हिमपातले हिउँदे बालीमा फाइदा पुर्याएको छ । देशको पश्चिमी तथा उच्च हिमाली भेगमा हिजो परेको हिउँ र पानीले हिउँदे बालीमा फाइदा पुर्याएको कृषिविद् हरिकृष्ण उप्रेतीले बताउनुभयो । मनाङ मुस्ताङसहित उच्च हिमाली क्षेत्रमा परेको हिउँ र पानीले त्यस ठाउँमा लगाइएको हिउँदे बाली र फलफूलमा फाइदा पुर्याएको कृषिविद् उप्रेतीको भनाइ छ । उहाँकाअनुसार अहिलेको वर्षाले मुख्यगरी हिउँदे बालीहरु गहुँ र जौका साथै फलफूललाई फाइदा पुर्याएको छ । त्यस्तै, उच्च पहाडी भेगमा फल्ने स्याउ, ओखरलाई च...