डा.बाबुराम भट्टराईको वीर अस्पतालमा शल्यक्रिया सम्पन्न

काठमाडौँ, १७ वैशाख : जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईको न्युरो इन्डोक्राइनको ट्युमरको शल्यक्रिया सम्पन्न भएको छ । शल्यक्रिया सम्पन्न भएको जानकारी डा. भट्टराई पत्नी हिसिला यमीले आफ्नो सामाजिक संजालमार्फत जानकारी गराएकी हुन् । वीर अस्पतालमा भट्टराईको पेटको न्युरो–इन्डोक्राइन ट्युमरको शल्यक्रिया गरिएको हो । शल्यक्रियाका लागि विहीबार भर्ना भएका थिए। Today at 9 am dr […]

सम्बन्धित सामग्री

स्वास्थ्यकर्मी हटाइएपछि सेवा प्रभावित

वीर अस्पताल प्रशासनले आइतबारदेखि कोभिड–१९ महामारीका समयमा करार सेवामा राखिएका नर्सलगायत २७६ जना स्वास्थ्यकर्मी हटाएपछि अस्पतालले दिँदै आएको सम्पूर्ण सेवा प्र्रभावित भएको छ । आइतबार तय गरिएका शल्यक्रिया भएनन्। वीर अस्पताल प्रशासनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड महामारीका बेला राखिएका कर्मचारीलाई तलब भत्ताका लागि बजेट अभाव रहेकाले करार अवधि नथप्न निर्देशन दिएपछि बाध्य भएर हटाएको जानकारी दिएको छ । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई निष्कासन गरेसँगै सम्पूर्ण सेवा प्रभावित बन्न पुगेको जानकारी दिनुभयो । “उनीहरूलाई हटाउने चाहना होइन तर मन्त्रालयले तलब खुवाउने रकम नभएको र देश आर्थिक मन्दीमा भएकाले हटाउनु परेको हो,” उहाँले भन्नुभयो ।

पीडा सहेर शल्यक्रियाको समय पर्खनुपर्ने बाध्यता

संखुवासभा सभापोखरी गाउँपालिका–६ की हर्कमाया तामाङको पीडाको कुरा गरी साध्य छैन । ७ महिना अगाडि मात्रै उहाँको थाइराइडको शल्यक्रिया भएको निशानी घाँटीमा छँदैछ । उहाँलाई त्यो भन्दा पनि बढी पीडा २५ वर्षीय जवान छोराको दुवै मृगौलाले काम गर्न छोडेपछि भएको छ । छोराको डायलासिस गराउन वीर अस्पताल आउनु भएकी ५२ वर्षीया तामाङको मुहारमा यो पीडा प्रष्ट झल्किन्छ । उहाँले छोराको डायलासिसको लागि आउजाउ गरिरहनुपर्छ भनेर कपनमा डेरा लिएको नै पाँच महिना भइसक्यो । ‘महिनाको ९ हजार कोठा भाडा मात्रै तिर्नुपर्छ । अरु खर्चको त हि...

बाबुराम भट्टराई अस्पताल भर्ना, भोलि शल्यक्रिया

काठमाडौँ। पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईको पेटको न्युरो–इन्डोक्राइन ट्युमरको शल्यक्रियाका लागि वीर अस्पतालमा भर्ना भएका छन् । भट्टराईले आफू केही हप्ता सार्वजनिक जीवनबाट टाढा रहने भन्दै कोरोनाको दोस्रो लहरसँग जुझ्न र राजनीतिक गतिरोध अन्त्य गर्न सफल रहूँ भन्ने कामना समेत गरेका छन्। ‘पेटको न्युरो–इन्डोक्राइन ट्युमरको शल्यक्रियाका लागि वीर अस्पताल भर्ना भएको […]

ट्युमरको शल्यक्रियाका लागि डा.भट्टराई अस्पताल भर्ना

न्युज अफ नेपाल, काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रियाका लागि आज अस्पताल भर्ना हुँदै छन् । वीर अस्पतालमा डाक्टर सुबोध अधिकारीको नेतृत्वमा शल्यक्रिया हुन लागेको हो । शुक्रबार शल्यक्रिया हुने भए पनि उनी आजै वीर अस्पताल भर्ना हुन लागेको उनको सचिवालयले जनाएको छ ।

पूर्वप्रधानमन्त्री भट्टराई शल्यक्रियाको लागि अस्पताल भर्ना हुँदै

काठमाडौं, बैशाख १५ । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई आज शल्यक्रियाको लागि वीर अस्पताल भर्ना हुने भएका छन्। उनी न्युरो(इन्डोक्राइनको ट्युमरको शल्यक्रियाका लागि भर्ना हुन लागेका हुन्। उनको काठमाडौंस्थित वीर अस्पतालमा डा सुबोध अधिकारीको नेतृत्वमा शल्यक्रिया गरिने भएको हो। उनको शल्यक्रिया भने भोली अर्थात १७ गते हुने जनाइएको छ। यसअघि ट्युमरमा क्यान्सरको […]

ट्युमरको शल्यक्रियाका लागि डा भट्टराई वीर अस्पताल भर्ना

काठमाडौं । जसपा संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको छ ।

पूर्वमन्त्री जोशीको मस्तिष्कघातको शल्यक्रिया

काठमाडौं : नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरेर शल्यक्रिया गरिएको छ। उनको  शरीरको देब्रेपट्टी समस्या आएपछि अस्पताल पुगेका जोशीलाई  मस्तिष्कघात भएको पुष्टि भएको थियो।थापाथलीस्थित नर्भिक अस्पतालमा उनको  शल्यक्रिया गरिएको हो।  शल्यक्रियापश्चात उनलाई अहिले आइशियु कक्षमा राखिएको छ। शरीरको देब्रेपट्टि समस्या देखिएपछि उनलाई राति नै  वीर अस्पताल लगिएको थियो।जोशीलाई वीरबाट थप उपचारका लागि शुक्रबार बिहान थापाथल

काँग्रेस नेता जोशीकाे शल्यक्रिया सम्पन्न, स्वास्थ्य स्थिर

नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीलाई मस्तिष्काघात भएको छ । गए राति स्वास्थ्यमा समस्या आई अप्ठ्यारो महसुस भएपछि उहाँलाई राति नै पहिले वीर अस्पताल र पछि थप उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ ।