काठमाडौं : पछिल्लो २४ घण्टामा १३ हजार ३६ जनाको कोभिड १९ परीक्षण गर्दा ३ हजार ७५ जनामा संक्रमण देखिएको छ। यस्तै, २७८ जना संक्रमण मुक्त भएका हुँदा कुल सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ।
सक्रिय संक्रमित मध्ये उपत्यकामा ६ हजार ६३२ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।…