सस्तो लोकप्रियताका लागि हचुवामै ऋण मिनाहा घोषणा

काठमाडौं । सरकारले हचुवाकै भरमा बजेटमा साझा सहकारीबाट ऋण लिएका साना किसानको ऋण मिनाहाको घोषणा गरेको पाइएको छ । ऋणी किसानबारे पर्याप्त तथ्यांक र अभिलेख नभए पनि सरकारले लोकप्रियताका लागि ऋण मिनाहाको घोषणा दोहोर्‍याएको हो ।  अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष (आव) २०७९/ ८० को बजेट वक्तव्यमा २०४९ सालअघि साझा सहकारीबाट कर्जा लिएका सम्पूर्ण किसानको ऋण मिनाहा गरेर धितो जग्गा फुक्का गरिने उल्लेख गरेका छन् । यसअघि तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले आव २०७५/ ७६ को बजेटमै साझा सहकारीबाट साना किसानले लिएको ऋण मिनाहा गर्ने घोषणा गरेका थिए । ३ वर्षपछि शर्माले खतिवडाकै कार्यक्रम दोहोर्‍याएका छन् । तर, सरकारसँग न साझा सहकारीको अवस्थाबारे यकिन तथ्यांक छ, न त उनीहरूबाट ऋण लिएका किसानबारे कुनै अभिलेख । संघीय सहकारी विभागका रजिस्ट्रारको संयोजकत्वमा गठित समितिले बल्ल साझा सहकारीको अवस्थाबारे अध्ययन शुरू गरेको छ । विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डित आव २०७५/ ७६ को बजेटको प्रावधानअनुसार साझा सहकारीले कृषि विकास बैंकबाट लिएको ऋणमात्र मिनाहा भएकाले किसानकै ऋण मिनाहा गर्न फेरि बजेटमा कार्यक्रम राखिएको दाबी गर्छन् । ‘पहिलाको बजेटअनुसार कृषि विकास बैंकमा भएको साझा सहकारीको ऋणमात्र मिनाहा भयो,’ उनले भने, ‘अब साझा सहकारीले धितो रोक्का गरेका किसानको ऋण मिनाहा गर्न र रोक्का फुकुवा गर्न फेरि कार्यक्रम राखिएको हो ।’ अघिल्लो बजेटको कार्यक्रम लागू गर्न विभागले सबै प्रदेश तथा स्थानीय तहमा पत्राचार गरी साझा सहकारीबाट ऋण लिने किसानको विवरण मागेको थियो । विवरण प्राप्त भएपछि सरकारले साझा सहकारीको नाममा कृृषि विकास बैंकमा रहेको करीब डेढ अर्ब रुपैयाँ ऋण भने चुक्ता गरेको छ । ‘अब साझा सहकारीले किसानको ऋण मिनाहा गरेर धितो फुकुवा गर्नुपर्छ,’ पण्डितले भने, ‘यसबाट सरकारलाई थप दायित्व सृजना हुँदैन ।’ सहकारी ऐन २०४८ जारी हुनुअघि सरकारमातहत सञ्चालनमा रहेका साझा सहकारीले कृषि विकास बैंकबाट थोकमा कर्जा लिएर साना किसानलाई लगानी गरेका थिए । अधिकांश साना किसानले ऋण चुक्ता गरे पनि संस्थाका सञ्चालक र व्यवस्थापकले रकम अपचलन गर्दा बैंकको ऋण भने चुक्ता हुन सकेको थिएन । जिल्ला–जिल्लाबाट साझा संस्थाले रोक्का राखेको धितो फुकुवा नभएको गुनासो आएपछि फेरि बजेटमा कार्यक्रम राखिएको पण्डितले दाबी गरे । ‘विभिन्न जिल्लाबाट धितो रोक्का फुकुवा नभएको गुनासो आएको छ,’ उनले भने, ‘अब किसानको धितो फुकुवा र निष्क्रिय साझा सहकारीलाई सक्रिय बनाउने काम सँगसँगै अघि बढाउँछौं ।’ अध्ययन समितिले असोज अन्तिमसम्म प्रतिवेदन बुझाउने गरी काम गरिरहेको र त्यसले साझा सहकारीमा कति किसानको धितो रोक्का छ भन्ने विवरण स्पष्ट हुने उनले बताए ।  

सम्बन्धित सामग्री

सहकारीको सस्तो पसल

कटुञ्जे सहकारी संस्थाले बजार मूल्यको तुलनामा आफ्ना ग्राहकका लागि सस्तो सहकारी पसल सञ्चालन गर्ने भएको छ । संस्थाको ४९ औं स्थापना दिवसको अवसरमा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा सूर्यविनायक भक्तपुरमा सस्तो पसल (मार्ट) सञ्चालन गर्ने जानकारी दिएको हो । ५० लाख रुपैयाँको लगानीमा सञ्चालन सुरु गरिएको सो सस्तो पसलमा दैनिक उपभोग्य वस्तु सस्तो मूल्यमा बिक्री वितरण […]

बुटवलमा दसैँ सस्तो बजार

बुटवलमा सोमबारदेखि दसैँ सस्तो बजार सुरु भएको छ। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा संघको सचिवालय परिसर बालमन्दिरमा दसैँ सस्तो बजार संचालन गरिएको हो।  पाँच दिनसम्म सञ्चालन गरिने दशैं सस्तो बजारको...

सोमबारदेखि बुटवलमा सस्तो दसैँ बजार

बुटवलमा सोमबारदेखि सञ्चालन हुने सस्तो दसैँ बजारको तयारी पुरा भएको आयोजक बुटवल उद्योग वाणिज्य संघले जनाएको छ । संघले हरेक वर्ष घटस्थापनादेखि पञ्चमीसम्म पाँच दिन दसैँ सस्तो बजार सञ्चालन गर्दै आएको छ ।यो वर्ष पनि घटस्थापनादेखि १४ गते पञ्चमीसम्म दसैँ सस्तो बजार सञ्चालन गर्न लागिएको हो । दसैँ सस्तो बजार सञ्चालन गर्नको लागि सबै तयारी पुरा भएको बताउँदै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजले दैनिक उपभोग्य वस्तुहरूको सुपथ मूल्यमा विक्री वितरण गरिने जानकारी गराए । दसैँ सस्तो बजारले यस क्षेत्रका उपभोक्ताहर

नेपालगन्जमा अझैँ खुलेन सस्तो पसल

बाँकेको नेपालगन्ज र कोहलपुरमा दसैँ लक्षित सस्तो पसल संचालनमा नआउँदा सर्वसाधारण मर्कामा परेका छन्। दसैँलाई लक्षित गरि सरकारले देशका मुख्य सहरमा १ असोजदेखि सस्तो पसल संचालनमा ल्याउने निर्णय गरे पनि...

भैरहवामा दसैं सस्तो बजार सञ्चालन हुने

आउँदै गरेको दसैंलाई लक्षित गरि सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा ११ देखि १४ असोजसम्म भैरहवामा दसैं सस्तो बजार २०७९ सन्चालन हुने भएको छ ।संघले पत्रकार सम्मेलन गरेर दसैं सस्तो बजार २०७९ कार्यक्रमका बारेमा जानकारी गराएको हो । संघले आफ्नै परिसरमा दसैंं सस्तो बजार सञ्चालन गर्न गैरहेको संघका अध्यक्ष भिष्मप्रसाद न्यौपानेले पत्रकार सम्मेलनमा जानकारी दिए ।स्वदेशी […]

सस्तो डिलको १०औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं ।  सस्तो डिलले आफ्नो १०औं वार्षिकोत्सव मनाएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले वार्षिकोत्सव समारोहको उद्घाटन गरेका थिए । वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै राजदूत क्वात्राले सस्तो डिलले आफ्नो १० औं वार्षिकोत्सव मनाउन सफल भएकोमा शुभकामना बधाई दिएका थिए । कम्पनीको १० वर्षको यात्रालाई संस्थापक अमुन थापाले भिडियोमार्फत आफ्नो प्रस्तुति दिएका थिए । […]

बुटवलमा दसैँ सस्तो बजार सुरु

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा आजदेखि बुटवलमा दसैँ सस्तो बजार सुरु भएको छ ।  दसैँ सस्तो बजारको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले सस्तो बजारले उपभोक्तालाई  सहज हुने बताए । मन्त्री शाहीले दसैँको समयमा दैनिक उपभोग्य बस्तुको खरिदमा उपभोक्ता ठगिने गुनासो आउने स्मरण गर्दै अनुगमनलाई प्रभावकारी बनाउन समेत सरकारी संयन्त्रलाई निर्देशन दिए ।संघका अध्यक्ष उज्ज्वल कसजूले संघले आर्थिक तथा सामाजिक क्षेत्रमा गरेको योगदानको स्मरण गर्दै औद

अनुसन्धानमा सस्तो लोकप्रियता

सस्तो लोकप्रियता दीर्घकालीन हुँदैन । ढिलो चाँडो यो गलत हो भन्ने कुरा पछि प्राप्त हुने तथ्यले नै प्रमाणित गरिदिन्छ । केही दिनका लागि प्रशंसनीय बने पनि यसको नकारात्मक असर दीर्घकालसम्म रहन सक्छ । पछिल्लो समयमा राज्य निकायद्वारा सम्पादित कतिपय काम कार्य सस्तो लोकप्रियतामा आधारित रहन थालेको छ । यसको पछिल्लो दृष्टान्त नेपाल प्रहरीद्वारा भएको संखुवासभाको […] The post अनुसन्धानमा सस्तो लोकप्रियता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

विश्वकै सस्तो स्मार्टफोन ल्याउँदै जियो

भारतीय नेटवर्क कम्पनी रिलायन्स जियोले विश्वकै सस्तो स्मार्टफोन ल्याउने भएको छ।

अम्बानीले ल्याए सबैभन्दा सस्तो स्मार्टफोन

एजेन्सी। एसियाका सबैभन्दा धनाड्य भारतका मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिले सस्तो स्मार्टफोन लञ्च गरेको छ। कम्पनीले अमेरिकी कम्पनी गूगलसँग मिलेर सस्तो स्मार्टफोन जियो फोन बनाएको हो। यसको मूल्य जम्मा ५ हजार भारु तोकिएको छ। यसलाई कम्पनीले संसारकै सबैभन्दा सस्तो स्मार्टफोन भएको बताएको छ। जियोलाई सेप्टेम्बर १० देखि बिक्री गर्ने कम्पनीले बताएको छ।