काठमाडौं : नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टीले अर्को निर्णय नगर्दासम्म अर्का सचिव प्रदीप ज्ञवाली नै प्रवक्ता रहेको बताएका छन् । स्थायी कमिटी बैठकका निर्णयबारे जानकारी दिने क्रममा संचारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै भट्टराईले १० बुँदे सहमतिपछि सबै संरचना २०७५ जेठ २ को अवस्थामा फर्किएको र त्यतिबेला पार्टीमा प्रवक्ताको व्यवस्था नरहेको बताए। 'त्यतिबेला पार्टीमा प्रवक्ताको व्यवस्था थिएन, म प्रचार विभाग प्रमुख थिएँ। मिडियाका साथीहरुलाई मैले नै सूचना दिने काम गर्दा प्र