काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अमेरिका प्रस्थान गर्दैछन्। इइन्टरपोल बैठकमा भाग लिन आज अमेरिका जाने भएका हुन्। उनीहरु साँझ ६ बजे अमेरिका उड्ने कार्यतालिका रहेको नेपाल प्रहरीका प्रवक्ता टेकबहादुर राइले जनाकारी दिए। सो सम्मेलनले आतंकवाद, अपराध नियन्त्रण र लागुऔषधको दुर्व्यवसनी सम्बन्धी विषयमा छलफल हुनेछ। एक सातासम्म अमेरिका रहँदा उनीहरुले विभिन्न मुलुकका प्रहरी अधिकारीहरुलाई भेट्ने कार्यक्रम तय भएको छ।