काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ। केन्द्रीय बैङ्कले एक सूचना प्रकाशित गरी आफूले लिन चाहेको मुद्दती निक्षेप बराबरको रकम र ब्याजदरसमेत प्रस्ताव गरी यही पुस ७ गतेभित्र आवेदन दिन बैङ्क तथा वित्तीय संस्थालाई आग्रह गरेको छ। सूचनाअनुसार, क […]
केन्द्रीय बैंकले एक सूचना प्रकाशित गरी आफूले लिन चाहेको मुद्दती निक्षेप बराबरको रकम र ब्याजदरसमेत प्रस्ताव गरी यही पुस ७ गतेभित्र आवेदन दिन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ।
काठमाडौँ। बङ्गलादेशस्थित नेपाली दूतावासको आयोजनामा शुक्रबार साँझ स्थानीय राजशाहीमा ‘नेपाल–बङ्गलादेश आर्थिक सहकार्य’ विषयक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमाई सम्बोधन गर्दै बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले नेपाल–बङ्गलादेशबिचको द्विपक्षीय आर्थिक सहकार्यका विभिन्न क्षेत्रमा भएको स्थिर प्रगतिबारे जानकारी गराएका थिए। उनले ऊर्जा व्यापार, लगानी तथा पर्यटन क्षेत्रमा हासिल भएका उपलब्धि उल्लेख गर्दै यी क्षेत्रमा सहकार्य थप विस्तार […]
भोजपुर। भोजपुर नगरपालिका-९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ। वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र रहेकाले ती सम्पदाको दिगो संरक्षणसँगै धार्मिक पर्यटन विकास गर्ने लक्ष्यका साथ वडा कार्यालयले योजनाबद्ध पहल थालेको हो। स्थानीय संस्कार, संस्कृति र पहिचानको संरक्षणलाई प्राथमिकतामा राख्दै धार्मिक पर्यटनसँग जोड्ने उद्देश्यले ऐतिहासिक तथा धार्मिक […]
सामाजिक सञ्जाल र देखावटीका रुपमा कयौँ मानिसले तौल घटाउन यसलाई छिटो छरितो माध्यमका रुपमा मेडिकल आवश्यक बिना प्रयोग गरिरहेको प्रति उनी चिन्ता व्यक्त गर्छन्।
बाँके। “पाँच लाखको लगानीबाट सुरु गरेको यो व्यवसायले आज यो उचाइमा पुर्याउला भनेर मैले सोचेको पनि थिइन ।” एचपिटी पोल्ट्री फार्मकी सञ्चालक सरिता थापाले भनिन्। उनका अनुसार उक्त फार्ममा पालिएका स्थानीय कुखुरा बिक्री गर्दा महिनामा अढाइदेखि तीन लाखसम्मको आम्दानी हुने गर्दछ। बाँकेको कोहलपुर नगरपालिका–२ शक्तिनगरमा विगत ६ वर्षदेखि स्थानीय प्रजातिका कुखुरा पाल्दै आएकी ३८ वर्षीया […]