“धारा ७६ (५) अनुसार सांसद स्वतन्त्र हुन्छन्”

प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बुधबारदेखि सुरु भएको बहस जारी छ । बहसमा संविधानको धारा ७६(५) अनुसार सांसदहरु स्वतन्त्र हुने र उनीहरुले नै प्रधानमन्त्री चयन गर्नसक्ने दावी गरिएको छ । बिहिबार विपक्षीतर्फबाट बहस गर्ने क्रममा वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीले संविधानको धारा ७६ (५) अनुसार स्वतन्त्र सांसदले सरकार बनाउने जिकिर गर्नुभयो । “दलहरू असफल …

सम्बन्धित सामग्री

सरकार गठन गर्ने के–के छन् विकल्प ? : धारा ७६(१) अनुसार ‘च्याप्टर क्लोज !’

आम निर्वाचन २०७९ को चुनावी नतिजाले संविधानको धारा ७६ (१) अनुसार नयाँ सरकार बन्ने पहिलो बाटो बन्द (च्याप्टर क्लोज) गरेको छ । प्रत्यक्ष र समानुपातिक गरी २७५ सदस्यीय प्रतिनिधि सभामा कुनै पनि दलको बहुमत नपुगेसँगै पहिलो बाटो बन्द भएको हो । २७५ को बहुमत अर्थात् सरकार बनाउन १३८ सांसद सङ्ख्या पुग्नुपर्ने हुन्छ ।मङ्सिर ४ मा भएको निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मत गणनाको पुरै नतिजा आइनसके पनि अन्तिम चरणमा पुग्दा कुनै पनि दलले बहुमत नल्याउने प्रष्ट भैसकेको छ । जसका कारण संविधानले कल्पना गरेको

नेम्वाङलाई प्रधानमन्त्रीको प्रश्नः संविधानमा धारा ७६ (५) किन राख्नु भो?

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले सांसद सुवास नेम्वाङलाई संविधानमा धारा ७६ (५)को व्यवस्था किन राखेको भन्दै प्रश्न गरेका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा देउवाले संविधान लेख्ने बेला सभामुखसमेत रहेका नेम्वाङले सो धारा राख्ने बेला संविधानबीचमा कहिल्यै नभत्किने र संसद् भंग हुनेछैन भनेको झलझली सम्झिरहेको बताएका छन्। सँगै देउवाले राष्ट्रपतिले ७६ (५)अनुसार प्रधानमन्त्रीका लागि आह्वान गरेपछि निवेदन दिएको स्मरण गराएका छन्।

निर्दलीय व्यवस्थालाई जस्केलाबाट छिराउने काम भयोः प्रदीप ज्ञवाली

नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप कुमार ज्ञवालीले संविधानको धारा ७६(५) को अपव्याख्या गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको बताएका छन् । आइतबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै सांसद ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) को अपव्याख्या गरेर प्रधानमन्त्री नियुक्त गरिएको बताएका हुन् । उनले निर्दलीय व्यवस्थालाई जस्केलाबाट छिराउने काम भएको पनि बताए । नेपालको संसदीय इतिहासमा दलहरूको विभाजनले सरकारहरु गिराउने, लोकतन्त्र कमजोर गर्ने र संसदीय व्यवस्था प्रति नै वितृष्णा ज...

माधव नेपाल पक्षका सांसद भन्छन्- देउवालाई विश्वासको मत दिन्छौं

'संविधानको धारा ७६ को उपधारा ५ अन्तर्गत गठन भएको सरकारलाई विश्वासको मत दिनका लागि ह्विप नलाग्ने प्रावधान छ,' उनले भनिन्, 'हामीले त्यही व्यवस्थाअनुसार विश्वासको मत दिने हो।'

सर्वोच्चको फैसलाले उब्जाएको प्रश्नः हाम्रो व्यवस्था बहुदलीय की निर्दलीय?

काठमाडौं। सर्वोच्च अदालतले आज संविधानको धारा ७६(५) मा दलका सांसद स्वतन्त्र हुने व्याख्या गरेपछि कांग्रेसका दुई नेताले प्रश्न गरेका छन्। नेता लोकेश ढकाल भन्छन्, 'के हामीले कल्पना गरेको बहुदलीय व्यवस्था पार्टीबाट जितेर निर्दलीय हैसियत हुने व्यवस्था हो?' अर्का नेता लक्ष्मण घिमिरे भन्छन्, 'सुधारिएको संसदीय व्यवस्थाले करिब ३० वर्षपछि निर्दलीयता पो ल्याए जस्तो छ। धारा ७६ त धुव्रे हात्ती जस्तै रहेछ।'

‘धारा ७६ (५) को गलत व्याख्या’

राष्ट्रियसभाको बैठकमा सत्ता पक्ष तथा प्रतिपक्षी सांसदले संविधानको धारा ७६ (५) को गलत व्याख्या गरिएको बताएका छन्। प्रतिनिधिसभा विघटनबारे अदालतमा परेको मुद्दामा सुनुवाइ सकिएर फैसला आउने मितिसमेत तोकिएको अवस्थामा राष्ट्रियसभामा भने संविधानको धारा ७६ (५) को व्याख्यालाई लिएर टीकाटिप्पणी भएको छ।राष्ट्रियसभाको बुधबारको बैठकमा विपक्षी सांसदले सरकार गठनमा प्रतिनिधिसभाबाटै विकल्प खोज्नुपर्ने बताए। उनीहरूले धारा ७६ (५) मा दलीय ह्विप लाग्छ भन्नु संविधानको गलत व्याख्या भएको टिप्पणी गरे। सांसद रामनारायण बिडार

‘धारा ७६ (५) को गलत व्याख्या’

सांसद रामनारायण बिडारीले संविधानको व्याख्यात्मक टिप्पणी गायब पारेर धारा ७६ (५) को गलत व्याख्या गरिएको बताए। ‘धारा ७६ (५) मा रहेको सांसदको स्वतन्त्र अधिकारको गलत व्याख्या गरी निर्दलीय धारा भन्ने गरिएको उनको भनाइ थियो। ‘...

महन्थ पक्षीय १९ सांसद रिसोर्टमा भेला, यी हुन् छलफलका एजेन्डा

नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षका १९ सांसद भक्तपुरको एक रिसोर्टमा भेला भएका छन् । भेलामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आह्वान भएको नेपालको संविधानको धारा ७६(२) अनुसार गठबन्धन सरकार बनाउने विषयमा छलफल भइरहेको सांसद चन्दा चौधरीले जानकारी दिइन् । ‘राष्ट्रपतिले आह्वान गरेअनुसारै गठबन्धन सरकारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै समर्थन गर्ने वा तटस्थ बस्ने भन्नेबारे छलफल भइरहेको छ, सांसद चौधरीले भनिन् । प्रधानमन्त्री ओलीले नेकपा एमालेभित्र असन्तुष्ट रह...

प्रधानमन्त्रीको जिकिर : ‘दोहोर्‍याएर भन्छु– यो सरकार धारा ७६ को (१) अनुसारकै हो’

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार संविधानको धारा ७६ को (१) अनुसारको भएको दाबी गरेका छन् । कुनै कालखण्डमा ७६ को (२) अनुसार बनेको भएपनि दुईवटा पार्टी एकीकरण भएपछि आफू सर्वसम्मत संसदीय दलको नेता बनेकाले सरकार धारा ७६ (१) मा परिणत भएको ओलीको दाबी छ ।  आइतवार राष्ट्रिय सभा बैठकमा नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले सोधेको एक प्रश्नको जवाफमा ओलीले आफू एउटै दलको बहुमतको प्रधानमन्त्री भएको बताए । फागुन ३ गते सरकार बन्दा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बनेको भएपनि पार्टी एकतापछि परिस्थिति बद...

संविधानको धारा ७६ पढ्नुस् भन्दै प्रधानमन्त्रीलाई कांग्रेस सांसदले पठाए संविधान

संविधानमा प्रतिनिधि सभा विघटनको धारा नदेखेको भन्दै नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले संविधानको प्रति प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाएका छन् । बिहीवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद रायमाझीले प्रधानमन्त्री ओलीले हिटलरको शैलीमा प्रतिनिधि सभा विघटन गरेको आरोप लगाएका हुन् ।  ‘संविधान नेपालीमा लेखिएको छ, नेपालीमा पढ्न जान्नुभएन भने अंग्रेजीमा उल्था गरिएको छ, पढ्नु होला । म बोलेपछि अध्यक्षमार्फत प्रधानमन्त्रीलाई संविधानको यो प्रति पठाउने छु,’ रायमाझीले भने ।  वैकल्पिक सर...