नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यहरुले नेताहरु प्रकाशमान सिंह र शेखर कोइरालाबीच सभापतिको दावीका सन्दर्भमा सहमति हुनुपर्नेमा जोड दिएका छन् । उनीहरु एकापसमा सहमत नभए रामचन्द्र पौडेललाई १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारको रुपमा अघि सार्ने निर्णय भएको छ । बुधबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको पौडेल पक्षीय केन्द्रीय सदस्यहरुको बैठकले सहमतिमै सभापतिको उम्मेदवार तय गर्नुपर्ने निष्कर्ष निकाल्दै त्यसका लागि प्रकाशमान सिंह र शेखर कोइरालाबीच सहमतिमा जोड दिएका हुन्