एनएमबि बैंकले सञ्चालनमा ल्यायो ठमेलको गार्डेन अफ ड्रिम्समा एटीएम सेवा

काठमाडौं । एनएमबि बैंकले काठमाडौंको ठमेलस्थित गार्डेन अफ ड्रीम्स नजिकै नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकका ग्राहक तथा पर्यटकहरुलाई सहज रुपमा सेवा उपलब्ध गराउने उदेश्यका साथ काठमाडौं उपत्यकाको अति व्यस्त स्थानमा एटीएम सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । देशभर २०१ शखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको बैंकले […]

सम्बन्धित सामग्री

आज राती एनएमबि बैंकको कार्ड र एटीएम सेवा अवरुद्ध हुने

एनएमबि बैंक लिमिटेडको कार्ड र एटीएम सेवा सोमबार अबरुद्ध हुने भएको छ । सोमबार राती साढे १० बजेदेखि मंगलबार बिहान साढे १ बजेसम्म कार्ड र एटीएम सेवा अवरूद्ध हुने भएको हो ।  बैंकको स्विचमा सेक्युरिटी अपग्रेडसम्बधी कार्य गर्न लागिएकाले आज राती कार्ड र एटीएम सेवा अवरूद्ध हुने बैंकले जनाएको छ...

एनएमबि बैंकले सञ्चालनमा ल्यायो ठमेलको गार्डेन अफ ड्रिम्समा एटीएम सेवा

काठमाडौँ। एनएमबि बैंकले काठमाडौंको ठमेलस्थित गार्डेन अफ ड्रीम्स नजिकै नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको छ। बैंकका ग्राहक तथा पर्यटकहरुलाई सहज रुपमा सेवा उपलब्ध गराउने उदेश्यका साथ काठमाडौँ उपत्यकाको अति व्यस्त स्थानमा एटीएम सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।

एनएमबि बैंक–सोवा हेल्थ केयर सेन्टर सम्झौता

काठमाडौं (अस) । एनएमबि बैंक र  ललितपुरको जावलाखेलस्थित सोवा हेल्थ केयर सेन्टरबीच सम्झौता भएको छ । समझदारीअनुसार अस्पतालबाट उपलब्ध गराइने विभिन्न चिकित्सकीय सेवामा बैंकका ग्राहक एवं परिवारले विशेष छुट तथा सहुलियत पाउनेछन् । अस्पतालले बैंकका एटीएम तथा अन्य भिसा कार्डवाहक तथा कर्मचारीलाई अन्तरंग, फार्मेसीबाट औषधी खरिद, ल्याब परीक्षण र शल्यक्रियामा विशेष छुट उपलब्ध गराउनेछ । सम्झौतामा बैंकका रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र हेल्थ केयर सेन्टरका निर्देशक रीचा श्रेष्ठले हस्ताक्षर गरे ।  हाल बैंकले २०१ शाखा, १३९ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

एनएमबि बैंकको युवा लक्षित बचत योजना

काठमाडौं (अस) । एनएमबि बैंकले युवालाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहित गर्न नयाँ बचत खाता ‘एनएमबि यू–वाह डिजी सेभिंग्स्’ सार्वजनिक गरेको  छ । १८ देखि ४० वर्ष उमेर समूहका सबै नेपाली नागरिकले यो खाता खोल्न सक्नेछन् । बैंकले यो खाताअन्तर्गत शून्य मौज्दातमै उच्च ब्याजदर दिनुका साथै मेरो सेयर, डिम्याट र आस्बा निःशुल्क उपलब्ध गराउनेछ । त्यसैगरी योजनाअन्तर्गत बैंकले एनएमबि ओम्नीच्यानल बैंकिङ, एनएमबि क्रेडिट कार्ड र एनएमबि डलर कार्डमा निःशुल्क सुविधासहित डिजिटल कारोबारमा निःशुल्क अन्तरबैंक फण्ड ट्रान्सफर र वार्षिक १,२०० सम्मको क्यास ब्याक योजनाजस्ता लाभ उपलब्ध गराउनेछ । बैंकले उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक ऋणको प्रशासनिक शुल्कमा २५ प्रतिशत छुट उपलब्ध गराउनेछ । बैंकले हाल २०१ शाखा, १३९ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

एनएमबी बैंक–हाम्रो अस्पताल सम्झौता

काठमाडौं (अस) । एनएमबि बैंकले बिराटनगर महानगर–४ स्थित हाम्रो अस्पतालमा उपचारका लागि आउने व्यक्ति तथा कर्मचारीलाई सहज बनाउन द्विपक्षीय समझदारी गरेको छ । समझदारीअनुसार अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवामा विशेष छुट तथा सहुलियत दिइनेछ । अस्पतालले बैंकका एटीएम तथा अन्य भिसा कार्डवाहक तथा कर्मचारीलाई अन्तरंग, फार्मेसीबाट औषधी खरिद, ल्याब परीक्षण र शल्यक्रियामा छुट उपलब्ध गराउनेछ । सम्झौतामा बैंकका प्रदेश १ प्रमुख उत्सव घिमिरे र अस्पतालका निर्देशक सुनिलचन्द्र अधिकारीले हस्ताक्षर गरे । ग्राहकलाई सहुलियत दिन विभिन्न समय यस्ता सुविधा उपलब्ध गराइँदै आएको बैंकले बताएको छ । बैंकले हाल २०१ शाखा, १३९ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

एनएमबि बैंक–रेमिट हाइड्रो परियोजना लगानी समझदारी

काठमाडौं (अस) । एनएमबि बैंक र रेमिट हाइड्रोबीच ७७.५ मेगावाट क्षमताको ताप्लेजुङमा अवस्थित घुन्साखोला जलविद्युत् आयोजनामा लगानी गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । जनताको जलविद्युत् कार्यक्रममा समावेश घुन्साखोला जलविद्युत् आयोजना रेमिट हाइड्रोद्वारा प्रवद्र्घित कम्पनी हो । आयोजनामा रेमिट हाइड्रोको मुख्य लगानीकर्ता हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी  तथा रेमिट्यान्सकर्ताको लगानी रहनेछ । एनएमबि बैंकले समझदारीपत्रमा हस्ताक्षरपछि अन्य बैंक तथा वित्तीय संस्थालाई सामेल गराई सह–वित्तीयकरण गठन गरी आयोजनाको वित्तीय व्यवस्थापन गरिनेछ । घुन्साखोला जलविद्युत् आयोजनाको कुल लागत १८ अर्ब २५ करोड रहेको छ । एनएमबि बैंकले हालसम्म ४६ जलविद्युत् आयोजनामा लगानी गरिसकेको छ । बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागू गरिएको बताएको छ । हाल बैंकले २०१ शाखा, १३८ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

एनएमबि बैंक–हिमालय दृश्य होटल सम्झौता

काठमाडौं (अस) । एनएमबि बैंक र हिमालय दृश्य होटल धुलिखेलबीच सम्झौता भएको छ । सम्झौताअनुसार होटलले खानामा १० प्रतिशत तथा आवास सुविधामा २० प्रतिशतसम्म छुट दिनेछ । सम्झौतापत्रमा बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यका एसोसिएट डाइरेक्टर सेल्स एन्ड मार्केटिङ बबिता पाण्डेले हस्ताक्षर गरे । ग्राहकलाई आधुनिक बैंकिङ सुविधा, विद्युतीय भुक्तानी बढाउन र अन्य अतिरिक्त सेवा सहज बनाउन छुटका लागि सहकार्य गरिएको बैंकले बताएको छ । बैंकले हाल २०१ शाखा, १३८ एटीएम, ९ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।

एनएमबिको मुद्दती निक्षेपमा ९.५२ प्रतिशत ब्याजदर

काठमाडौं (अस) । एनएमबि बैंकले मुद्दती निक्षेपमा ग्राहकलाई नयाँ ब्याजदर घोषणा गरेको छ । योजनाअन्तर्गत बैंकले सर्वसाधारण ग्राहकलाई  मुद्दतीमा ९.५२ प्रतिशत वार्षिक ब्याजदर (०.५ प्रतिशत प्रिमियमसहित) प्रदान गर्नेछ । एनएमबि बैंकमा खाता नभएका ग्राहकले भिडियो केवाईसी कलमा आधारित प्रविधिमार्फत ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोवार गर्न सक्ने बैंकले बताएको छ । भीकेवाईसीमार्फत ग्राहकले अनलाइन खाताको सुरुदेखि अन्त्यसम्मको प्रक्रिया बैंकमा नआई डिजिटल रूपमा सम्पन्न गर्न सक्नेछन् । ग्राहकले एनएमबिमा भिडियो कलमार्फत नय“ा खाता खोल्न डिजिटल सेवा प्रयोग गरेर आप्mना केवाईसी विवरण अपडेट गर्न सक्छन् । बैंकले हाल १८१ शाखा, १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

बिगमार्टमा एनएमबी बैंकका सेवाग्राहीलाई २५ प्रतिशत छुट

काठमाडौं। एनएमबि बैंकका ग्राहकले बिगमार्टमा सामान किन्दा २५ प्रतिशतसम्मको छुट पाउने भएका छन्। दुई कम्पनीबीच भएको सम्झौताअनुसार बुधबार र शनिबार सामान खरिदमा उक्त छुट पाउने भएका हुन्। छुट पाउन बैंकका सेवाग्राही र कर्मचारीले एनएमबीको मोबाइल बैकिङमार्फ भुक्तानी गर्नुपर्नेछ। बैंकले आफ्नो सेवा बढाउनेक्रममा यस्तो सुविधा ल्याएको बताएको छ। बैंकको हाल देशभर १८१ शाखा, १३७ एटीएम, ९ ओटा एक्सटेन्सन काउन्टर सञ्चालनमा छन्।

एनएमबि बैंकको सेवा वि एण्ड वि हस्पिटलमा

एनएमबि बैंकले वि एण्ड वि हस्पिटलमा एटीएम तथा बिस्तारित सेवा सञचालनमा ल्याएको छ । उपचाका लागि अस्पताल आएका बिरामी तथा तिनमाक आफन्तको सुविधाका लागि अस्पताल प।िषरमा आफ्नो सेवा बिस्तार गरेको बैकले जनाएको छ ।उक्त सेवाको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र वि एण्ड वि अस्पतालका डा. सरोज वैंद्यले संयुक्त रुपमा उद्घाटन गरे ।कार्यक्रममा एनएमबि […]