महन्थ ठाकुरद्वारा ओलीलाई धन्यवाद, देउवालाई ध्यानाकर्षण

जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षले मधेशको माग/मुद्दालाई सम्बोधन गर्न तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सकारात्मक पहलका लागि धन्यवाद दिएको छ । यस्तै आफूहरुको माग पूरा गर्न वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिबद्धता जनाएकाले विश्वासको मत दिएको भन्दै माग चाँडो पूरा गर्न ध्यानाकर्षण गराइएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा मंगलबार सम्पन्न ठाकुर पक्षीय कार्यकारिणी समितिको बैठकले ओलीलाई धन्यवाद दिँदै देउवालाई माग सम्बोधनका लागि ध्यानाकर्षण गराएको हो ।संव

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओली र जसपाको महन्थ ठाकुर समूहका नेताहरुबीच भेटवार्ता

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर समूहका नेताहरुबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओलीलाई भेट्न जसपाका महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा आज बिहान बालकोट पुगेका हुन् । भेटमा आपसी सहकार्यलाई निरन्तरता दिँदै अगाडि बढ्नेबारेमा कुराकानी भएको तर कुनै सहमती नभएको जसपाका नेता अनिल झाले बताउनुभयो । एमालेले सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । तर ओलीसँग सत्ता सहकार्य गरेको जसपाको महन्थ समूहले प्रधानमन्त्री शेरबहादुर देउव...

सरकारबाट बाहिरिएसँगै महन्थ ठाकुर समूहमा तीव्र असन्तुष्टि

जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्षमा असन्तुष्टि सुरु भएको छ । अध्यक्ष महन्थ ठाकुरले पार्टीका इमानदार नेता–कार्यकर्तालाई पाखा लगाएर नेताहरुको आसपासमा रहनेलाई मात्र मौका दिएको भन्दै असन्तुष्टि बढेको हो ।अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो मिलेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटनमा सघाएको, सरकारमा सामेल भएको, कार्यकारिणी समिति हेरफेर गरेको लगायतका विषयमा सो पक्षकै कयौं नेता असन्तुष्ट देखिएका हुन् ।पछिल्लो समय अध्यक्ष ठाकुरप्रति कार्यकारिणी समितिका सदस्यहरु शरतसिंंह भ

सरकारमा सहभागी हुने महन्थ ठाकुर पक्षको निर्णय

जनता समाजवादी पार्टी नेपाल (महन्थ ठाकुर पक्ष) ले सरकारमा जाने निर्णय गरेको छ । आज बसेका जसपा नेपाल कार्यकारिणी समितिको बैठकले निर्णय गरेको हो । मधेशी आन्दोलनकारीमाथि लगाइएको मुद्दा फिर्ता, जन्मसिद्ध नागरिकलाई वंशजको नागरिकता दिने, संविधान संशोधनका लागि विज्ञ समूह गठन गर्ने निर्णय सरकारले गरेपछि जसपा नेपाल सरकारमा जाने निर्णय गरेको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार भेटेर अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा सहभागी हुने जानकारी गराइसकेको स्रोतले जनाएको छ । तर को को मन्त्री

महन्थ ठाकुर बालुवाटारमा

जसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । विपक्षी गठबन्धनलाई नसघाएर तटस्थ बसेका उनी बिहीबार साँझ ओली भेट्न बालुवाटार पुगेका हुन् । उनकै असहयोगका कारण काँग्रेस नेतत्वमा बहुमतको सरकार बन्न सकेन भने फेरि ओली नै प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् ।

प्रधानमन्त्री ओलीलाई भेट्न महन्थ ठाकुर बालुवाटारमा

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटारमा पुगेका छन्। आज केहीबेर अघि अध्यक्ष ठाकुर प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेको ठाकुर निकट नेताले देखापढीलाई बताए। उनले भने, ‘अहिले अध्यक्ष ज्यू प्रधानमन्त्रीसँग वर्तमान राजनीतिक सन्दर्भबारे छलफलमा हुनुहुन्छ।’ २७ गते प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिँदा अध्यक्ष ठाकुर पक्षका सांसदहरु तटस्थ बसेका थिए।

महन्थ ठाकुर तटस्थ, उपेन्द्र यादव विपक्षमा

काठमाडाैं । जनता  समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रस्तावका पक्ष र विपक्षमा पनि नभई तटस्थ रुपमा बस्ने बताएका छन् । संघीय संसद्को प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतसम्बन्धी प्रस्तावका छलफलमा क्रममा उनले कुनै पनि प्रस्तावका पक्षमा मत नदिई तटस्थ बस्ने जानकारी गराए । उनले प्रधानमन्त्री ओलीले आफ्नो कुरा सुनेर आफ्नो कार्यकर्ता कारागारमुक्त गरेकामा आभार […] The post महन्थ ठाकुर तटस्थ, उपेन्द्र यादव विपक्षमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

देउवालाई भेटेपछि ओलीलाई भेट्न सिधै बालुवाटार पुगे महन्थ ठाकुर र राजेन्द्र महतो

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिधै बालुवाटार पुगेका छन् । नेताद्वय ठाकुर र महतो कांग्रेस सभापति देउवाको निवास बूढानीलकण्ठबाट सिधै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको जसपाका एक नेताले जानकारी दिए । देउवासँगको भेटमा नेताद्वयले भावी सत्ता समीकरणमा आफूहरू कतै नलाग्ने सन्देश दिएको स्रोतले जनाएको छ ।  आफूहरू तटस्थ रहँदा वैकल्पिक सरकारको सम्भावना पनि नरहने भन्दै ठाकुर र महतोले चुनावको माहोल...

जसपामा नयाँ ट्विस्ट : विश्वासको मत दिनेबारे महन्थ ठाकुर तटस्थ बस्ने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिनेबारे महन्थ ठाकुर तटस्थ बस्ने भएका छन्। प्रधानमन्त्री ओलीले विश्वासको मत दिन औपचारिक आग्रह नगरेको र पार्टीभित्रको विवादलाई ध्यानमा राखेर तटस्थ बस्ने जसपाका एक नेताले बताए। ओलीको रणनीतिअनुसार नै जसपाको महन्थ पक्ष तटस्थ बस्ने ती नेताले उल्लेख गरे। उपेन्द्र यादवले भने आफ्ना निकटका सांसदलाई विश्वासको मतको विपक्षमा भोट हाल्न भनिसकेका छन्।

जसपामा महन्थ ठाकुर अब अल्पमतमा

काठमाडौं। आफ्नो पक्षमा बहुमत सांसद सदस्य रहेको दाबी गर्दै आएका अध्यक्ष महन्थ ठाकुर अल्पमतमा परेका छन्। राजेन्द्र महतो, राजकिशोर यादव, शरतसिङ भण्डारी लगायतका केही सांसदहरूले साथ छोडेपछि ठाकुर अल्पमतमा परेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने समय नजिकिँदै जाँदा जसपाभित्र यस्तो उतारचढाव देखिएको हो। यससँगै जसपा नेता डम्बर खतिवडाले जसपा अब विभाजनबाट जोगिएको बताएका छन्।