वाग्मती प्रदेशमा स्थानीय तह निर्वाचनमा पार्टीले सोचेजस्तो परिणाम हात पार्न नसकेको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । उनले आफ्नै पार्टी नेता र कार्यकर्ताहरूका कारण नै स्थानीय तह निर्वाचनमा सोचेजस्तो परिणाम प्राप्त हुन नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका छन् ।