काठमाडौं : विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ।उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी ट्विटरमार्फत् दिएका छन्।उनले लेखेका छन्, ‘बाहिर हेर्दा उस्तै, भित्रभित्रै कोरोना भाइरस। म पनि कोरोना पोजेटिभ देखिएको छु। गत केही दिनमा मेरो नजिकको सम्पर्कमा आउनुभएका साथी शुभेच्छुकलाई सावधानी अपनाउन र आवश्यक देखिए परीक्षण गर्न विनम्र आग्रह गर्दछु। अस्पतालमा परीक्षणपछि घर आएर सुरक्षित रुपमा बसेको छु। अहिले सबै ठिकै छ।’अस्पतालमा परीक्षणपछि घर आएर सुरक्षित रुपमा