जनमोर्चाका गण्डकी प्रदेशसभा सांसद थापा फेरि पदमुक्त

पोखरा। गण्डकी प्रदेशसभा सांसद कृष्ण थापा फेरि पदमुक्त भएका छन्। शुक्रबारको प्रदेशसभा बैठकमा उनलाई पार्टीले कार्वाही गरेको पत्र सभामुख नेत्रनाथ अधिकारीले पढेर सुनाएका हुन्। प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षमा मतदान गर्न पार्टीले गरेको ह्वीप विपरीत तटस्थ बसेको भन्दै उनलाई पार्टीले कार्वाही गरेको हो। यसअघि विपक्षी गठबन्धनको सरकार बनाउँदा हस्ताक्षर गर्न नमानेको भन्दै गरेको कार्वाहीमा सर्वोच्च अदालतले पुर्नवहालीको आदेश दिएको थियो।

सम्बन्धित सामग्री

आज बस्ने भनिएको गण्डकी प्रदेशसभा बैठक स्थगित

गण्डकी– बिजनेस नभएपछि आज दिउँसो १ः०० बजे बस्ने भनिएको गण्डकी प्रदेशसभा बैठक यही साउन २९ गतेसम्मका लागि स्थगन भएको छ । विशेष कारण जनाउँदै सूचना टाँसेर बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकको कार्यसूची तय गर्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक बिनानिष्कर्ष टुङ्गिएको थियो । आज बस्ने बैठकमा विषयगत समिति गठनबारे छलफल हुने […]

कांग्रेसका मुनिन्द्रजंग गुरुङ गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित

मनाङको प्रदेश सभा (क) का कांग्रेसका मुनिन्द्रजंग गुरुङ गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।...

गण्डकी प्रदेशसभा अगाडि मुख्यमन्त्रीको राजीनामा माग्दै प्रर्दशन

पोखरा : पोखराको नदिपुरमा रहेको गण्डकी प्रदेशसभा भवन अगाडि मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलको राजीनामा माग्दै नेकपा (एमाले) को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) र युवा संघले प्रदर्शन गरेका छन्। आज बिहान ११ बजे संसद बैठक डाँकिएको थियो। जसमा मुख्यमन्त्री पोखरेलले विशेष समयमा बजेटबारे उठेका विषयमा जवाफ दिने…

गण्डकी प्रदेशसभा बैठक स्थगित

गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । आइतबारबाट बजेटमाथि छलफल गर्ने गरी प्रदेशसभा बैठक आह्वान गरिएकामा सरकारको अनुरोधमा अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए ।आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा बजेट विनियोजनको किताबसमेत तयार हुन नसकेका अवस्थामा भोलिको बैठक स्थगित गर्नेमा दलहरूबीच सहमति जुटेको थियो । बजेट किताब आइनसकेकाले बैठक स्थगित गरिएको प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

गण्डकी प्रदेशसभा बैठकः एमालेले विरोध जनाएपछि अवरुद्ध

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले विरोध जनाएपछि आज गण्डकी प्रदेशसभा बैठक अवरुद्ध भएको छ।

प्रतिपक्षी दलको अवरोधपछि रोकियो गण्डकी प्रदेशसभा बैठक

पोखरा, असार २७ । प्रतिपक्षी दल एमालेको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक स्थगित भएको छ । बजेट छलफलका लागि डाकिएको बैठकमा एमालेले यसअघि मध्य असारमा गरिएको रकमान्तरको फेहरिस्त मागेर सदन रोकेको हो । असारको दोश्रो साता सरकारले १४ करोड १९ लाख रुपैयाँ रकमान्तर गरेको थियो । नातागोता र कार्यकर्ता पोस्नका लागि रकमान्तर गरिएको प्रतिपक्षीको आरोप छ […]

एमालेको विरोधपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

पोखरा। प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेशसभा बैठक अवरुद्ध पारेको छ। आर्थिक वर्षको अन्त्यमा भएको रकामान्तरबारे जानकारी माग्दै एमालेले सदन अवरुद्ध गरेको जनाइएको छ। बैठकको सुरुमै एमाले नेता रामशरण बस्नेतले रकामान्तरबारे फेहरिस्त नआउँदासम्म सदन चल्न नसक्ने भन्दै विरोध गरेपछि बैठक स्थगित भएको हो। प्रदेश सरकारले रातो किताबमा नै नभएका विभिन्न योजना १० दिनमा सक्ने भन्दै १६ करोड रकामान्तर गरेको थियो।

एमालेको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

पोखरा : प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक स्थगित भएको छ। आज फेरि दिउँसो १ बजे बस्ने गरि बैठक स्थगित भएको हो। बजेटमाथि छलफल गर्ने कार्यसूची निर्धारण गरि आज आइतबार ११ बजेदेखि डाकिएको बैठकमा एमालेले यसअघि मध्य असारमा गरिएको रकमान्तरको विषयमा प्रश्न गर्नै प्रदेशसभा बैठक अवरोध गरेको थियो।…

गण्डकी प्रदेशसभा बैठक अझै अनिश्चित, सबैको आ-आफ्नै अडान

पोखरा : बैशाख १५ गते अनिश्चितकालका लागि स्थगित गण्डकी प्रदेशसभा बैठक अब कहिले हुन्छ भन्नेबारे टुंगो लाग्न सकेको छैन। मंगलवार बसेको सर्वदलीय बैठकले समेत यसबारे निर्णय लिन सकेन। माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमाङले दलको आ-आफ्नो अडानले संसद सञ्चालन कहिले गर्ने भन्नेबारे निर्णय लिन नसकेको जानकारी दिए। ‘मुख्यमन्त्रीको तर्क…