श्री ५ को वायुगुठी, समस्या समाधान संघर्ष समिति, वडामा क्रियाशिल सम्पूर्ण राजनीतिक पार्टीका प्रतिनिधि र सम्पूर्ण ज्यामरुङवासीले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन बहिष्कार गर्ने भएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले निर्वाचन बहिष्कार गर्न लागेको जनाएको हो । संघर्ष समितिका संयोजक ईश्वरीबहादुर लम्सालले आफूहरु कुनै रहरले नभई बाध्यताले निर्वाचन बहिष्कार गर्ने निर्णयमा पुगेको बताए ।उनले भने,‘यो भनेको ३ हजार ५ सय घरधुरीको बगिरहेको आँशु हो ।