लागुऔषध सहित बर्दिबासका एक जना पक्राउ

प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । प्रतिबन्धित लागुऔषध एक्सीपलन साइरुपसहित महोत्तरीका बर्दिबास-६ का २५ वर्षीय संजय परियारलाई  प्रहरीले  पक्राउ गरेको हो ।  कठुधारस्थित माइस्थान सम्सी सडक खण्डमा अस्थाइ प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पैदल हिडेर आइरहेका परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले  जनाएको छ ।उनलाई जिल्ला अदालत जलेश्वरबाट लागुऔषध मुद्दामा ५ दिन  म्याद थप गरी ईलाका प्रहरी कार्यालय गौशालाबाट थप अनुसन्धान भईरह

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।