राष्ट्रिय दलित कर्मचारी समाज नेपालद्वारा प्रकाशित ‘समानुपातिक समावेशिता : जेनजी आन्दोलनको अपेक्षा र संरचनात्मक रूपान्तरण’ नामक पुस्तकको विमोचन तथा सम्मान कार्यक्रममा अध्यक्ष विश्वकर्माले समावेशिता केवल संख्यामा सीमित नभई संरचनागत परिवर्तनसँग जोडिनुपर्नेमा जोड दिए ।
धनुषा- धनुषाको औरही गाउँपालिकास्थित देउरी परवाहाबाट पौडेश्वर जाने बाटोमा एक युवती मृत फेला परेकी छन्। शुक्रबार सडकछेउमा युवतीको शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। लगत्तै घटनास्थल पुगेको प्रहरी टोली शव नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाइएको छ। मृतकको सनाखत हुन सकेको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेशबहादुर बमले […]
जनवरी २५ को हिमपातपछि न्यूयोर्क सिटीको डिपार्टमेन्ट अफ सेनिटाइजेशनले घर अगाडि र आसपासको फुटपाथमा हिउँ सफा नगर्ने २ हजार भन्दा बढीलाई जरिवाना टिकट जारी गरेको छ। हिउँपछिको समयमा फुटपाथ सफा नगर्ने घरमालिक तथा व्यवसायीहरुले जरिवाना तिर्नुपर्नेछ। बिहीबारसम्म २,७३८ टिकट जारी गरिएको छ, जसमा हिउँ र बरफ नहटाउने घर तथा व्यापारिक सम्पत्तिहरु सामेल छन्। पहिलो उल्लङ्घनमा […]