संक्रमितको सम्पर्कमा आएका ४६ जनाको रिपोर्ट नेगेटिभ | Nagarik News - Nepal Republic Media

कोरोना संक्रमित युवकको प्रत्यक्ष सम्पर्कमा आएका ४६ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । शनिबार पठाइएको ४६ जनाको थ्रोट स्वाबको नमूना सेती प्रादेशिक अस्पताल धनगढीमा परीक्षण गर्दा नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

सम्बन्धित सामग्री

८५ जनाको आरडिटी रिपोर्ट नेगेटिभ | Nagarik News - Nepal Republic Media

खोटाङको केपीलासगढी गाउँपालिकामा ८५ जनाको आरडिटी रिपोर्ट नेगेटिभ देखिएको छ । मंगलबार गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, जनप्रतिनिधि लगायतको आरडिटी परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ देखिएको हो ।

८४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ | Nagarik News - Nepal Republic Media

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट पिसिआर परीक्षणमा पठाइएका ८५ जनामध्ये ८४ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका क्रममा विभिन्न क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, क्वारेन्टिनमा राखिएका व्यक्ती, सम्भावित संक्रमित तथा पत्रकारको स्वाब संकलन गरेर पिसिआर परीक्षणमा पठाइएकामा ८४ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पतालका डा. मेडिकल अधिकृत शैलेस श्रेष्ठले बताए ।

रसुवाका पाँच जनाको कोरोना रिपोर्ट नेगेटिभ | Nagarik News - Nepal Republic Media

रसुवाको पाँच जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’ अर्थात कोरोना नभएको आएको छ । द्रुत विधिबाट परीक्षण गर्दा ‘आरडिटी पोजेटिभ’ देखिएका उनीहरूको पीसीआर परीक्षण गर्दा नेगेटिभ देखिएको हो ।

६२ जनाको आरडिटी रिपोर्ट ‘नेगेटिभ’ | Nagarik News - Nepal Republic Media

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ३६ जनाको कोरोना भाइरस (कोभिड–१९) को र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) रिपोर्ट ‘नेगेटिभ’ आएको छ । भारत तथा नेपालकै विभिन्न शहरबाट गाउँ आएपछि १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएका ३६ जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।