विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले आफूलाई कोरोना संक्रमण देखिएको बताएका हुन् ।
उनका अनुसार अस्पतालमा परीक्षणपछि घरमा आइसोलेट भएर बसेका छन् । स्वास्थ्यमा खासै समस्या नभएको उनको भनाइ छ ।
उनले गत केही दिनमा आफूसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई सावधानी अपनाउन र आवश्यक देखिए परीक्षण गर्न पनि आग्रह गरेका छन् ।