न्यायिक समिति संयोजकको अनुभव : महिला हुँदा पत्याएनन्‚ विज्ञ कर्मचारीको अभाव

दाङ : स्थानीय तह गठन भई पहिलो कार्यकाल सकिन लाग्दासमेत न्यायिक समितिमा कानुनविज्ञ नपाएको न्यायिक समितिका संयोजकहरूले बताएका छन्। देश संघीयतामा गइसकेपछि २०७४ सालमा पहिलो पटक स्थानीय तहमा जनप्रतिनिधिहरू आए। स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति रहने प्रावधान छ।दाङको गढवा गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शान्ति चौधरीले कानुनका विज्ञ कर्मचारी नहुँदा आफूहरूले न्याय सम्पादनमा धेरै समस्या भोगेको अनुभव सुनाइन्।‘संघीयता लागू भएपछि हामी

सम्बन्धित सामग्री

देशभरका स्थानीय तहको सहभागितामा न्यायिक समिति राष्ट्रिय सम्मेलन हुने

काठमाडौं । देशभरका स्थानीय तहको सहभागिता गराउने उद्देश्यसहित काठमाडौं महानगरपालिकाले आगामी चैत २४ र २५ गते न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने भएको छ । स्थानीय तहमा न्याय सम्पादनको अनुभव आदान–प्रदान गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गर्न लागिएको कामपाका उपप्रमुख एवं न्यायिक समिति संयोजक सुनिता डंगोलले जानकारी दिनुभयो । काठमाडौंमा हुने सम्मेलनमा देशभरका सबै स्थानीय तहलाई […]

स्थानीय तहका उपप्रमुखको गुनासो : न्यायिक जिम्मेवारी पायौं, स्रोत साधन पाएनौं

१४ चैत, पोखरा । संघीय समाजवादी फोरमबाट तीरहुत गाउँपालिका उपाध्यक्ष जितेकी तीर्थमाया मण्डल जनप्रतिनिधि बन्नुअघि विभिन्न सामाजिक कार्यमा संलग्न थिइन् । सामाजिक कार्य भएकै कारण जनप्रतिनिधि बनिसकेपछि पनि जनतासँग नजिक हुन त्यति असहज भएन । तर, न्यायिक समितिका संयोजकका रुपमा अनुभव भने नौलो थियो । संविधानले स्थानीय तहका उपप्रमुख/उपाध्यक्षलाई न्यायिक समिति संयोजक हुने व्यवस्था गरेको […]

मल्लरानीको न्यायिक समितिद्वारा अन्य पालिकासँग अनुभव आदानप्रदान

कमल पौडेल, प्युठान । प्युठानको मल्लरानी गाउँपालिकाले विभिन्न पालिकाहरुसँग अनुभव आदान प्रदान गरेको छ । मल्लरानी गाउँ पालिका न्यायिक समितिको आयोजनामा अन्तर जिल्ला, नगर तथा उपमहानगर पालिकाहरुमा न्याय सम्पादन सम्बन्धी अन्तरक्रिया गरिएको हो । यहि चैत ८ गते देखि १२ गतेसम्म चलेको कार्यक्रममा अन्तर्गत प्युठान, दाङ, कैलाली, डडेल्धुरा र सुर्खेतका पालिकासँग अन्तरक्रिया गरिएको थियो । त्यसक्रममा दाङको राप्ति गाउँपालिका, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, कैलालीको धनगढी उपमहानगरपालिका, डडेल्धुराको अमरगढी नगरपालिकाका प्रमुख, उपप्रमुखसहित न्यायिक समितिका सदस्यहरुसँग अनुभवको आदान प्रदान गरिएको हो । कार्यक्रममा मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज राना मगर, प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापा, न्यायिक समिति सदस्य कमल पौडेल, राजकुमार श्रेष्ठ, गाउँपालिकाका कानुनी सल्लाहकार मेलमिलापकर्ता रकर्मचारी सहित १३ सदस्यीय टोली रहेको थियो । कार्यक्रम निकै उपलब्धिमुलक रहेको र यसले आगामी दिनमा गाउँपालिकाले गर्ने न्याय सम्पादनमा थप सहज हुने अध्यक्ष अमरध्वज रानाले बताउनुभयो ।