रहेनन् चित्रकार भौकाजी

चित्रकार रामकुमार भौकाजीको ७१ वर्षको उमेरमा निधन भएको छ । केही समयदेखि प्रोस्टेट अर्बुद (क्यान्सर) रोगबाट ग्रसित भौकाजीको बिहीबार बिहान ५:३० बजे बानेश्वरस्थित निवासमा निधन भएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले बताए । प्रतिष्ठानले बिहीबार शोक वक्तव्य जारी गर्दै भौकाजीको निधनप्रति दु:ख व्यक्त गरेको छ ।

सम्बन्धित सामग्री

रहेनन् चित्रकार भौकाजी

काठमाडौँ –  चित्रकार डा. रामकुमार भौकाजीको आज ७२ वर्षका उमेरमा निधन भएको छ। प्रोस्टेटको अर्बुदरोगबाट आज बिहान आफ्नै निवास नयाँ बानेश्वरमा उनी दिवंगत भएको उनका भाइ साहित्यकार विमल भौकाजीले जानकारी दिए। रुसबाट चित्रकला विज्ञानमा विद्यावारिधि गरेका डा. भौकाजीका ‘जुद्धकला पाठशाला’, ‘स्रष्टा कुलमानसिंह भण्डारी’ र ‘नेपाली कलाकारका समस्या’ शीर्षक कृति (नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान, नाफाबाट प्रकाशित) तथा […]

नेपाल चिनाउन थर फेर्ने चित्रकार तथा प्रथम खलनायक नेपाली रहेनन्

आधुनिक चित्रकलाका अग्रणी चित्रकार तथा नेपाली फिल्मका प्रथम खलनायक उत्तम नेपालीको बुधबार निधन भएको छ। उनको बुधबार बिहान साढे ४ बजे उपचारका क्रममा काठमाडाैको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा निधन भएको हो। लामो समयदेखि मुटुको रोगबाट पीडित उनमा श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। अमेरिकामा बसोबास गर्दै आएका उनी पाँच वर्षअघि अमेरिकामा रहँदा हृदयाघातको […]

रहेनन् चित्रकार शंकरराज सिंह सुवाल

नेपाली ललितकलाको सिर्जनामा पाँच दशकभन्दा लामो समय बिताएका चित्रकार शंकरराज सिंह सुवालको ७३ वर्षको उमेरमा निधन भएको छ ।

रहेनन् प्राज्ञ राई

चित्रकार एवं पूर्वप्राज्ञ शान्तकुमार राईको बुधबार राति निधन भएको छ । ५६ वर्षीय राई पेटको क्यान्सर कारण डेढ महिनाअघि क्यान्सर अस्पताल हरिसिद्धिमा भर्ना भएका थिए ।

रहेनन् चित्रकार राई

काठमाडौं । चित्र कलाकार शान्तकुमार राईको पेटको अर्बुद रोगबाट नेपाल क्यान्सर अस्पताल, हरिसिद्धि, ललितपुरमा ५६ वर्षको उमेरमा निधन भएको छ । राई बुधबार राति...