भर्खर आलु भित्र्याएका इन्द्रवती करिडोर क्षेत्रका किसान चैते धान रोपाइँमा व्यस्त छन् । सिन्धुपाल्चोकको तराई भनेर चिनिने इन्द्रावती करिडोरक्षेत्रदेखि मेलम्ची, हेलम्बु, जुगल गाउँपालिकाका तल्लो भेगका अधिकांश कृषकलाई चैते धानको रोपाइँको हतारोले एकैछिन फुर्सद छैन् ।