पाँचवर्षे व्यापार रणनीति बनाउन गृहकार्य शुरू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुन: पाँचवर्षे व्यापार रणनीति बनाउन गृहकार्य शुरू गरेको छ । यसअघिका एकीकृत व्यापार रणनीतिहरूलाई समीक्षा गर्ने र आगामी ५ वर्षको व्यापार नीति बनाउन मन्त्रालयले रायसुझाव माग गरेको छ । नेपालको व्यापार क्षेत्रको प्राथमिकताहरू पहिचान गरिँदै सन् २०२२ देखि २०२७ सम्मको व्यापार रणनीति बनाउन लागिएको मन्त्रालयले जानकारी दिएको छ । नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) २०१६ को कार्यान्वयन अवस्थाको समीक्षा गरी नयाँ रणनीति तर्जुमा गर्ने तयारीअनुसार मन्त्रालयले विभिन्न ७ क्षेत्रसँग सम्बद्ध रहेर सुझाव माग गरेको छ । मन्त्रालयले संघीयता, अतिकम विकसित मुलुकबाट स्तरोन्नति, आर्थिक सुशासन, श्रम बजार, समावेशीकरण र गरीबीका लागि बजार, व्यापार लजिस्टिक्स विकास तथा व्यापार सहजीकरण, गुणस्तरीय पूर्वाधारहरू, मापदण्डहरू र कार्यान्वयनजस्ता विकासमा सुझाव माग गरेको छ । यस्तै व्यापार तथा लगानी सहजीकरणका लागि लगानी, वस्तु विकास तथा प्रवर्द्धनमा वस्तु र सेवा व्यापारमा रहेर सुझाव उपलब्ध गराउन मन्त्रालयले सरोकारवालालाई आग्रह गरेको छ । नेपालका निर्यातका सम्भावना भएका वस्तु तथा सेवाहरूको निर्यात प्रवर्द्धन गर्नका लागि रणनीति तयार गरिने मन्त्रालयका एक अधिकारीले जानकारी दिए । उनका अनुसार बढ्दो व्यापारघाटा कम गर्ने उद्देश्यले नै यो रणनीति तयार गर्न लागिएको छ । यसमा विभिन्न तीनओटा अवधारणापत्र विज्ञहरूले प्रस्तुत गर्ने र निजीक्षेत्रको सल्लाह सुझाव पनि लिइने उनले बताए । सरकारले सन् २००४ देखि यस्ता रणनीतिहरू बनाउँदै आए पनि अपेक्षाअनुसार निर्यातमा फड्को मार्न सकेको छैन । नेपालले निर्यातलाई जोड दिँदै त्यसबेला डाइग्नोस्टिक ट्रेड इनिग्रिटी स्टडिज (डीटीआईएस) बनाएको थियो । त्यसको ६ वर्षमा अर्थात् सन् २०१० मा नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) तयार गरेको थियो भने यसलाई समीक्षा गर्दै सन् २०१६ मा निर्यातयोग्य वस्तुहरूको संख्या घटाउँदै ९ मा झारिएको थियो । अहिले यो नीतिलाई समीक्षा गर्दै र संघीयता र नेपाल अल्पविकसित मुलुकबाट विकासोन्मुख हुँदै गर्दा केके विषयमा ध्यान दिनेजस्ता पक्षलाई लिएर पाँचवर्षे रणनीतिको तयारी गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ । अहिले एनटीआईएसमा भएका वस्तुहरूमा अलैंची, अदुवा, चिया, फुटवेयर, जडीबुटी, छालाका उत्पादनहरू, पश्मिना, फेब्रिक र कार्पेट छन् । यीमध्ये कृषिजन्यभित्र पर्ने अदुवा, चिया, अलैंची, जडीबुटीको निर्यातमा मात्रै वृद्धि देखिए पनि अन्य वस्तुको निर्यात औसत रहेको छ ।

सम्बन्धित सामग्री

कोशी प्रदेशको कृषि व्यापार रणनीति बनाउन छलफल

विराटनगर– कृषि क्षेत्रमा धेरै ठूलो समस्या रहेकाले त्यसको समाधानका लागि कृषि व्यापार रणनीति आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा विराटनगरमा आयोजित कार्यक्रमका सहभागीले सो कुरामा जोड दिएका हुन् । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री रामप्रसाद महतोले प्रदेशमा कृषि उत्पादनमा संलग्न किसानहरुलाई आत्मनिर्भर बनाउँदै कृषि क्षेत्रको […]

‘कृषि क्षेत्रको स्तरोन्नतिका लागि कृषि व्यापार रणनीति आवश्यक’

मोरङ – कृषि क्षेत्रको स्तरोन्नतिका लागि कृषि व्यापार रणनीति आवश्यक रहेको कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री रामप्रसाद महतोले बताएका छन्। मंगलबार विराटनगरमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशद्वारा आयोजित ‘कोशी प्रदेशमा कृषि व्यापार प्रवर्द्धन रणनीति’सम्बन्धी छलफलमा बोल्दै राज्यमन्त्री महतोले यस्तो बताएका हुन्। कृषि क्षेत्रमा धेरै ठूलो समस्या रहेको बताएका राज्यमन्त्री महतोले कृषकहरुलाई अघि […]

१२ वर्षमा तीन रणनीति, निर्यात सुस्त

काठमाडौं, चैत ५ । आयातको तुलनामा निर्यात व्यापारको वृद्धि नाजुक रहेका बेला सरकारले पछिल्लो १२ वर्षमा तीन वटा व्यापार एकीकृत रणनीति बनाएको छ । एक दशकमा तीन-तीन वटा रणनीति बनाउनु तर निर्यात व्यापार धेरै नबढ्नुले सरकारले निर्यातजन्य वस्तु पहिचान गर्न नसकेको देखाउँछ । सरकारले सन २०१० मा पहिलो पटक यस्तो रणनीति बनाएको थियो । यसलाई […]

नमोबुद्धको कृषि रणनीति

धुलिखेल ३ चैत । नमोबुद्ध नगरपालिकाले दीर्घकालीन योजनासहित कृषि रणनीति तय गर्ने भएको छ । ‘कृषि, व्यापार र पर्यटन : हाम्रो सशक्त अभियान’ भन्ने नारासहित पालिकाले कृषि रणनीति तय गर्न लागेको हो । नगरको वर्तमान कृषिको वस्तुस्थिति विश्लेषण गरी आगामी वर्षका लागि आवधिक योजनासहति रणनीति तर्जुमा गर्न लागिएको नगर प्रमुख कुनसाङ लामाले जानकारी दिए । […]

कार्ययोजना कार्यान्वयन नहुँदा व्यापार घाटा उच्च

काठमाडौं, बैशाख ९ । निर्यात प्रवद्र्धन गर्ने र व्यापार घाटा न्यूनीकरण गर्ने उद्देश्यले तयार पारिएका रणनीति र कार्ययोजनाको कार्यान्वयन प्रभावकारी नहुँदा व्यापार घाटा घट्न सकेको छैन । वैदेशिक व्यापारमा भइरहेको उच्च घाटा कम गर्न स्वदेशी उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्नुपर्ने आवश्यकता महसुस गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आधा दर्जन रणनीति […]

एकीकृत व्यापार रणनीति कार्यान्वयनमा जोड

सरकारले स्वदेशी वस्तुको निर्यात वृद्धि गरी मुलुकमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित २०१६ मा पाँच वर्षका लागि नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस) ल्याएको थियो । सो कार्यक्रम लक्ष्यअनुसार सफल हुन नसकेपछि त्यसलाई पुनरावलोकन गर्न लागिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एनटीआईएस कार्यान्वयन अवस्थाको समीक्षा गरी नयाँ रणनीति तर्जुमा गर्नका लागि सरोकारवाला निकायसँग सुझाव मागेको […]

पाँचवर्षे व्यापार रणनीति बनाउन गृहकार्य शुरू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुन: पाँचवर्षे व्यापार रणनीति बनाउन गृहकार्य शुरू गरेको छ । यसअघिका एकीकृत व्यापार रणनीतिहरूलाई समीक्षा गर्ने र आगामी ५ वर्षको व्यापार नीति बनाउन मन्त्रालयले रायसुझाव माग गरेको छ । नेपालको व्यापार क्षेत्रको प्राथमिकताहरू पहिचान गरिँदै सन् २०२२ देखि २०२७ सम्मको व्यापार रणनीति बनाउन लागिएको मन्त्रालयले जानकारी दिएको छ । नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) २०१६ को कार्यान्वयन अवस्थाको समीक्षा गरी नयाँ रणनीति तर्जुमा गर्ने तयारीअनुसार मन्त्रालयले विभिन्न ७ क्षेत्रसँग सम्बद्ध रहेर सुझाव मा...

एकीकृत व्यापार रणनीति पुनरावलोकन गरिँदै

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) कार्यान्वयन अवस्थाको समीक्षा गरी नयाँ रणनीति तर्जुमा गर्नका लागि सुझाव मागेको छ । मन्त्रालयले सूचना जारी गरेर सम्बन्धित संघसंस्था, सरकारी निकाय एवं सरोकारवालालाई माघसम्म सुझाव पेश गर्न भनेको हो ।सुझाव पठाउँदा नयाँ रणनीतिमा नेपालका निर्यातका सम्भावना भएका के कस्ता वस्तु तथा सेवाहरु समेट्नुपर्छ र त्यस्ता […]

नेपाल र बंगलादेशबीचको व्यापार सम्बन्ध सुधार

नेपालबाट निर्यात हुने प्रमुख मुलुकहरूमा भारत, अमेरिका, बंगलादेश, अफगानिस्तान, जर्मनी, फ्रान्स, संयुक्त अधिराज्य, इटाली, टर्की, क्यानडा, जापान र चीन रहेका छन् । नेपालका लागि निर्यातमा महŒवपूर्ण भनी पहिचान भएका र भविष्यमा नेपालको अर्थतन्त्रमा उल्लेखनीय भूमिका निर्वाह गर्ने वस्तुहरूको रूपमा व्यापार नीति–२०७२, नेपाल व्यापार एकीकृत रणनीति–२०७३ र अन्तर्राष्ट्रिय व्यापार केन्द्रको निकासी सम्भाव्यता मूल्यांकन अध्ययनमा परेअनुरूप १९ […]

एकीकृत व्यापार रणनीति पुनरावलोकन गरिँदै

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस) लाई पुनरावलोकन गर्ने भएको छ । स्वदेशी वस्तुको निर्यात वृद्धि गरी मुलुकमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित २०१६ मा ५ वर्षका लागि ल्याइएको रणनीतिको समय सकिएपछि यसलाई पुनरावलोकन गर्न लागिएको हो ।एनटीआईएस कार्यक्रममा समावेश गरिएका वस्तुलाई थपघट गरी पुनरावलोकन गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ । […]