उद्योगी-व्यवसायी विभाजित

राष्ट्र बैंकले चालू पुँजी कर्जाको मार्गदर्शन संशोधनमा बीचको बाटो अपनाएपछि उद्योगी व्यवसायी विभाजित बनेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघलगायत संस्थामा आवद्ध अधिकांश पदाधिकारीहरु अहिलेको अवस्थामा कर्जा तिर्न केही समय पाएको भन्दै सकारात्मक देखिएका छन् । अरु धेरै उद्योगी–व्यवसायी भने राष्ट्र बैंकले निजी क्षेत्रको माग पूरा नगरेको भन्दै आक्रोशित बनेका छन् । […]

सम्बन्धित सामग्री

बैंकको सास्तीविरुद्ध उद्योगी–व्यवसायी आन्दोलित

बैंक तथा वित्तीय संस्थाले सास्ती दिएको भन्दै यहाँका उद्योगी–व्यवसायी आन्दोलित भएका छन्। उद्योगी–व्यवसायीले संघर्ष समिति नै बनाएका छन्।...

विदेश पलायन हुँदै उद्योगी व्यवसायी

चितवन, २६ असार । कोभिड– १९ र त्यसपछिको आर्थिक तलरलताका कारण यहाँका उद्योगी व्यवसायी विदेश पलायन हुन थालेका छन् । कोरोनाले थला पारेको व्यवसायलाई केही उकास्न सकिन्छ कि भनेर कोसिस गर्दासमेत उद्योग व्यवसाय चल्न नसकेपछि उनीहरु विदेश पलायन भएका हुन् । कर्मचारी राखेर तलब खुवाउन र घर वाहलकरसमेत तिर्न नसक्ने अवस्था आएपछि व्यवसायी विदेशिन बाध्य […]

रुपन्देहीका उद्योगी व्यवसायी आन्दोलित

काठमाडौँ- रुपन्देहीका उद्योगी व्यवसायी आन्दोलित बनेका छन् । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर, बैंकिङ नीतिको विरोधमा उनीहरुले भैरहवास्थित राष्ट्र बैंक अगाडि धर्ना दिएका छन् । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको चर्को ब्याजदरविरुद्ध व्यवसायीको छाता संगठनको अगुवाईमा धर्ना दिइएको हो । राष्ट्र बैंकको ज्यादतीका कारण उद्योगी व्यवसायी प्रभावित भई पलायन हुने अवस्था आएको भन्दै आन्दोलन […]

उद्योगी-व्यवसायी उत्पादनमा लाग्नुपर्छ : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यवसायी सडक आन्दोलनमा नभइ उद्योग, व्यवसायमा लाग्नुपर्ने बताएका छन् । आज काठमाडौँमा भएको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले उद्योगी, व्यवसायीका समस्या समाधानका लागि सरकार गम्भीर रहको भन्दै सडक आन्दोलनमा नभइ उद्योग, व्यवसायमा लागेर उत्पादन बढाउनुपर्ने बताएका हुन् । उनले उद्योग, व्यवसायीका समस्या समाधानका लागि सरकारले विभिन्न प्रतिनिधिसहितको […]

राष्ट्र बैंकको प्रावधानविरुद्ध उत्रिए उद्योगी–व्यवसायी

नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन २०७९ मा राखिएका प्रावधानविरुद्ध मधेश प्रदेशका उद्योगी–व्यवसायी आन्दोलनमा उत्रिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले चालू पुँजी कर्जा मार्गदर्शन सम्बन्धमा निजी क्षेत्रको सरोकार विषयमा बृहत् छलफलसहित राष्ट्र बैंकलाई १५ बुँदे ज्ञापनपत्र समेत बुझाएका छन् । चालू पुँजी कर्जा मार्गदर्शन २०७९ मा राखिएका व्यवस्थालाई सहज र सरलीकृत […]

उद्योगी व्यवसायी मारमा पर्ने गरी सरकारबाट काम हुँदैन : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले उद्योगी व्यवसायी सफल नभए सरकार पनि सफल नहुने बताएका छन् । शनिवार रुपन्देहीको तिलोत्तमा उद्योग वाणिज्य सङ्घको सातौँ साधारण सभा तथा तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले सो कुरा बताएका हुन् । गृहमन्त्री खाँणले उद्योगी व्यवसायीहरूलाई समस्या पर्नेगरी सरकारले काम  नगर्ने बताए ।‘सरकार सफल हुन पहिला उद्योगी व्यवसायीहरू सफल हुनुपर्छ, उद्योगी व्यवसायी  सफल भएपछि  सरकार स्वतः सफल हुन्छ’ उनले भने । गृहमन्त्री खाँणले उद्योगी व्यवसायीका विगत द

विराटनगरका उद्योगी–व्यवसायी र मजदुरद्वारा आन्तरिक राजस्व कार्यालय घेराउ

विराटनगरका उद्योगी व्यवसायी र मजदुर संगठनहरुले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटका कतिपय प्रावधानको विरोध गर्दै विराटनगरस्थित आन्तरिक राजस्व कार्यालय अगाडि धर्ना दिएका छन् । उनीहरुले जि.आई.वायर उद्योग, वनस्पति घ्यूतेल उद्योग, सेनिटरी प्याड उद्योग, यार्न उद्योग, ई–विलिङ, मौद्रीक नीतिमा उल्लेखित व्यवस्थाले उद्योगहरु धरासायी बनेको भन्दै केही दिनदेखि आन्दोलन गर्दै आएका छन् । धर्ना कार्यक्रममा उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले आफूहरुसँग गरेको प्रतिबद्धता विपरि

विराटनगरका उद्योगी–व्यवसायी र मजदुरको संयुक्त प्रदर्शन

विराटनगरका उद्योगी व्यवसायी र मजदुर संगठनहरुले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटका कतिपय प्रावधानको विरोध गर्दै विराटनगरमा प्रदर्शन गरेका छन् । उनीहरुले कोशी राजमार्गस्थित बुढीगंगाको गोकुवा चोकमा जि.आई.वायर उद्योग, वनस्पति घ्यूतेल उद्योग, सेनिटरी प्याड उद्योग, यार्न उद्योग, ई–विलिङ, मौद्रीक नीतिमा उल्लेखित व्यवस्थाले उद्योगहरु धरासायी बनेको भन्दै प्रदर्शन गरेका हुन् । उक्त आन्दोलनमा मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ प्रदेश १ लगायतका पदाधिकारी पन

उद्योगी व्यवसायी कसले कुन पदक पाउँदै ?

काठमाडौं । संविधान दिवसका अवसरमा सरकारले विभिन्न उद्योगी–व्यवसायी र बैंकरहरू विभूषण र पदकबाट विभूषित हुनेको नाम छनोट गरेको छ । संविधान दिवसको दिन आइतबार सरकारले विभिन्न मानपदवी, अलंकार र पदक दिनका लागि उनीहरूको नाम छनोट गरी सम्मान गर्ने निर्णय गरेको हो । सरकारबाट विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मानित हुनेमा सुकीर्तिमय राष्ट्रदीप पदकबाट डा.उपेन्द्र महतो, […] The post उद्योगी व्यवसायी कसले कुन पदक पाउँदै ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

उद्योगी/व्यवसायी खोपको प्राथमिक्तामा नपर्दा महासंघ दुःखी

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा उद्योगी/व्यवसायी खोपको प्राथमिकतामा नपर्दा दुःख व्यक्त गरेको छ। विज्ञप्ती जारी गर्दै चैत मसान्तसम्म सबै नेपालीलाई खोप दिने भनिएपनि त्यसमा उद्योगी/व्यवसायी नपरेको बताएको हो। महासंघले भनेको छ, “महासंघले बारम्बार आग्रह गर्दा पनि फ्रन्टलाइनमा रहने उद्यमी व्यवसायी र श्रमिक वर्गलाई खोपको प्रथमिकतामा राखिएको छैन।”