माधव नेपालसहित ११ सांसदलाई एमालेले अघि बढायो कारबाही प्रक्रिया, सोधियो स्पष्टीकरण

काठमाडौंः नेकपा (एमाले) ले सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका ११ सांसदलाई कारबाहीको प्रक्रिया अघि बढाएको छ। शनिबारको स्थायी समिति बैठकले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल तथा झलनाथ खनालसहित ११ जनालाई स्पष्टीकरण सोधेको हो। यसअघि नेपाल समूहमा रहेका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई लगायतलाई भने प्रष्टीकरण…

सम्बन्धित सामग्री

२२ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

नेपाल समाचारपत्र, काठमाडौं नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । कांग्रेसबाट प्रधानमन्त्री बनेका देउवालाई पार्टीको नीतिविपरीत विश्वासको मत दिएकाले ती सांसदलाई कारबाही गर्ने तयारीस्वरूप एमालेले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सोमबार ललितपुरको च्यासलमा बसेको एमाले केन्द्रीय कमिटीको […]

माधव नेपाल पक्षलाई एमालेले सोघ्यो २४ घण्टे स्पष्टीकरण

एमालेले पार्टी निर्देशनविपरीत शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा उनीहरुले पार्टी अनुशासन उलंघन गरेको भन्दै कारबाही गर्ने प्रस्ताव पेश भएकोमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिने निर्णय भएको हो। प्रतिनिधिसभामा आइतबार प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले उनको पक्षमा मतदान गरेका थिए ।

देउवाको पक्षमा मत दिने माधवसहित २२ जनालाई स्पष्टीकरण सोध्ने एमालेको प्रस्ताव

एमालेले पार्टी निर्देशनविपरित शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने भएको छ । सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा उनीहरुले पार्टी अनुशासन उलंघन गरेको भन्दै कारबाही गर्ने प्रस्ताव पेश भएको हो । एमालेका एक केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार बैठकमा २२ सांसदलाई तत्काल कारबाही गर्नुपर्छ भन्दै अध्यक्ष ओली पक्षीय नेताहरुले होहल्ला गरेका थिए । त्यसपछि अध्यक्ष केपी शर्मा ओलीले स्पष्टिकरण सोध्ने प्रावधान पनि रहेकाले सोही बाटो अवलम्बन गर्ने धा

विपक्षी गठबन्धनमा सही गर्ने एमालेका १२ सांसदसँग स्पष्टीकरण माग

काठमाडौं। नेकपा एमालेले विपक्षी गठबन्धनको तर्फबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने १२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ। विपक्षी गठबन्धनमा सही गर्ने घनश्याम भुसाल, विरोध खतिवडा, झपट रावल, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, दीपक भट्ट, मेटमणी चौधरी, यज्ञराज सनुवार, भवानी खापुङ, कृष्णलाल महर्जन, नारायण खतिवडा र जिवनराम श्रेष्ठलाई स्पष्टीकरण सोधिएको हो।आजै ११ जनालाई कारबाही गर्ने निर्णय गरिसकेको छ।

एमालेले गर्‍याे नेपालसहित ११ सांसदलाई कारबाही, सुरुमा स्पष्टीकरण मागिने

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलसँग मिलेर हस्ताक्षर गरेको अभियोगमा माधव नेपाल समूहका ११ सांसदलाई कारबाही गर्ने निर्णय गरेको बैठकमा सहभागी नेता एवं परराष...

के कारबाही हुन्छ त हस्ताक्षर दुरुपयोग भएका एमाले सांसदलाई?

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाको समर्थनमा हस्ताक्षर दुरुपयोग भयो भन्ने नेताहरुलाई एमालेले कारबाही नगर्ने भएको छ। एमाले नेता एवं प्रमुख सचेतक विशाल भट्टराईले भने,"आन्तरिक मतभेद भएपनि उहाँहरु पार्टी एकताको पक्षमा उभिनु भएको छ। आन्तरिक छलफलबाट उहाँहरुलाई पार्टी जिम्मेवारी दिनेछ।" अन्य सांसदलाई भने स्पष्टीकरण सोध्ने तयारी भइरहेको उनले बताए। सात जना सांसदले हस्ताक्षर दुरुपयोग भएको बताएका थिए।

एमालेमा सरकारविरुद्ध लागे सिधै कारबाही

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफ्नै सरकारविरुद्ध लाग्ने सांसदलाई कारबाही गर्ने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको १०औँ महाधिवेशन आयोजक कमिटीको बैठकले सरकारविरुद्ध लाग्ने सांसदलाई कारबाही गर्ने जिम्मेवारी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र स्थायी कमिटीलाई दिएको छ ।एमाले स्रोतका अनुसार केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गरिएको छ । यसअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकटका सांसदहरूलाई स्पष्टीकरण सोधिएको थियो । ती सांसदले सरकारविरुद्ध अवि

खनाल–नेपाल समूहका सांसदलाई कारबाही गर्दा ओलीलाई कति सहज ?

काठमाण्डौ – सत्तारुढ नेकपा एमालेका चार सांसदले 'फ्लोर क्रस' गरेरै भए पनि माओवादी केन्द्रतर्फका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगाइदिए । कर्णालीमा अनपेक्षित गतिविधि भएपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशका सांसद प्रकाश ज्वालासहितका सांसदलाई स्पष्टीकरण सोध्नुभयो ।  त्यतिले नपुगेर नयाँ विकसित घटनाक्रममा थप सशङ्कित बन्नुभएका ओलीले सोमवार खनाल–नेपाल समूहका २७ प्रतिनिधि सभा सदस्यलाई पनि स्पष्टीकरण सोध्नुभएको छ । स्पष्टीकरण पत्रमा पार्टीको विधानमा उल्लेख...

'फ्लोर क्रस' गर्ने कर्णालीका सांसदलाई कारबाही गर्न सिफारिस

सुर्खेत – नेकपा एमालेको कर्णाली प्रदेश संसदीय दलले 'फ्लोर क्रस' गर्ने चार सांसदलाई कारबाही गर्न पार्टीलाई सिफारिस गरेको छ ।मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासकाे मत पाएलगत्तै बसेको प्रदेशको एमाले संसदीय दल बैठकले मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने सांसदहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको एमालेको कर्णाली प्रदेशका प्रमुख सचेतक गुलावजङ्ग शाहले जानकारी दिनुभयो ।यस्तै बैठकले प्रदेश सांसद देवी ओलीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सांसद ओलीले मुख्यमन्त्री शाहीको पक्...