महांकाल मन्दिरको भित्तामा ट्यांकर ठोक्किँदा चालक गम्भीर

काठमाडौं :  काठमाडौंको रत्नपार्कस्थित महांकाल मन्दिरमा पानी ट्यांकर ठोक्किंदा चालक गम्भीर घाइते भएका छन्।ट्यांकर ठोक्किंदा महांकाल मन्दिरको भित्तामा पनि क्षति पुगेको छ। त्रिपुरेश्वरबाट भोटाहिटीतर्फ जाँदै गरेको ना २ क ४० नम्बरको ट्यांकर आज बिहान मन्दिरको भित्तामा ठोक्किएको काठमाडौं उपत्यका  ट्राफिक कार्यालय रामशाहपथले जनाएको छ।सिटमै च्यापिएका चालकलाई प्रहरीले उद्धार गरेर नजिकैको ट्रमा सेन्टर पुर्‍याएको थियो। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।  

सम्बन्धित सामग्री

महांकाल मन्दिरमा ट्यांकर ठोक्किँदा चालक घाइते - NepaliPatra

काठमाडौँ। काठमाडौँको महांकाल मन्दिरमा ट्यांकर ठोक्किँदा चालक घाइते भएका छन्। सोमबार बिहान सवा २ बजे ना २ क ४० नम्बरको पानी ट्यांकर मन्दिरमा ठोक्किएको प्रहरी वृत्त जनसेवाले जनाएको छ। ट्यांकर ठोक्किएपछि मन्दिरको भित्तामा क्षति पुगेको छ। दुर्घटनामा ओखलढुंगा घर भई बसुन्धरा बस्ने ५९ वर्षीय तेजबहादुर खत्री घाइते भएका छन्। घाइते भएका चालकको ट्रमा सेन्टरमा उपचार […]