हावाहुरीले चितवनमा भारी क्षति

चितवनमा आएको हावाहुरीले ठुलो परिणाममा भौतिक क्षति भएको छ । शुक्रवार साँझको तीव्र गतीमा आएको हावाहुरीले जिल्लाको विभिन्न स्थानमा भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  हावाहुरीका कारण...

सम्बन्धित सामग्री

चितवनमा हावाहुरीले पुर्‍याएको क्षति [तस्बिरहरू]

शुक्रबार बिहानको हावाहुरीले पश्चिम चितवनको भरतपुरमा क्षति पुर्‍याएको छ। भरतपुर– १३ को उज्ज्वलनगर र

हावाहुरीले रू. ४५ करोड बराबरको केरा क्षति

चितवन (अस) । गत ६ जेठमा चितवनमा परेको असिनापानी तथा हावाहुरीले ४५ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । चितवन केरा उत्पादक संघ चितवनका अनुसार जिल्लामा १ हजार बिगाहामा लगाइएको केराखेती पूर्णरूपमा क्षति भएको छ । सानो ठूलो क्षेत्र गरी किसानले लगाएको केराखेतीको करीब  ८० प्रतिशतमा क्षति पुगेको संघका महासचिव जनकराज पन्तले जानकारी दिए । ‘हावाहुरीकै कारण एउटै किसानको लाखौंको क्षति भएको छ,’ पन्तले भने, ‘केही किसानले बोटको बीमा गरे पनि अधिकांश किसानले बीमा गरेका छैनन् ।’ विगतका वर्षमा हावाहुरीले आंशिक रूपमा क्षति गरे पनि अहिले बजारमा लैजान तयार भएका केराको बोटमा क्षति भएको उनले बताए । पश्चिम चितवनमा त्यति क्षति नभए पनि केराको पकड क्षेत्र मानिएको पूर्वी चितवनमा भने पूर्णरूपमा क्षति भएको संघको दाबी छ । चितवनमा ७५० जना किसानले ३ हजार ५०० बिगाहामा व्यावसायिक रूपमा केराखेती गर्दै आएका छन् । केराखेतीमा आबद्ध किसानमध्ये ३०० जनाले मात्र केराको बीमा गरेका संघको तथ्यांक छ । व्यावसायिक रुपमा रत्ननगरमा केराखेती गर्दै आएका बाबुराम भट्टको १२ बिगाहामा लगाएको केराखेती नष्ट भएको छ । बगानका ८० प्रतिशत केरा नष्ट हुँदा १५ लाख रुपैयाँ बराबरको नोक्सान भएको उनले बताए । अर्का किसान ऋषि गुरुङको १८ बिगाहामा लगाइएको केराखेती नष्ट हुँदा २० लाख रुपैयाँ बराबरको नोक्सान भएको छ । केरा बगानको ७५ प्रतिशत केरा नष्ट भएको उनले बताए । ‘केरामा लाग्ने रोगले भन्दा पनि अहिले हावाहुरी र असिनापानीले बढी क्षति गर्‍यो,’ गुरुङले भने, ‘तयार भएर बजारमा लैजान तयार हुन लागेको पनि केही बाँकी रहेन । भर्खर कोसा लाग्दै गरेको पनि सखाप भयो ।’ महासचिव पन्तको साढे २ बिगाहा क्षेत्रफल जमीनमा लगाएको केराखेती नष्ट भएको छ । केराखेती नष्ट हुँदा १२ लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताए । क्षतिका कारण आफूले गरेको लगानी समेत नउठ्ने र जग्गा भाडा समेत तिर्न नसक्ने अवस्था सृजना भएको उनको भनाइ छ । रत्ननगर–५ झुवानीमा केराखेती गर्दै आएका शिवकान्त न्यौपानेको सात बिगाहामा लगाएको केराखेती नष्ट भएको छ । चितवनमा रत्ननगर, कालिका, खैरहनी, राप्ती र भरतपुरमा केराखेती हुँदै आएको छ । जिल्लामा वार्षिक ७० हजार टन  बढी अर्थात् दुई अर्ब मूल्य बराबरको केरा उत्पादन हुँदै आएको छ । जिल्लामा उत्पादन भएको केरा ७० प्रतिशत काठमाडौं उपत्यका र बाँकी ३० प्रतिशत देशका अन्य ठाउँमा विक्री हुने गरेको छ ।

हावाहुरीका कारण चितवनमा विद्युत् प्राधिकरणलाई मात्र ५० लाख बढिको भौतिक क्षती

चितवनमा ६ जेठमा आएको हावाहुरीसहितको वर्षाका कारण विद्युत प्राधिकरणलाई मात्र ५० लाख रुपैयाँ बढिको क्षति भएको छ। प्राधिकरणको भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार जिल्लामा हावाहुरीले प्रभाव पारेको क्षेत्रलाई...

हावाहुरीको कारण मृत्यु हुने तीन जनाको सनाखत

शुक्रबार साँझ  आएको हावाहुरीका कारण मृत्यु भएका तीन जनाको सनाखत भएको छ । हावाहुरीले रुख ढाल्दा च्यापिएर एउटा अटो र एउटा म्याजिकमा सवार तीन जनाको चितवनमा मृत्यु भएको थियो । यससँगै जिल्लाका विभिन्न क्षेत्रमा हावाहुरीका कारण ठूलो क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–११ को भोजाड जङ्गलमा पदमपुरबाट भरतपुरतर्फ आउँदै […]

चितवनमा हावाहुरीले तीनजनाको मृत्यु, एक घाइते

चितवन : हावाहुरीका कारण तीनजनाको मृत्यु भएको छ। फरकफरक ठाउँमा भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको हो। भरतपुरबाट भोजाडतर्फ जाँदै गरेको अटोरिक्सामा सवार दुईको मृत्यु भएको हो। यस्तै भरतपुरबाट भोजाडतर्फ जाँदै गरेको अर्को अटोमा सवार एकको बर्सेनीमा मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार अटोमा सवार एक जना घाइते भएका छन्। रुख ढलेर अटोलाई थिचेको  जानकारी दिए।  घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल ल्याइएको उहाँले जानकारी दिनुभयो

अपडेट : भीषण हावाहुरीले चितवनमा ३ जनाको ज्यान गयो, दर्जनौ बिजुलीका पोल भाँचिए

जेठ ६, चितवन । शुक्रवार बेलुका आएको हावाहुरीका कारण चितवनमा बिजुलीका पोल नै भाँचिएका छन् । निर्माणाधिन र निर्माण सम्पन्न भवनमा समेत ठूलो क्षति भएको तस्वीरहरू सार्वजनिक भएका छन्। क्षतिको विवरण भने आइसकेको छैन । अपडेट : चितवनमा हावाहुरीले ३ जनाको ज्यान गएको छ । हुरी चलेको बेला रुख ढल्दा च्यापिएर ३ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृत्यु हुनेमा अटोमा यात्रा गरिरहेका २ जना र म्याजिकमा यात्रा गरिरहेका १ जना रहेका छन् । तस्वीर सौजन्य : दिनेश कुमार चुके

चितवनमा भीषण हावाहुरीले ३ जनाकाे मृत्यु, नारायणी पुलका सबै विद्युत् पाेल भाँचिए

६ जेठ, चितवन । चितवनमा शुक्रबार साँझ भीषण हावाहुरीसहित आएकाे पानीले तीन जनाकाे ज्यान लिएको छ । हावाहुरीले रुख ढल्दा च्यापिएर ३ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । भरतपुर–११ को भोजाडमा अटोमा सवार २ जना र बसेनीमा म्याजिकमा सवार १ जनाको च्यापिएर ज्यान गएको छ । भरतपुर […]

हावाहुरीले रुख ढलेर अटोलाई किच्दा एक यात्रीको मृत्यु, एक घाइते

काठमाडौँ- शुक्रबार रातिको हावाहुरीले चितवनमा अटोलाई किच्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। चितवन प्रहरीका अनुसार भरतपुर–११ स्थित भोजाडमा रुख ढलेर अटोलाई किच्दा एक जनाको मृत्यु हुनुका साथै अर्का एक जना घाइते भएका हुन्। घाइते र मृतककाे परिचय खुलिनसकेको प्रहरीले जनाएको छ। चितवनमा नै नारायणी पुलनजिक हावाहुरीले ट्रक पल्टाउँदा दुई […]

चितवनमा ३० प्रतिशत धानबाली क्षति

धान भित्र्याउने समयमा परेको अविरल वर्षाले यहाँको धानबालीमा ३० प्रतिशत क्षति पु¥याएको छ । पानी र हावाहुरीले धान ढालेर, डुबाएर र बगाएर क्षति भएको हो । जिल्लामा २० प्रतिशत हाराहारी धान भित्र्याइएको भए पनि बाँकी धान खेतमै रहेको छ । कतिपय काटेर सुकाइएको छ भने कतिपय काट्न नै बाँकी रहेको छ । काट्न बाँकी धान पनि ठाडो अवस्थामा छैन ।कृषि ज्ञान केन्द्र भरतपुरका योजना अधिकृत उमाराज अर्यालका अनुसार जिल्लाको पूर्वी क्षेत्र र माडीमा ५० प्रतिशत धान भित्र्याइसकिएको छ । भरतपुर महानगरपालिका क्षेत्रमा १० प्रतिश