शर्माको प्रस्ताव : उम्मेदवार चयन गर्न `प्राइमरी इलेक्सन´ गरौँ

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संघीय र प्रदेश निर्वाचनमा उम्मेदवार चयन गर्न प्राइमरी इलेक्सनको प्रस्ताव अघि सारेका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा धारणा राख्दै शर्माले प्राइमरी इलेक्सनको प्रस्ताव पेस गरेका हुन् ।उनले भने, '१६५ मध्ये १५ जति र ३३० मध्ये ३० क्षेत्रमा संघीय र प्रदेश उम्मेदवार चयन गर्न क्रियाशील सदस्य माझ `प्राइमरी इलेक्सन´ गर्ने कि ? त्यसबारे छलफल प्रारम्भ गरौँ ।' यसले लोकतान्त्रिक अभ्यासको उच्चतम प्रयोगको नेतृत्वमा काँग्रेस अरूभन्

सम्बन्धित सामग्री

राष्ट्रिय सभा उपाध्यक्षको पदको उम्मेदवार चयन गर्न विपक्षी दलहरुको बैठक बस्दै

बैठक बिहान ९ बजेबाट सिंहदरबारमा शुरु हुनेछ। बैठकले विपक्षी दलहरुबाट साझा उम्मेदवार चयन गर्नेछ।...

गठबन्धनमा भाग टुंगिएपछि कांग्रेसले उम्मेदवार चयन गर्छ : मन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले गठबन्धनमा भाग टुंगिसकेपछि मात्रै नेपाली कांग्रेसले आगामी संघ र प्रदेश तहको निर्वाचनमा उम्मेदवार चयन गर्ने बताएका छन् । मंगलवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाणले गठबन्धनमा निर्वाचन क्षेत्रको भागबण्डा लगाएपछि मात्रै आफ्नो पार्टीले उम्मेदवार चयन गर्ने बताएका हुन् ।उनले भागबण्डा टुंगो लगाउन गठबन्धनको कार्यदलमा छलफल भइरहेको बताए । गृहमन्त्री खाणले  कांग्रेसको निर्वाचन क्षेत्रीय समिति, जिल्ला समन्वय समिति र प्रदे

खोटाङमा उम्मेदवार चयन गर्न एमालेले बनायो कार्यदल

३ वैशाख, काठमाडौं । खोटाङमा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन नेकपा एमालेले कार्यदल गठन गरेको छ । शनिबार जिल्ला सचिवालय कमिटीको बैठकले स्थानीय तहको उम्मेदवार चयन गर्न जिल्ला इन्चार्ज विशाल भट्टराईको नेतृत्वमा कार्यदल गठन गरेको हो । कार्यदलमा सहइन्चार्ज उषाकला राई, जिल्ला अध्यक्ष रामप्रसाद दंगाल लगायत पदाधिकारी रहेका एक नेताले जानकारी दिए । […]

सत्तारुढ गठबन्धनलाई उम्मेदवार चयन गर्न सकस

काठमाण्डाै - सत्तारुढ गठबन्धनलाई उम्मेदवार चयन गर्न सकस भएको छ । पालिका चुनावमा गठबन्धन गरेर जाने सहमति भए पनि कहाँ कसरी तालमेल गर्ने भन्ने विषयमा गठबन्धन दलहरुबीच विवाद छ । पालिकामा पाँच दलको मतभारको अवस्था, गठबन्धन गर्नुपर्ने या नपर्ने लगायत विषयको जानकारीसहितको प्रतिवेदन पठाउन केन्द्रले निर्देशन दिए पनि तल्ला तहबाट प्रतिवेदन आइनसकेको गठबन्धनका नेताहरुले बताएका छन् । केही जिल्लामा तालमेलबारे छलफल भए पनि कतिपय ठाउँमा छलफल हुन सकेको छैन । गठबन्धनबाट पालिकामा कुन दलको को उम्मेदवार बन्ने भन्नेबारे विवाद छ । तल्लो तह...

सत्ता गठबन्धनको उम्मेदवार चयन प्रक्रियामा अलमल

काठमाडौं : स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका सत्तारुढ दलहरु उम्मेदवार चयन प्रक्रियामा अलमलमा परेका छन्। उम्मेदवार चयनको मोडालिटी तय गर्न नसक्दा दलहरु उम्मेदवार चयन प्रक्रियामा अलमलमा परेका हुन्। मतदानका लागि एक महिनाको समय मात्र बाँकी रहँदा नेतृत्वको अलमलले चुनाव प्रचारप्रसारको काम समेत रोकिएको छ। गठबन्धनमा आबद्ध दलहरुले निर्वाचनको तयारीका लागि भन्दै गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समिति निरन्तर छलफलमा समेत जुट्न सकेको छैन। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र

काँग्रेस (वी.पी.)बाट तारकेश्वरमा सर्वसम्मत उम्मेदवार चयन

काठमाडौं, २५ चैत्र । आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि नेपाली काँग्रेस (वी.पी.) तारकेश्वर नगरपालिका वडा नम्बर २ ले सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको छ । बिहिबार नेपाली काँग्रेस (वी.पी.) का उप–सभापति विष्णुप्रसाद ढकालको उपस्थितिमा भएको भेलाले वडा अध्यक्षतामा रंजित घलेलाई चयन गरेको हो । त्यस्तै, दलित महिला सदस्यमा सरिता बि.क., खुल्ला महिला […]

राष्ट्रियसभा सदस्य उम्मेदवार चयन गर्न माओवादीले दियो प्रचण्डलाई जिम्मा

नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य उम्मेदवार चयन गर्न अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिएको छ । सोमबार बसेको केन्द्रीय कमिटी बैठकले उम्मेदवारको चयन गर्ने जिम्मेवारी आजै पुनः अर्को कार्यकालका लागि चयन भएका प्रचण्डलाई जिम्मेवारी दिने निर्णय गरेको हो । माओवादी नेता नारायणकाजी श्रेष्ठले पार्टीमा केन्द्रीय कमिटी बाहेक अर्को संयन्त्र तत्काल नभएकाले अध्यक्षलाई नै उम्मेदवार चयनको जिम्मेवारी दिएको बताए । प्रचण्डले आवश्यक परामर्शपछि मंगलबारसम्म ५ उम्मेदवारको टुंगो लगाउने छन् । सोमबार बिहान

संस्थापन इतरबाट साझा उम्मेदवार चयन गर्न शीर्ष नेतालाई दवाव

बुधबार काठमाडौंमा बसेको संस्थापनइतर पक्षका नेताहरूको बैठकले पार्टीको आसन्न १४औं महाधिवेशनमा सभापतिका लागि साझा उम्मेदवार चयन गर्न शीर्षनेताहरूलाई दवाव दिएका हुन् ।

कांग्रेस महाधिवेशनमा उम्मेदवार चयन गर्न छलफल जारी

काठमाडौं, मंसिर २२ । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औँ महाधिवेशनको तयारी र उम्मेदवारको नाम टुङ्गो लगाउन बैठक बोलाएका छन् । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले आज विहानदेखि सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बैठक सुरु भएको छ । उनका अनुसार महाधिवेशनको तयारी र उम्मेदवार चयन गर्न बैठक बसेको हो । मंगलबारदेखि यी विषयमा […]