एमालेका लुम्बिनी प्रदेश सभा सदस्य डाँगीद्वारा राजीनामा

रुपन्देही – लुम्बिनी प्रदेश सभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिनुभएको छ । नेकपा एमालेका तर्फबाट दाङकाे क्षेत्र नम्बर २ ( ख ) बाट निर्वाचित डाँगीले प्रदेश सभा सदस्यबाट राजीनामा दिनुभएको प्रदेश सभा सचिवालयले बताएको छ । बिरामी भएको र राजनीतिक खिचातानीबाट मुक्त भइ आराम गर्नु उपयुक्त हुने कारण देखाएर डाँगीले राजीनामा दिएको बताइएको छ । डाँगीले प्रदेश सभा सदस्यबाट राजीनामा दिएको पत्र आएको र सभामुखको निर्देशनअनुसार प्रक्रिया अघि बढेको प्रदेश सभा का सचिव दुर्लभकुमार पुनले जानकारी दिनु...