दैलेख : कालिकोट जिल्लाको रासकोट नगरपालिका–६ कालापानीमा बोलेरो जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। रासकोटदेखि सानीघाट आउँदै गरेको क १ ज ३३ नम्बरको बोलेरो जिप आज बिहान ७ः३० बजेतिर दुर्घटना भएको कालिकोटले प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख चक्र बहादुर शाहका अनुसार दुर्घटनामा परी एक जनाको मृत्यु भएको र चार जना घाइते भएका थाहा खबरलाई जानकारी दिए।