काठमाडौं । सत्ताघटक नेकपा एकीकृत समाजवादीनिकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठनले सरकारले सदनमा पेस गरेको मिडिया काउन्सिल विधेयक प्रेसमाथि अंकुश लगाउने गरी आएको भन्दै विरोध जनाएको छ । संगठनले विधेयकले निरङ्कुशतालाई पक्षपोषण गर्ने भन्दै पारित नगर्न आग्रह गरेको छ । सञ्चारमाध्यम र सांसदको सुझावलाई बेवास्ता गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विधेयक पास गर्न दबाब दिएर स्वतन्त्र […]