विराटनगरको समग्र आर्थिक विकासका लागि विश्व बैंकले चासो देखाएको छ । विश्व बैंकका प्रतिनिधि वरिष्ठ अर्थशास्त्री एलिस जे ब्रुक्स नेतृत्वको टोलीले आज (बुधबार) प्रमुख नागेश कोइरालालाई भेटेर विराटनगरको समग्र आर्थिक विकासका लागि चासो देखाएको हो । भारतसित सीमाना जोडिएका नेपालका ठूला सहरहरुको आर्थिक विकासका लागि विश्वबैंकले अध्ययन गरिरहेको ब्रुक्सले बताए । प्रमुख कोइरालासितको भेटका क्रममा ब्रुक्सले विराटनगरको विकास र समृद्धिका लागि विश्व बैंक सहयोग गर्न तयार रहेको प्रस्ट्याए । प्रदेशको राजधानी भएकाल