रुसी तेलको मूल्यमा 'क्याप' लागेपछि कच्चा तेल उत्पादनको कटौती कायमै : ओपेक प्लस

युरोपियन युनियन, जी सेभेन र अस्ट्रेलियाले रुसको समुद्री कच्चा तेलको मूल्यमा 'क्याप' अर्थात् निश्चित मूल्य तोकेपछि ओपेक प्लसले तत्काल उत्पादन नबढाउने भएको छ । नोभेम्बर महिनामा दैनिक २० लाख ब्यारेल उत्पादन कटौती गरेको ओपेक प्लसले आउँदो महिनादेखि उत्पादन बढाउने अपेक्षा गरिएकोमा तत्काल कटौतीलाई नै निरन्तरता दिने निर्णय गरेको बीबीसीले जनाएको छ । ओपेक प्लस रुससहित कच्चा तेल निर्यात गर्ने २३ वटा देशको समूह हो । ओपेक प्लसले यसअघि कच्चा तेलको मूल्य बढाउन चाहेको थियो । तर युरोपियन युनियन, जी सेभेनमा आबद्ध देश र अ...

सम्बन्धित सामग्री

ओपेक प्लसले कच्चा तेल उत्पादनमा हालको कोटालाई यथावत राख्ने

कच्चा तेल उत्पादक मुलुकहरुको संगठन ओपेक प्लसले हालको उत्पादन कोटालाई नै निरन्तरता दिने निर्णय गरेको छ । कच्चा तेलको मूल्य बढाउन चाहेको ओपेक प्लसले यसअघि नोभेम्बर महिनामा दैनिक २० लाख ब्यारेल उत्पादन कटौती गरेको थियो । त्यो कटौती परिमाणलाई केही समायोजन गर्ने अनुमान गरिए पनि ओपेक प्लसले सो परिमाणको कटौतीलाई नै निरन्तरता दिने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले जनाएको छ ।

विश्व बजारमा कच्चा तेलको मूल्य वृद्धि, नेपालमा तेलको मूल्यमा कस्तो असर पर्ला

काठमाडौं, १७ जेठ । विश्व बजारमा विश्व बजारमा कच्चा तेलको मूल्यवृद्धि भएको छ । मूल्यवृद्धिसँगै विश्व बजारको मूल्य प्रभावित भएको छ । ब्रेन्ट क्रुडको प्रति ब्यारल कच्चा तेलको मूल्य १२४ डलर पुगेको छ । ओपेक बास्केटको ११८ डलर छ । डब्लुटीआई क्रुडको ११९ डलर रहेको छ । सबैभन्दा बढी कच्चा तेल उत्पादक देश साउदी अरेबियाले […]

बुधवार एकै दिन १३ प्रतिशतले ओरालो लाग्यो अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ

लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा बुधवार तेलको भाउ एकै दिन १३ प्रतिशतले घटेको छ । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन (ओपेक)को सदस्य राष्ट्र संयुक्त अरब इमिरेट्स  (यूएई) ले युक्रेनी संकटपछि रुसी तेलमा लगाइएको प्रतिबन्धले बजारमा देखिएको आपूर्ति अवरोध कम गर्न थप तेल उत्पादन गर्ने बताएपछि तेलको भाउमा उक्त दिन २ वर्षयताकै उच्च एक दिने कमी आएको हो ।  बुधवार लन्डन स्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुड फ्यूचर्सको भाउ प्रतिब्यारेल १३ दशमलव २ प्रशित अर्थात् १६ डलर ८४ सेन्टले घटेर १११ डलर १४ सेन्टमा आएको थियो । ब्रेन्टको भाउमा आएको यो कमी सन् २०२० को अप्रिल यताकै उच्च हो । सोही दिन न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा यूएस क्रुड फ्यूचर्सको भाउ पनि १५ दशमलव ५ प्रतिशतले घटेर प्रतिब्यारेल १०८ डलर ७ सेन्टमा ओर्लिएको थियो । अघिल्लो दिनको तुलनामा यूएस क्रुडको भाउ बुधबार १५ डलर ४४ सेन्टले घटेको छ । यो एक दिने कमी नोभेम्बरयताकै उच्च हो ।  अहिले यूएई र साउदी अरब उत्पादन बढाउने अतिरिक्त क्षमता भएका केही ओपेक देशहरुमा पर्दछन् । पछिल्लो समय विश्व बजारमा तेलको भाउमा भएको वृद्धि नियन्त्रण गर्न अमेरिकाले विश्वभरका तेल उत्पादक देशहरुलाई सकेको जति उत्पादन बढाउन भनिरहेको छ । अहिले तेलको मूल्य वृद्धि रोक्न माग धान्ने गरी उत्पादन बढाउन जरुरी छ । रुस र युक्रेनबीचको द्वन्द्व साम्य हुने संकेतमा पनि  तेल बजारमा बुधवार कमी आएको हो । रुसी विदेश मन्त्री युक्रेनी समकक्षीसँग वार्ताका लागि बुधबार टर्की गएको खबरले पनि तेल बेजारमा  पछिल्लो समय देखिएका त्रास कम गरेको हो ।  रुसी तेलमाथि अमेरिका, बेलायत र ईयूले लगाएको प्रतिबन्धका कारण बजारमा उत्पन्न आपूर्ति अभाव ओपेकको अतिरिक्त तेल आपूर्तिले केही कम गर्न सक्ने सम्भावना पनि पछिल्लो समय देखिएको छ । रुस विश्वको शीर्ष कच्चा तेल र इन्धन निर्यातकर्ता हो । विश्वको कूल आपूर्तिको ७ प्रतिशत अर्थात् झन्डै दैनिक ७० लाख ब्यारेल तेल रुसबाट आउने गरेको छ । कच्चा तेल भन्डारणबाट थप तेल बजारमा ल्याउन सकिने अन्तरराष्ट्रिय ऊर्जा एजेन्सीको अभिव्यक्तिले पनि बुधवार तेलको भाउ घटेको हो । एजेन्सी

तेलको मूल्यमा नयाँ किर्तिमान, प्रतिब्यारल १२७ डलरसम्म पुग्यो

एजेन्सी, २३ फागुन । विश्व बजारमा कच्चा तेलको मूल्यले नयाँ किर्तिमान बनाएको छ । आज प्रति ब्यारल कच्चा तेल १२७ डलरसम्म पुगेको छ । २२ फागुनमा ११८ डलरसम्म पुगेको तेलको मूल्य आज ह्वात्तै बढेको छ । ब्रन्ड क्रुड १२७, डब्लुटीआई क्रुडको १२४, ओपेक बास्केटको ११७, बोनी लाइटको ११५ र लुसियाना लाइटको ११० डलर पुगेको छ […]

बाइडेनको कदमले ‘तेल युद्ध’ निम्त्याउँदैछ ?

बढ्दो कच्चा तेलको मूल्य नियन्त्रण गर्न अमेरिकाले भूमिगत गुफा (पेट्रोलियम भण्डारण कक्ष) बाट पाँच करोड ब्यारल तेल निकाल्ने निर्णय गरिसकेको छ । तर, जो बाइडेनले यससम्बन्धी निर्णय गरेसँगै पेट्रोलियम निर्यात गर्ने राष्ट्रहरूको संगठन (ओपेक) सँग अमेरिकाको तनाव बढ्ने देखिएको छ ।बाइडेनको कदमले आपेक प्लस देशलाई एकसाथ तनाव दिँदैछ । अमेरिकाले सञ्चित तेल भण्डार प्रयोग गर्ने खबर पाउनासाथ ओपेक प्लस देशले यसलाई ‘अनावश्यक कदम’ संज्ञा दिएका थिए । कच्चा तेल धेरै खपत गर्ने देशले रणनीतिक तेल भण्डार उपयोग