एक हजार महाधिवेशन प्रतिनिधि निर्वाचित हुने जसपामा प्रस्ताव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिकाउपर छलफल हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए। उनका अनुसार बैठक दिनको ४ बजे पार्टी कार्यालयमा बस्नेछ । शुक्रबार बसेको बैठकमा विभिन्न तहगत समिति, निकाय, भ्रातृ सङ्गठन, पेसागत सङ्घ सङ्गठनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने […]

सम्बन्धित सामग्री

एनआरएनए महाधिवेशन प्रतिनिधि विवाद अन्त्य गर्ने सर्वसम्मत निर्णय

गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन प्रतिनिधि विवाद टुङ्गिएको छ । संघका सचिव गौरीराज जोशीका अनुसार संघको महाधिवेशन प्रतिनिधि विवाद टुङ्गाउन गठित उपसमितिको बैठकमा विवाद अन्त्य गर्ने सर्वसम्मत निर्णय भएको हो ।'यदि कसैले बीचमा खेल खेलेन भने समितिभित्र महाधिवेशन प्रतिनिधि विवाद टुङ्गो लागेको छ,' जोशीले भने । संघका अध्यक्ष कुमार पन्तले गठन गरेको सो समितिमा सर्वसम्मतले महाधिवेशन प्रतिनिधि मिलाएर चुनावमा जाने सहमति भएको जानकारी जोशीले दिए ।यसअघि संघले सल्लाहकारद्वय विश्वआर्दश पण्डि

कांग्रेस महाधिवेशन : जुम्लाबाट २५ महाधिवेशन प्रतिनिधि चुनिए

खलङ्गा, १० मङ्सिर: नेपाली कांग्रेस जुम्लाको जिल्ला अधिवेशनबाट २५ महाधिवेशन प्रतिनिधि चुनिएका छन् । महाधिवेशन प्रतिनिधिका लागि यही मङ्सिर ६ गते निर्वाचन भएको थियो । सहायक निर्वाचन अधिकृत दुर्गबहादुर बस्नेतका अनुसार खुलातर्फ १० महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ । निर्वाचित हुनेमा देवेन्द्रबहादुर शाही (५०९), राजुसिंह कठायत (४९२), भक्तबहादुर रोकाया (४८१), दिनबन्धु श्रेष्ठ (४७९), धनबहादुर बस्नेत […]

केन्द्रीय नेताका छोराछोरी पनि महाधिवेशन प्रतिनिधि

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत देशभर जारी अधिवेशनमा शीर्ष नेताका छोराछोरी पनि महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पार्टीको केन्द्रीय कार्यसमिति चयनका लागि महाधिवेशन प्रतिनिधिहरु मतदाता हुन् । नेताहरुले आफ्नै छोराछोरीलाई महाधिवेशन प्रतिनिधि ल्याउनुलाई कांग्रेसभित्र कतिपयले विरासतका रुपमा चर्चा गरेका छन् भने केहीले आफूलाई मत दिने विश्वासिलो व्यक्तिलाई महाधिवेशन प्रतिनिधि […]

उद्योगी विनोद चौधरी बने काँग्रेसको महाधिवेशन प्रतिनिधि

उद्योगी विनोद चौधरी नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि बनेका छन् । उनी मधेसी कोटाबाट सर्वसम्मरुपमा काँग्रेसको महाधिवेशन प्रतिनिधि बनेको कांग्रेस निर्वाचन समितिले बताएको छ ।सोमबार भएको निर्वाचनमा नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ बाट चौधरी १४औं महाधिवेशन प्रतिनिधि बनेका हुन् । नेपालका एक मात्र डलर अर्बपति उनी नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य समेत हुन् ।

राप्रपाको महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया सुरु

राप्रपाको केन्द्रीय महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया सोमबारदेखि सुरु भएको छ । सबै जिल्लाबाट महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया मंसिर ८ गतेसम्म जारी रहने महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाका अनुसार अध्यक्षत्रयले मनोनित गर्ने र प्रदेशसभा निर्वाचन क्षेत्रबाट चुनिएर आउने प्रतिनिधिबाहेक अन्य महाधिवेशन प्रतिनिधिको भने टुंगो लागिसकेको छ ।जसअनुसार महाधिवेशनमा सहभागी हुनका लागि ७ सय ५३ स्थानीय तहका अध्यक्ष, प्रदेशसभा अध्यक्ष तीन सय ३०, संघीय निर्वाचन क्ष

राप्रपा महाधिवेशन प्रतिनिधि निर्वाचन सर्यो

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन प्रतिनिधि चयनको मिति सरेको छ । मंसिर ३ देखि ५ मा महाधिवेशन प्रतिनिधि चयन गर्ने पूर्वनिर्धारित मिति परिवर्तन गर्दै मंसिर ६,७ र ८ गतेलाई तोकेको छ ।मंसिर ८ गतेसम्म महाधिवेशन प्रतिनिधि चयन गरेर नौ गते नामावली सार्वजनिक गर्ने राप्रपाको तयारी छ । राप्रपाको केन्द्रीय निर्वाचन समितिले बिहीबार विज्ञप्ति जारी गर्दै जिल्ला निर्वाचन समितिलाई सोही अनुसार गर्न निर्देशन दिएको छ ।

एमालेले देशभरबाट महाधिवेशन प्रतिनिधि छनोट गर्दै, यस्तो छ छनौट मापदण्ड

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज देशभरबाट एकैसाथ महाधिवेशन प्रतिनिधि छनोट गर्दैछ। संगठित सदस्यका आधारमा एमालेले महाधिवेशन प्रतिनिधि छनोट गर्न लागेको हो। एमालेसँग हालसम्म ८ लाख १० हजार संगठित सदस्य छन्। चुनावी प्रक्रियाबाट महाधिवेशन प्रतिनिधि छनोट गरिने भएपनि कतिपय स्थानमा सर्वसम्मत प्रतिनिधि चयन भइसकेको एमालले जनाएको छ। चितवनमा…

नवलपरासी एमालेमा महाधिवेशन प्रतिनिधि छान्न निर्वाचन हुने

महाधिवेशन प्रतिनिधि चयनमा सहमति जुट्न नसकेपछि पश्चिम नवलपरासी एमालेमा निर्वाचन हुने भएको छ । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने महाधिवेशन प्रतिनिधि चयनका लागि शुक्रवार सहमति नजुटेपछि शनिवार निर्वाचन हुने भएको हो । जिल्लामा २ संघीय निर्वाचन क्षेत्र छन् । १ वटा निर्वाचन क्षेत्रबाट २ जना महिला र ४ खुला महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । जिल्लाका २ वटा निर्वाचन क्षेत्रबाट कूल ४ महिलासहित १२ जना महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन हुन लागेको हो ।  जसमा ११ जना महिला र २० जना खुला गरी कूल ३१ जना...

बागमतीको तीन जिल्लामा एमाले महाधिवेशन प्रतिनिधि चयन

२६ कात्तिक, काठमाडौं । बागमती प्रदेशको तीन जिल्लामा नेकपा एमाले महाधिवेशन प्रतिनिधि सर्वसहमत चयन भएको छ । १०औं महाधिवेशनका लागि शनिबार महाधिवेशन प्रतिनिधि चयन हुँदैछ । तर दोलखा, मकवानपुर र रसुवामा शुक्रबार नै प्रतिनिधि चयन भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । उनका अनुसार, दोलखाबाट २३, मकवानपुरबाट १७ र रसुवाबाट ४ जना प्रतिनिधि सर्वसहमत […]

एमालेमा महाधिवेशन प्रतिनिधि बन्न यस्तो छ याेग्यता (पूर्णपाठ)

काठमाडौं : नेकपा एमालेले महाधिवेशन प्रतिनिधि बन्नका लागि कम्तीमा १० वर्ष पार्टी सदस्य  भएको हुनुपर्ने मापदण्ड बनाएको छ।पार्टीको संशोधित विधानले महाधिवेशन प्रतिनिधि बन्नका लागि लागि १० वर्ष सदस्य भएको हुनुपर्ने मापदण्ड तोकेको हो। महिला, दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी जनजाति र अपांगता भएका व्यक्तिले भने पार्टी सदस्य भएको सात वर्ष पुगे महाधिवेशन प्रतिनिधि बन्न पाउने व्यवस्था विधानमा गरिएको छ।त्यस्तै एमालेको केन्द्रीय सदस्य हुन कम्तीमा १० वर्ष पार्टी सदस्य भएर केन्द्रीय कमिटी वा केन्द्र