लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले सरकार र जनता बीचमा पुलको काम गर्ने भएकाले सञ्चार क्षेत्र सधैँ मयार्दित हुनुपर्ने बताएका छन् । मुख्यमन्त्री केसीले जनताको जीवनलाई सुमधुर र समृद्ध बनाउन सञ्चार क्षेत्रको निकै महत्वपूर्ण भूमिका रहेको बताउँदै सञ्चार कर्मलाई मर्यादित बनाउन आग्रह गरे ।लुम्बिनी प्रदेश सरकारद्वारा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मान कार्यक्रमलाई आज बुटवलमा सम्वोधन गर्दै मुख्यमन्त्री केसीले सञ्चारमाध्यम र सञ्चारकर्मीले समाज परिवर्तनमा योगदा