उद्योग वाणिज्य महासंघको मतदान दुई घण्टा ढिला सुरु

२९ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति (२०८०–२०८३) चयनका लागि मतदान सुरु भएको छ । प्रज्ञाभवन कमलादीमा बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान प्राविधिक तयारी नपुगेको भन्दै २ घण्टा ढिला सुरु भएको हो । महासंघ निर्वाचन समितिका अनुसार निर्वाचनमा कुल १९५३ मतदाता सहभागी छन् । महासंघ निर्वाचनमा ५० प्रतिशत मतभार रहेको […]

सम्बन्धित सामग्री

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षका लागि दिउँसो २ बजेदेखि पुनः मतदान हुने

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्ष पदका लागि आज पुनः मतदान हुँदैछ। पुनः मतदान दिउँसो २ देखि बेलुका ५ बजेसम्म हुने मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले जानकारी दिए।

एफएनसीसीआईको मतदान अवरुद्ध

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को मतदान रोकिएको छ। एसोसिएटको मतदान स्थलमा जिल्ला नगरका मतदाता तथा समर्थक होहल्ला गर्न आएपछि मतदान अवरुद्ध भएको हो। मतदान स्थलमा होहल्ला भएपछि मतदानस्थल प्रज्ञा भवनको सुरक्षा बढाइएको छ।

उद्योग वाणिज्य महासंघको साधारणसभा आजबाट, नयाँ नेतृत्व भोलि छानिँदै

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को ५७ औं वार्षिक साधारण सभा (AGM) आज (मंगलवार)बाट शुरु भएको छ । साधारण सभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ । साधारणसभाबाट हाल महासंघका वरिष्ठ उपाध्यक्ष रहेका चन्द्र ढकाल स्वतः अध्यक्ष हुनेछन् । महासंघको विधानमा अघिल्लो कार्यकाल वरिष्ठ उपाध्यक्ष रहेका व्यक्ति आगामी कार्यकाल स्वत: अध्यक्ष हुने व्यवस्था छ । साधारणसभामा वरिष्ठ उपाध्यक्ष लगायतका पदका लागि भने बुधवार निर्वाचन हुनेछ । बुधवार बिहान ८ बजेबाट नेपाल प्रज्ञा प्रतिष्ठानमा मतदान हुने महासंघले जनाएको छ । निर्वाचनमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र कार्यकारिणी सदस्य गरी ६४ पदका लागि ११८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।  उद्योग वाणिज्य महासंघको १ वरिष्ठ उपाध्यक्षका लागि ३ जना, ३ उपाध्यक्षका लागि ८ जना र ५८ सदस्यका लागि १०४ जना उम्मेदवारले निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । महासंघको चुनावमा वरिष्ठ उपाध्यक्षको चयनलाई चासोका साथ हेरिएको छ ।  वरिष्ठ उपाध्यक्ष पछिल्लो कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधानका कारण पनि यो पदप्रति व्यापक आकर्षण देखिन्छ । त्यसमाथि यसपालि पहिलो पटक वरिष्ठ उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेकाले पनि भिडन्त थप रोचक बनेको छ । वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्षद्वय रामचन्द्र संघाई र अञ्जन श्रेष्ठ एवं पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ गरी तीन जनाको उम्मेदवारी परेको छ । उद्योग वाणिज्य महासघंको विधान अनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन उम्मेदवारले कुल खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने हुन्छ । कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत पहिलो चरणको मतदानमा प्राप्त गर्न नसकेमा दोस्रो चरणको मतदान हुनेछ । दोस्रो चरणमा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच मात्रै प्रतिस्पर्धा हुने महासंघले जनाएको छ ।  वरिष्ठ उपाध्यक्ष बाहेकका उम्मेदवारको हकमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली लागू हुनेछ । यो निर्वाचन प्रणालीबाट उपाध्यक्ष र कार्यकारिणी सदस्यहरू निर्वाचित हुनेछन् ।  वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका तीनै जनाले आ-आफ्नो प्यानल बनाएकाले को हुँदा तीनओटै प्यानलबीच आगामी निर्वाचनमा प्रतिस्पर्धा हुनेछ । वर्तमान उपाध्यक्षसमेत रहेका रामचन्द्र संघाईले आफ्नो समूहबाट जिल्ला–नगर उपाध्यक्षमा सुरजकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षमा सकुन्तलाल हिराचन र एशोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठलाई उमेदवार बनाएका छन् ।  त्यस्तै पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठले आफ्नो समूहबाट जिल्ला–नगर उपाध्यक्षमा अहिले पनि यही पदमा रहेका दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाललाई उमेदवार बनाएका छन् । वर्तमान उपाध्यक्ष अञ्जन श्रेष्ठले आफ्नो समूहबाट जिल्ला–नगर उपाध्यक्षमा अरुण सुमार्गी र वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधानलाई उमेदवार बनाएका छन् ।  उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ दुवैको समूहबाट एशोसिएट उपाध्यक्षमा भरतराज आचार्य नै उम्मेदवार छन् ।

एफएनसीसीआई अध्यक्ष गोल्छाले गरे सीतापाइला केन्द्रबाट मतदान

निजी क्षेत्रका उद्योगी व्यवसायीहरूको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले मतदान गरेका छन् । उनले आज भइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गरेका हुन् ।मतदानको लागि गोल्छा परिवारसहित मतदान केन्द्र पुगेका छन् । उनले नागार्जुन नगरपालिकामा रहेको सीतापाइला माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । उनको नाम सो मतदान केन्द्रभित्र पर्ने क्षेत्रमा रहेको छ । आगामी ५ वर्षको लागि संघ र प्रदेशसभा गठन गर्ने र सोही सभाले

बबरमहलबाट राणाले गरिन् मतदान, निर्णायक मतको जोडघटाउमा गफिँदै व्यवसायी

काठमाडौं। उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणाले कार्की ब्यांकेट बबरमहलबाट मतदान गरेकी छन्। विधानमा भएको व्यवस्थाअनुसार निर्वाचन सम्पन्न भएसँगै राणाले

उद्योग वाणिज्य महासंघको चुनावमा को को छन् उम्मेदवार ?

१२ मंसिर, काठमाडौं । निजी क्षेत्रको ठूलो प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुँदैछ । महासंघको वरिष्ठ उपाध्यक्षसहित कार्यसमितिका ६३ पदका लागि १२७ जनाको उम्मेदवारी परेको छ । महासंघको …

उद्योग वाणिज्य महासंघ निर्वाचन : उपत्यकाका फरक तीन ठाउँमा मतदान केन्द्र तोकिए

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन समितिले शनिबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएको छ

किशोर प्रधान भन्छन् : जिल्ला नगरका समस्या गहिराइदेखि बुझेको छु

जनकपुर –नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानलाई एकैदिन एकैपटक ३० भन्दा बढी जिल्लानगर उद्योग वाणिज्य संघले मतदान गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् । जनकपुरमा आयोजित कार्यक्रममा प्रधान समूहलाई विभिन्न प्रदेशका जिल्ला नगरका अध्यक्षहरूले मतदान गरेर जिताउने निर्णय भएको हो । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर शाहले ३० भन्दा […]