मंगलबार सेयर बजार सूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । मौद्रिक नीतिको समीक्षा लगत्तै सोमबार १५ अंकले घटेको बजारमा मंगलबार मुस्किलले २.९९ अंकले वृद्धि हुँदै नेप्से सूचक १९५३.३५ अंकमा उक्लिएको हो । तर, यता कारोबार भने अर्ब तल झर्न पुगेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार आज बजारमा कुल ९५ करोड ७० लाख ६० हजार २२५ रुपैयाँ बराबरको २५ लाख ८९ हजार ९९७ कित्ता सेयर किनबेच भएको छ । अघिल्लो दिन १५ अंकले घटेको बजारमा १ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।आज डेभलपमेन्ट बैंक, फाइनान्स, हाइड्रो