काठमाण्डौ – वैदेशिक रोजगार कार्यालय ताहचलबाट तिहार बिदाको २ दिन सेवा प्रवाह हुने भएको छ ।
सरकारले कात्तिक ७ गतेदेखि १३ गतेसम्म तिहार बिदा दिए पनि कार्यालयले ७ गते र ८ गते सेवा प्रवाह गर्ने जनाएको छ । वैदेशिक रोजगारीमा जानेहरूको अन्तिम श्रम स्वीकृति प्रदान गर्ने निकाय भएकाले पनि सार्वजनिक बिदाको २ दिन सेवा प्रदान गर्ने र कात्तिक ९ गतेदेखि मात्र सेवा प्रवाह बन्द हुने कार्यालयले जनाएको छ ।
श्रम स्वीकृति सम्बन्धी सबै सेवा अनलाइनबाटै प्रवाह भए पनि बायोमेट्रिक नभएका श्रमिकहरू अहिले पनि श्रम स्वीकृति लिन कार्याल...