मिश्रलाई ३ दिने स्पष्टीकरण सोध्ने निर्णय

काठमाडौँ । विवेकशील साझा पार्टीको असन्तुष्ट पक्षले पार्टी अध्यक्ष रवीन्द्र मिश्रलाई निष्कासन किन नगर्ने भनेर ३ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । जेष्ठ सदस्य भीम अधिकारीको नेतृत्वमा सोमबार बसेको बैठकले पार्टीको हित विपरीत गरेकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । आइतबार केन्द्रीय समिति बैठकमा मिश्रले प्रदेश संयोजकहरू तोक्नुका साथै २६ जना केन्द्रीय सदस्यलाई निष्कासन […]

सम्बन्धित सामग्री

मनाङेलाई स्पष्टीकरण सोध्ने एकीकृत समाजवादीको निर्णय

७ चैत, पोखरा। स्वतन्त्र हैसियत मागेको भोलिपल्टै नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा गएका राजीव गुरुङ (दीपक मनाङे)लाई एकीकृत समाजवादीले स्पष्टीकरण सोध्ने  निर्णय गरेको छ । एकीकृत समाजवादी पार्टीको सदस्य भएर पार्टीसँग सल्लाह नै नगरी मन्त्री भएकोबारे बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । मनाङेलाई […]

तमोरमा चिनियाँ कम्पनीलाई स्पष्टीकरण सोध्ने लगानी बोर्डको निर्णय

काठमाडौं,१४ जेठ । सरकारले तमोर जलविद्युत आयोजना अघि बढाउने जिम्मा लिएको चिनियाँ कम्पनीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको लगानी बोर्ड बैकठले यस्तो निर्णय गरेको हो। चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आएका बेला भएको समझदारीअनुसार काम अघि नबढेको भन्दै लगानी बोर्डले उक्त कम्पनीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

रवीन्द्र मिश्रलाई स्पष्टीकरण सोध्ने निर्णय

काठमाडौं, १४ चैत्र । विवेकशील साझा पार्टीको असन्तुष्ट पक्षले पार्टी अध्यक्ष रवीन्द्र मिश्रसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । मिश्रले एकलौटी रुपमा पार्टी चलाएको भन्दै असन्तुष्टी राख्दै आएका पक्षको सोमबार बसेको बैठकले निष्कासन किन नगर्ने भनेर ३ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको जनाइएको छ । मिश्रले पार्टीको हित विपरित काम गरेकाले स्पष्टीकरण सोधिने जेष्ठ सदस्य […]

वाणिज्य सचिवलाई स्पष्टीकरण सोध्ने संसदीय समितिको निर्णय

२६ पुस, काठमाडौं । वस्तुको प्रत्यक्ष बिक्रीसम्बन्धी कम्पनीको इजाजत रोकेको भन्दै संसदीय समितिले वाणिज्य सचिवलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबारको बैठकले वाणिज्य सचिव दिनेश भट्टराईलाई पाँच दिनभित्र जवाफ पेश गर्न भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । ऐनले वस्तुको प्रत्यक्ष बिक्रीसम्बन्धी कारोबारलाई कानूनी […]

धितोपत्र बोर्डका ढुंगानालाई स्पष्टीकरण सोध्ने सरकारको निर्णय

नेपाल धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भीष्म ढुंगानालाई मन्त्रिपरिषद् बैठकले समेत स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सर्वोत्तम सिमेन्टको सेयर चलखेलमा मुछिएका उनलाई यसअघि अर्थ मन्त्रालयले छानबिनका लागि स्पष्टीकरण सोधेकोमा मन्त्रिपरिषद्ले पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनले आफन्तको नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेर चलखेल गरेको आरोप छ ।

भीष्म ढुंगानालाई स्पष्टीकरण सोध्ने सरकारको निर्णय

सरकारले निलम्बनमा परेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई स्पष्टीकरण सोध्ने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएका बोर्डका निलम्बित अध्यक्ष ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको अर्थमन्त्रालयले जानकारी दिएको छ । ढुंगाना ‘बुक बिल्डिङ’मार्फत सर्वसाधारणलाई साधारण सेयर बिक्री खुलाउने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका छन् । बोर्डको अध्

नेपाल रेलवेका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई स्पष्टीकरण सोध्ने सरकारको निर्णय

काठमाडौं : सरकारले नेपाल रेलवेका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई स्पष्टीकरण सोध्ने भएको छ। आजको मन्त्रिपरिषद्को बैठकले भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। महाप्रबन्धक भट्टराईलाई आचरण विपरित कार्य गरेकाले स्पष्टीकरण सोध्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

महन्थ–राजेन्द्रसहित चार नेतालाई स्पष्टीकरण सोध्ने जसपाको निर्णय

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीका चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पार्टी निर्णयविपरीत प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् विघटन गर्ने असंवैधानिक...

माधव नेपालसहित ८ जनालाई स्पष्टीकरण सोध्ने निर्णय

६ वैशाख, काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने र गराउन नेतृत्व गरेका ८ जना*लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा सोमबार बसेको बैठकले पार्टी अनुशासन विपरित गतिविधि गर्न नेतृत्वदायी भूमिका खेलेको भन्दै माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले दुई दिने स्पष्टीकरण सोध्ने निर्णय […]