श्रम गन्तव्य जोखिममा

कोरोना कहर काठमाडौं/इन्छन -दक्षिण कोरिया, कतार, यूएई, बहराईन, साउदी अरब लगायतका दूतावासले कोरोना भाइरस संक्रमण बढ्दो रुपमा रहेको जनाउँदै नेपालीहरुलाई सचेत रहन आवहन गरेका छन् । संक्रमण देखिएका अधिकांश श्रम गन्तव्यमा नेपालीको संख्या धेरै भएका कारण जोखिम भने कायम नै छ । श्रम गन्तव्यमा रहेका कुनै पनि नेपालीमा संक्रमण देखिएको आधिकारिक जानकारी नआए पनि फर्कने नेपाली र भिडभाडमा काम गर्ने नेपालीहरु भने उच्च जोखिममा रहेको देखिन्छ । कोरोना भाइरसका सम्बन्धमा साउदी अरब दूतावासले सूचना जारी गर्दै साउदी अरबको स्वास्थ्य मन्त्रालयले हालसम्म कसैमा कोरोना भाइरसको संक्रमण भएको छैन भनी जानकारी गराएको छ । खाडीका अन्य देशमा संक्रमण देखिएकाले साउदी जाने इस्लाम धर्मावलम्वीहरुका सबै प्रकारका भ्रमण अस्थायी रूपमा बन्द गरिएको छ । यस सम्बन्धी भिसा प्रकृया नै बन्द गरिएको छ । साउदी भ्रमणमा समा निर्धारण जनवादी गणतन्त्र चीन (ताइवान, हङकङ र मकाउ समेत) र इरानको भ्रमण गरेका कुनै पनि नागरिकले भ्रमण समाप्तिको १४ दिन पूरा भएपछि मात्र साउदी अरबको भ्रमण गर्न पाउने व्यवस्था गरिएको छ । “यो शर्त पूरा नगरेका नेपाली नागरिकहरु ती स्थानबाट साउदी अरब नआउनुहुन अनुरोध छ,” दूतावासद्धारा जारी सूचनामा भनिएको छ “ट्रान्जिटमा रहनेहरुका लागि पनि यो व्यवस्था लागू हुने छ ।” केही देशहरुबाट भ्रमण भिसा तथा पर्यटक भिसामा साउदी अरब जान अस्थायी रुपमा बन्द गरिएको छ । नेपालबाट भ्रमण भिसा तथा पर्यटक भिसामा साउदी आउनलाई भने हाललाई बन्द गरिएको छैन । यस प्रावधानले परिवारका सदस्यलाई साउदी अरब ल्याउने तयारीमा रहेका नेपालीले परिवारका सदस्य ल्याउन सक्ने जनाइएको छ । साउदी सरकारले साउदी सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोललाई कोरोना भाइरस परीक्षणको आधिकारिक प्रयोगशाला तोकेको छ । साउदीमा रहेका नेपालीहरुले रुघा खोकी लागेमा, ज्वरो आएमा तथा स्वासप्रस्वासमा समस्या देखिएमा साउदी सरकारले निर्धारण गरेको परीक्षणस्थलबाट सेवा लिन सक्ने दूतावासले जनाएको छ । आफूले काम गर्ने कम्पनीलाई समेत साउदी सरकारले तोकेको प्रयोगशालामा परीक्षण गराउन अनुरोध गर्न भनिएको छ । साउदी सरकारले देशका विभिन्न २५ वटा अस्पताललाई यो रोगको उपचारका लागि तयारी अवस्थामा राखेको र २ हजार २०० बेडहरुलाई क्वारेन्टाइन बेडका रुपमा व्यवस्था गरेको जनाइएको छ । साउदी अरबका केही छिमेकी मुलुकहरु संयुक्त अरब इमिरेट्स (यूएइ), कुवेत, बहराइन तथा कतारमा यो रोगका विरामीहरु फेला परेका छन् । तसर्थ, यी देशहरुको भ्रमण गर्नुपर्ने अवस्थामा पूर्ण सजगता अपनाउनु हुन अनुरोध गरिएको छ । कतारमा रहेका नेपालीलाई सचेत रहन अनुरोध कतारस्थित नेपाली दूतावासले समेत कतारको स्वास्थ्य मन्त्रालयले हेल्थ एडभाईजरी जारी गरेको जनाउँदै हालै इरानबाट उद्धार गरी ल्याएका कतारी नागरिकहरुमध्ये एक जना ३६ वर्षिय कतारी नागरिक (पुरुष) कोरोना भाइरस को बाट संक्रमित भएको पुष्टि भएको जनाइएको छ । संक्रामक नागरिकलाई सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा राखी उच्च निगरानी उपचार भईरहेको जनाएको छ । राजदूतावासले सूचना जारी गरी सतर्कता अपनाउन कतारमा रहेका सबै नेपाली नागरिकहरुमा अनुरोध गरेको छ । दूतावासले अत्यावश्यक अवस्थामा बाहेक विभिन्न अवसरमा आयोजना गर्ने कार्यक्रमहरु (वार्षिकोत्सव, पिकनिक, सांस्कृतिक कार्यक्रम, सम्मान समारोह आदि) हाललाई संचालन नगर्न र नगराउन अनुरोध गरेको छ । यसैगरी जापान, यूएई, बहराईन, कुबेत लगायतका दूतावासले समेत सचेत रहन नेपालीलाई अनुरोध गरेका छन् । उच्च जोखिममा कोरिया तर नेपाली सुरक्षित कोरियास्थित नेपाली कार्यरत आप्रवाशी कामदारहरुमा कोरोनाको लक्षण देखिएको छैन । यो समाचार तयार पार्दासम्म कोरियामा नेपालीहरु सुरक्षित छन् । कोरियामा कार्यरत नेपालीहरुका नेपालमा रहेका आफन्तहरु चिन्तित नरहन यहाँ कार्यरत नेपालीहरुले आग्रह गरेका छन् । एनआएनए कोरिया शाखाले सोमबार एक विज्ञप्ती प्रकाशित गर्दै यहाँ रहेका आप्रवाशीहरु हालसम्म सुरक्षीत रहेको जनाएको छ । राजधानी सउलबाट ३ सय ५० किलोमिटर दक्षिण थेगु सहरको सिन्छोन्जी चर्चबाट फैलिएको कोरोनाले त्यहाँ भने व्यापक रुप लिएको छ । दैनिक ३ देखि ५ सय जनासम्ममा कोरोना भाइरसको लक्षण देखिएको समाचारमाध्यमले जनाइरहेका छन् । कोरोनाबाट संक्रमित र मृत्यु हुने अधिकाशं चर्चका सदस्यहरु रहेका छन् । चर्चका प्रमुखले ली मानहीले सोमबार सार्वजानिक रुपमा माफि मागेका समाचार सस्थाहरुले जनाएका छन् । हालसम्म कोरोना संक्रमित हुनेहरु र निधन हुनेहरु अधिकांश वृद्धवृद्धा र बालबालिका मात्र रहेका छन् । सरकारले विद्यालयहरु, चर्चहरु, विवाह उत्सवहरु, पार्टी जन्मोत्सव जन्यलगायतका जमघटका कार्यक्रम नगर्न नागरिहरुसमक्ष अनुरोध गरेको छ । तर एकाधवाहेक अधिकाशं उद्योग, कलकारखानाहरु खुलिरहेका छन् । राष्ट्रपति मुन जेइनले संक्रमित क्षेत्र थेगुमा गएर नागरिकसमक्ष माफी मागिरहेका छन् । त्यसैगरि बजारमा मास्क नपाउँदा पनि उनले देशबासीसमक्ष माफी माग्दै स्वास्थप्रति सबै नागरिकहरु सचेत रहन आग्रह गरेका छन् । दक्षिण कोरियामा हालसम्म ५ हजार १ सय ३५ जना संक्रमित र २६ जनाले ज्यान गुमाएका छन् । ३१ जना निको भएर घर फर्र्किएका छन् । चीनको हुवेइ प्रान्तको वुहान सहरबाट निस्कएको कोरोना भाइरस यतिबेला दक्षिण कोरिया, इटाली, इरान, जापान, सिंगापुर, फ्रान्स, हङकङ, स्पेन, अमेरिका लगायत विश्वका ६८ देशमा फैलिएको छ । करिब २ महिनाको समयावधिमा कोरोनाबाट लाखौं नागरिक संक्रमित भएका छन् भने केही हजारले ज्यान गुमाएका छन् । विश्वभर संक्रमण बढ्दो छ । धेरै संक्रमित हुनेमा पहिलोमा चीन छ । जहाँ ८० हजार २८ जना संक्रमित भएका छन् भने २९ सय १२ जनाले ज्यान गुमाएका छन् । इरानमा ९३८ संक्रमित र ५४ जनाको ज्यान गुमाएका छन् । इटालीमा १६९४ जना संक्रमित र ३४ जनाले ज्यान गुमाएका छन् । भने जापानमा ९६२ जना संक्रमित र १२ जनाले ज्यान गुमाइसकेका छन् । लक्षणहरु ड्ड लगातार ज्वरो आउने । ड्ड खोकी लाग्ने । ड्ड श्वास फेर्न गाह्रो हुने । ड्ड निमोनिया हुने । ड्ड श्वासप्रश्वासका अन्य रोगहरुको संक्रमण हुने । ड्ड मिर्गौला फेल हुने । ड्ड रोगप्रतिरोधात्मक क्षमता कमी भएमा मृत्यु पनि हुने। कसरी बच्ने ? ड्ड सरसफाइमा ध्यान दिने । ड्ड धेरै मानिसहरु जमघट हुने ठाउँहरुमा नजाने । ड्ड मास्क लगाएर यात्रा गर्ने । ड्ड खोक्दा वा हाँच्छ्यु गर्दा अरुलाई नपर्ने तरिकाले नाकमुख छोपेर गर्ने। ड्ड बाहिर गएर घर फर्केपछि हातमुख साबुनपानीले धुने। ड्ड स्वास्थको ख्याल गर्ने । ड्ड हात नमिलाउने ड्ड संक्रमणको संका लागेमा तत्काल अस्पताल जाने बक्स सचेत रहन एनआरएनएको आह्वान गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आईएस) बैठकले कोरोना संक्रमण लगायत विभिन्न विषयमा छलफल गरेको छ । शनिबार सम्पन्न बैठकले विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरसबाट बच्न उच्च सतर्कता अपनाउन सबैलाई अपिल समेत गरेको छ । यसैगरी कुवेतमा काम गर्दागर्दै बालुवाले पुरिएर मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै गम्भिर घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बैठकले मृतक र घाईतेहरुको उचित क्षतिपूर्ति दिलाउनका साथै मृतकको शव यथाशिघ्र नेपाल पठाउनको लागि पहल गर्न नेपाल सरकारसँग माग गरेको छ । दुर्घटनामा मृत्यु भएका परिवार र गम्भिर घाईते भएका नेपालीहरुको लागि अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरुले सहयोग स्वरुप जनही १ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । गोपाल संग्रौला÷निकुञ्ज तिवारी

सम्बन्धित सामग्री

श्रम गन्तव्य देशका राजदुतलाई प्रधानमन्त्रीले बोलाए काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहालले श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्न नेपालका श्रम गन्तव्य देशका राजदुत र नियोग प्रमुखलाई काठमाडौं बोलाएका छन्।...

नेपालीहरुकाे श्रम गन्तव्य देश यूएईमा पनि भेटियो मङ्कीपक्स

मङ्कीपक्स यूएईमा पनि देखिएको छ । नेपालीहरुको लागि वैदेशिक रोजगारीको प्रमुख श्रम गन्तव्य देश यूएईमा एक जनामा मंकिपक्स देखिएको हाे । पश्चिमी अफ्रिकाबाट फर्किएकी २९ वर्षीया एक महिलामा मङ्किपक्सको संक्रमण देखिएको त्यहाँकाे स्वास्थ्य मन्त्रालयकाे भनाइलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ । यूएईका स्वास्थ्य अधिकारीहरुले यो विषयलाई गम्भीरताका साथ लिएका छन् । यस्तै मंकीपक्सबारे सरकारले जारी गर्ने स्वास्थ्य मापदण्ड हेर्दै गर्न र हल्लाको पछि नलाग्न पनि  यूएई सरकारले त्यहाँका नागरिकलाई आग्रह गरेको छ । मङ्कीपक्स मध्य र पश्चिमी अफ्रिक...

करिब सात महिनापछि श्रम गन्तव्य देश खाडी र मलेसियामा राजदूत सिफारिस

काठमाण्डौ – नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देशमा सरकारले राजदूतको सिफारिस गरेको छ । खाडीका दुई देश यूएई र कुवेतबाहेक अन्य देश राजदूतविहीन भएको करिब सात महिनापछि बिहीबार बसेको मन्त्री परिषद् बैठकले मुख्य श्रम गन्तव्य देश खाडी र मलेसियामा राजदूत सिफारिस गरेको हो । मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । सिफारिस भएकामध्ये आठ जना परराष्ट्र सेवाका सहसचिव छन् भने बाँकी १२ जनालाई राजनीतिक नियुक्तिका आधारमा सिफारिस गरिएको छ । ज्योति प्याकुरेल दक्षिण कोरियाक...

श्रम गन्तव्य मलेसिया र खाडीका देशबाट विद्युतीय राहदानी जारी

काठमाण्डौ – नेपालीको श्रम गन्तव्य देश खाडी र मलेसियाबाट विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट सुरु भएको छ । खाडीका देश कतार, साउदी, कुवेत, यूएई र मलेसियामा रहेको नेपाली दूतावासले विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट सुरु गरेका हुन ।  खाडीका देश साउदी र कुवेतमा रहेको नपाली दूतावासले आज आइतबारदेखि लाइभ इनरोलमेन्ट सुरु गरेका छन् भने यूएईमा रहेको नेपाली दूतावासले सोमबारदेखि विद्युतीय राहदानीको लागि लाइभ इनरोलमेन्ट सुरु गर्ने जानकारी दिएको छ । विदेशस्थित नेपाली नियोगमा सबैभन्दा पहिले कतारमा रहेको न...

श्रम गन्तव्य मुलुकमा जान पालना गर्नुपर्ने यस्ता छन् मापदण्ड

काठमाडौं : कोरोना भाइरसको नयाँ भेरियन्ट(ओमिक्रोन )बाट संक्रमित हुनेको संख्या बढेसँगै नेपालीको श्रम गन्तव्य मुलुकले स्वास्थ्य मापदण्डमा कडाइ गर्न थालेका छन्।कतिपय मुलुकले मास्क, भौतिक दूरी,क्वारेन्टाइनलाई अनिवार्य गरेका छन् भने कतिपय मुलुकले कोभिडविरुद्धको खोप (बुस्टर) डोजलाई प्राथमिकता दिएका छन्। नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य मुलुक कतार, यूएई, साउदी, कुवेत, दक्षिण कोरिया, इजरायल, ओमन र बहराइन हुन्। ओमिक्रोन भाइरसको संक्रमण फैलिएसँगै मुख्य रोजगारदाता देशमा स्वास्थ्य मापदण्डमा

श्रम गन्तव्य मुलुकमा कोरोना सङ्क्रमण बढ्दो

काठमाडौं, पुस २३। पछिल्लो समयमा नेपाली श्रमिकको प्रमुुख गन्तव्य खाडी क्षेत्रका देशमा पनि कोरोना सङ्क्रमण तीव्र रूपमा बढ्न थालेको छ । कोरोनाको सङ्क्रमण बढेपछि रोकथामका लागि आफ्नो देशमा प्रवेश गर्ने आप्रवासी श्रमिकको स्वास्थ्य परीक्षणको मापदण्डमा कडाइ गर्न थालेका छन् । पछिल्ला तीन वर्षदेखि कतार र साउदी नेपाली बढी जाने श्रम गन्तव्य देश हुन् । पछिल्लो […]

श्रम गन्तव्य देशमा कोरोनाको नयाँ सङ्क्रमित बढे, स्वास्थ्य सुरक्षामा कडाइ

काठमाण्डौ – पछिल्लो समय नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य खाडीको देशमा पनि कोरोना सङ्क्रमण तीव्र रूपमा बढिरहेकाे छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि रोकथामका लागि ती देशहरूले स्वास्थ्यका मापदण्डमा कडाइ गरेको छ भने अन्य देशबाट यात्रा गर्ने यात्रुलाई पनि स्वास्थ्य सुरक्षाको मापदण्ड कडा पारेको छ । साउदी साउदी नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य हो । साउदीमा पनि पछिल्लो समय कोरोना सङ्क्रमण दर बढेको छ । केही हप्ता अघिसम्म दैनिक कोरोना सङ्क्रमण दर ३० जनाभन्दा कम रहेकोमा अहिले दैनिक ७ सय माथि पुगेको छ । यसरी सङ्क्रमण दर ह्वात्त...

कोरोनाको नयाँ भेरियन्ट : नेपालीका श्रम गन्तव्य मुलुकमा जोखिमको यस्तो छ अवस्था

काठमाडौं :  दक्षिण अफ्रिकाबाट सुरु भएको कोरोना भाइरसको नयाँ भेरियन्ट (ओमिक्रोन) भाइरस विश्वका विभिन्न मुलुकमा फैलिरहेको छ।नेपालीको श्रम गन्तव्य मुलुक कतार, मलेसिया, युएई, दक्षिण कोरिया, युरोप, जापानलगायत विश्वका ३१ मुलुकमा नयाँ भेरियन्ट देखापरेको विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ) ले जनाएको छ। वैदेशिक रोजगारी कोरोना भाइरसका कारण करिब २ वर्षदेखि थला परेको थियो।विश्वका विभिन्न मुलुकमा कोरोनाको जोखिम कम भएसँगै विस्तारै लयमा फर्किंदै गरेको वैदेशिक रोजगारीमा फेरि त्रास सिर्जना भएको छ। कोरोना

प्रमुख श्रम गन्तव्य राष्ट्रमा हवाई उडान सुरु

काठमाडौं। सरकारले प्रमुख श्रम गन्तव्य राष्ट्रको हवाई उडान खोल्ने निर्णय गरेसँगै श्रम स्वीकृति लिएर बसेका कामदार वैदेशिक रोजगारीमा जान पाउने बाटो खुलेको छ। काठमाडौं–दोहा रुटमा नेपाल वायुसेवाको दुई उडान र कतारको वायुसेवाको दुई उडान गरी चार उडानका लागि सरकारले स्वीकृति दिएको हो। हाल नेपालका ६० हजारभन्दा बढी कामदार अन्तिम श्रम स्वीकृति लिएर बसेका छन्।

श्रम गन्तव्य मुलुकमा उद्धार उडानको तयारी

काठमान्डाैं / श्रम गन्तव्य मुलुकमा हवाई उडान सञ्चालन हुने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले केही दिनभित्रै टर्की, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), जापान, मलेसियामा हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो । सीसीएमसीका अनुसार अन्तर्राष्ट्रिय उडान बन्द हुँदा ती देशमा रोकिएका नेपाली श्रमिकलाई सातामा दुई हजारका दरले उद्धार गर्ने तयारी... The post श्रम गन्तव्य मुलुकमा उद्धार उडानको तयारी appeared first on Purbeli News.