‘स्थानीय तहले प्रविधियुक्त दमकल किन्नुपर्छ’

आगलागी नियन्त्रण भन्ने वित्तिकै दमकल सुरुमा आउने विषय हो । आगो विभिन्न खाले हुन्छन्, आगो अनुसार फर्म, पानी वा के प्रयोग गर्ने त्योसहितको सामग्री भएको उपकरण दमकल हो । अहिले नेपालमा दमकल विना आगलागी नियन्त्रण सोच्नै सकिन्न । सहरमा हुने आगो नियन्त्रणमा लिन दमकल नभई हुँदैन । आगलागी नियन्त्रणका लागि दमकल सबैभन्दा प्रभावकारी विधि हो […]

सम्बन्धित सामग्री

आगलागीजन्य विपद् रोकथामको पूर्वतयारी, स्वयंसेवी तयार पारिँदै

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगलागी, हुरी–बतास, चट्याङलगायत विपद्जन्य जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी तीव्र पारेको बताएको छ । प्राधिकरणले बिहीवार सिंहदरबारमा पत्रकार भेटघाट कार्यक्रममा आउँदो दुई महीना आगलागी, डढेलो, हावाहुरी, चट्याङजस्ता विपद्को जोखिम बढी हुने भएकाले त्यसको पूर्वतयारीलाई तीव्र पारिएको जानकारी गराएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले आगलागी नियन्त्रणका लागि आवश्यक स्वयंसेवी तयार पार्न अभ्यास जारी रहेको बताए । यसका लागि स्थानीय तह र विपद् व्यवस्थापनका क्षेत्रमा लाग्ने सरोकारवालालाई कसरी सक्षम बनाउन सकिन्छ भनेर कार्य अघि बढाइएको जानकारी उनले दिए । छलफलका क्रममा उनले आगलागीको दर बढ्दो रहेकाले त्यसतर्फ विशेष रूपमा सचेत हुन पनि अनुरोध गरेका छन् । ‘पछिल्लो एक हप्ता पानी परेकाले आगलागी कम भएको छ,’ उनले भने, ‘तर अहिले पानी पर्न छाडेपछि यस्ता घटना बढ्ने भएकाले स्थानीय तह अझै चनाखो हुन जरुरी रहेको छ ।’ आगलागी नियन्त्रणमा सरकारबाट पर्याप्त बजेट निकासा हुन नसकेको, दक्ष जनशक्ति एवं प्रविधि र उपकरणको अभाव रहेको कार्यक्रममा आगलागी तथा डढेलोविज्ञ सुन्दर शर्माले जानकारी दिए । मानवीय कारणले नेपालमा बढी आगलागी हुने गरेको उनको भनाइ छ । नेपालमा पर्याप्त दमकल नभएकाले अब स्थानीय तहले पनि खरीद गर्न सक्ने फायरपम्पको अवधारणा ल्याउन जरुरी रहेको बताए । आजै सिंहदरबारमा फायरपम्पको अभ्यास गरेर समेत देखाइएको थियो । यसले एक किलोमिटर टाढासम्म बिछ्याएर लैजान सकिने भएकाले साँघुरा स्थानमा समेत फायरपम्प उपयुक्त भएको बताए । यस्तै हवाई फायर फाइटरको पनि आवश्यकता रहेको भन्दै उनले त्यसलाई ल्याउन नसके ‘बकेट’मात्रै किन्न पाए पनि सेनाको वा निजी हेलिकोप्टरमार्फत ठूला आगलागी नियन्त्रणमा सहयोग पुग्ने बताए । कार्यक्रममा प्राधिकरणकी सहसचिव अनिता निरौलाले स्वयंसेवक ब्यूरोअन्तर्गत विपद् व्यवस्थापनका लागि आवश्यक स्वयंसेवी स्वत:स्फूर्त रूपमा फारम भरेर सहभागी हुन सक्ने बताइन् । त्यसका लागि उनीहरूले प्राधिकरणको साइटमार्फत लगइन लिएर तोकिएको विवरण भर्नुपर्नेछ । अहिले नमूना अभ्यासका लागि रेडक्रसका एक लाख जनशक्तिलाई त्यसमा जोडिएको पनि उनले जानकारी दिइन् । रासस

लमजुङका सात स्थानीय तह दमकलविहीन

चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तह रहेको लमजुङमा बेँसीसहर नगरपालिकासँग मात्रै अग्नि नियन्त्रणका लागि दमकल छ । बाँकी सात स्थानीय तहसँग दमकल छैनन् । कुनै पनि स्थानीय तहले दमकल...

दमकल सेवामा अनुदार चितवनका स्थानीय तह

चितवन । न्यून संख्यामा रहेका दमकल (वारुण यन्त्र) सेवालाई विस्तार गर्न चितवनका स्थानीय तहले चासो देखाएका छैनन् । दमकल तथा जनशक्ति थप गर्ने वा कार्यरत जनशक्तिलाई थप दक्ष बनाउनेसम्म बजेट, नीति तथा कार्यक्रममा समेट्न आनकानी गरेको देखिन्छ । अनुदान, उपहारकै दमकलबाहेक अन्य दमकल ल्याउन बजेट व्यवस्थापन गर्न चुकेका छन्, यहाँका स्थानीय तह । दमकल चालकलाई […]

दमकल खरिदमा विवाद

प्रदेश २ सरकार हालै नौ वटा बारुणयन्त्र खरिद गरेको छ । आठ महिनाअघि सरकारले खरिद गरेका पाँच वटा बस सञ्चालन नभई थन्किएका छन् । बस चलाउन नसकेको प्रदेश सरकारले स्थानीय तहले व्यवस्थापन गर्नुपर्ने बारुणयन्त्र खरिद गरेको भन्दै आलोचना भइरहेको छ ।

जनप्रतिनिधीहरुलाई विलासी गाडी, आगलागी नियन्त्रणमा दमकल छैन

गुल्मी । पहाडी जिल्ला गुल्मीमा बर्सेनि डरलाग्दा आगलागीका घटना हुने गर्दछ । तर स्थानीय तहले आगलागी नियन्त्रणका लागि दमकलको जोहो गर्नुको साटो जनप्रतिनिधिका लागि विलासी गाडीका लागि रकम खर्चिने गरेको पाइएको छ ।जिल्लामा विपद व्यवस्थापन समिति छ । तर आगो नियन्त्रणका लागि जिल्लामा एउटा पनि दमकल नहुँदा सुरक्षाकर्मीले आगो निभाउने क्रममा ज्यान गुमाएका घटना पनि नभएको होइन । केही वर्ष अघि हस्तीचौरमा आगो निभाउने क्रममा एकजना सैनिक जवानको जलेर मृत्यु भएको थियो । त्यसपछि पनि आगो नियन्त्रणका क्रममा गुल्मीको बडाग

‘हरेक स्थानीय तहले दमकल राख्नुपर्छ’

आपतकालीन अवस्थामा अग्नि नियन्त्रण तथा उद्धार गर्ने सवारी साधन हो, दमकल । त्यसमा आगलागी नियन्त्रण तथा उद्धारका लागि आवश्यक पर्ने विभिन्न यन्त्र, उपकरण, पानी र केमिकलसहितका सामग्री राखिएका हुन्छन् । अन्तर्राष्ट्रिय विपत्को ‘कलर कोड’ अनुसार …

प्रदेश तीनका ४७ स्थानीय तहमा दमकल, एम्बुलेन्स र शववाहन खरिद गर्न रकम निकासा

मकवानपुर – प्रदेश नम्बर –३ सरकारले हरेक स्थानीय तहका नागरिकलाई सेवा दिने उद्देश्यले एम्बुलेन्स, दमकल र शववाहन खरिद गर्नका लागि रकम पठाएको छ । प्रदेश ३ का १ सय १९ वटै स्थानीय तहलाई नागरिकको सहजताका लागि  सेवामुलक सवारी खरिद गर्न प्रस्ताव पठाउन आह्वान गरिएको थियो । प्रदेश ३ का ४७ वटा स्थानीय तहले ५० व...

स्थानीय तहले बुझेन दमकलको महत्त्व

नेपाली समाजमा एउटा उखान चर्चित छ, ‘काल बाजा बजाएर आउँदैन’ । यस्तो अवस्थामा बाजा नबजाई आएको कालसँग आत्मसमर्पण गर्नुबाहेक विकल्प नै छैन। विपत्का विभिन्न घटनामध्ये आगलागी पनि गम्भीर र चुनौतीपूर्ण छ। यस्तो विपत्ति भएको खण्डमा पूर्वतयारीस्वरूप चाहिने अत्यावश्यक दमकल यस जिल्लाका पाँचवटै स्थानीय तहसँग छैन।