बाढीले काभ्रेका धानखेत एकै रातमा बनायो बगर

काभ्रे : धान रोपेको केही साता नबित्दै खेत बगरमा परिणत भएका छन्। आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले जिल्लाको मण्डनदेउपुर नगरपालिकाका अधिकांश क्षेत्रका लहलह धानखेत बगरमा परिणत भएका हुन्।मण्डनदेउपुर नगरपालिकाका मेयर टोकबहादुर वाईबाले सयौं रोपनीमा लगाएको धानबाली बाढीले पूरै नष्ट गरेको बताए। उनका अनुसार चाखोला फाँट, जैसीथोक फेदी फाँट, चनौटे फाँटलगायत क्षेत्रमा रोपिएको धान बगर बनेको छ।नगरकोट क्षेत्रमा अत्यधिक वर्षापछि चाखोलामा आएको बाढीले खेत बगर बनाएपछि यहाँका सयौं कि

सम्बन्धित सामग्री

लालपुर्जा छ, जग्गा छैन

हरियो फर्कंदै गरेको कमलामाई नगरपालिका–९, बतासेका किसान ठाकुरदास श्रेष्ठको घरमुनिको खेत रातभरिको बाढीले बगरमा परिणत गरिदियो । साउन २२ गते राति कमला नदीमा आएको बाढीले उहाँको झन्डै १६ कट्ठा धानखेत बगर बनाएको हो । “रातभरि परेको पानीले पत्याउनै नसक्ने गरी खेत बगाएर सुकुमवासी बनायो । सपना जस्तै लागेको छ,” उहाँले भन्नुभयो । साउन २२ गते राति परेको पानीका कारण कमला नदीमा आएको बाढीले उहाँ जस्तै धेरैको खेत कटान गरी बगर बनेको हो ।

बाढीको कहर : धानखेत बन्यो बगर

एक सातादेखि अविरल परेको वर्षाका कारण आएको बाढीले जिल्लाको पश्चिम खत्याड गाउँपालिका–८ का सयाैँ राेपनी धानखेत बगरमा परिणत भएका छन् ।  अत्याधिक वर्षाका कारण रारा तालबाट निस्किने खत्याड खोला र...

जुम्लाका बाढी पीडित भन्छन्– ‘चामल नदेऊ, धानखेत बनाइदेऊ’

जुम्ला - सधैँझैँ खेतमा पुगेर मार्सी धान भण्डारण गर्ने जुम्ला तिला गाउँपालिका–४ का स्थानीय किसान मुखको गाँस खोसिँदा निराशामा छन् । यही असोज ३१ देखि कात्तिक १ गतेसम्म परेको अविरल वर्षाका कारण कात्तिक २ गते राति आएको बाढीले धानखेत बगर बनेपछि उनीहरुको कमाइ खाने आधार सकिएको छ । विगतका वर्षहभन्दा यस वर्ष किसानको धान निकै राम्रोसँग फलेको थियो । उनीहरु कात्तिक २ गते काट्ने तयारी गर्दै थिए । यद्यपि दशैँका कारण उनीहरुले धानबाली भण्डारण गर्न पाएका थिएनन् । दुर्भाग्यः एक दिनको पर्खाइले उनीहरुको जीउने आधार बगर बन्न प...

एक शताब्दीपछि धानखेत बगर बनेपछि…

८ कात्तिक, कर्णाली (सुर्खेत) । मुखमा आएको गास खोसिएपछि तिला गाउँपालिका-४ जुम्लाका रामकृष्ण उपाध्याय यतिबेला निकै पीडामा छन् । असोज ३१ देखि कात्तिक १ गतेसम्म परेको अविरल वर्षाले कात्तिक २ गते भीषण बाढी आयो । …

रणजोर खोलामा आएको बाढी खेतमा, सयौं रोपनी धानखेत बन्यो बगर

रामेछाप – लगातारको वर्षातसँगै स्थानीय रणजोर खोलामा आएको बाढीले सदरमुकाम मन्थली आसपासका सयौं रोपनी खेतीयोग्य जमिनमा लगाइएको धान खेतमा खोला पसेपछि खेत पूरै बगरमा परिणत भएको छ । मन्थली नगरपालिका–३ घ्याप्चे पहिरोको शीर हुँदै बहने रणजोर खोलाले मन्थली वडा नम्बर–३ कठजोरको अर्चले, बडा नम्बर–४ सालुक...

बालुवाले पुरियो बाली

साउन तेस्रो साता आएको बाढीले कैलालीमा सयौं बिघा जग्गा बगर बनेको छ । बाढीले धानखेत कटान र डुबानमा परेको छ । कतिपय किसानको खेत बालुवाले पुरिएको छ ।

नुवाकोटमा खोला थुनिएपछि धानखेत बन्यो बगर

पञ्चकन्या गाउँपालिका २ कुडुल्ले खोला थुनिएर खोलिँदा छबिसे र आठबिसे फाँटका सयौं रोपनी खेत बगाएको छ । शुक्रबार राति परेको वर्षाले खेतीयोग्य जमिन बगरमा परिणत भएको हो ।