गएको भदौ २३ गतेदेखि प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजी चलिरहेको छ । भदौ २३ पछिका ९ दिनमा बसेका दर्जन बढी बैठकमा उस्तै दृष्य देखियो– एमाले सांसदले ‘संसदीय मर्यादा कायम गर’ भनेर नारा लगाउने र सभामुखले बैठक सञ्चालनका लागि सहयोग गर्नुस् भनेर आग्रह गर्ने । तर, एकले अर्काको कुरा सुन्दै नसुन्ने ।
अवरुद्ध संसद् सुचारु गर्न भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीवार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सर्वदलीय बैठक आह्वान गरे । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित भ...